सुवारेजले गरे २०२१ सम्म बार्सिलोनामै रहने

बार्सिलोनाका स्ट्राइकर लुइस सुवारेज क्लबसँग नयाँ सम्झौता गरेका छन् । सम्झौताअनुसार सुवारेज अब २०२१ सम्म क्याटलन क्लबै रहने पक्का भएको छ ।
जसबापत उनले सातामा २ लाख ३० हजार पाउण्ड पाउने छन् । उरुग्वेका सुवारेज २०१४ मा लिभरपुलबाट बार्सिलोना गएका हुन् ।
क्लबमा आवद्ध भएपछि उनले ९७ गोल गरेका छन् भने ४८ गोलका लागि पास दिएका छन् । नयाँ सम्झौता क्लब र आफू दुबैले चाहेको निर्णय भएको भन्दै सुवारेज म जहाँ चाहन्थेँ, त्यहाँ हुँदा निकै खुशी महसुस भएको प्रतिक्रिया दिएका छन् ।
बार्सिलोनाले अर्का स्ट्राइकर नेइमारसँग नयाँ सम्झौता गरिसकेको छ भने लिओनल मेस्सीसँग सम्झौताका लागि कुरा भइरहेको जनाएको छ ।

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.