इस्टर्न गल्फ प्रतियोगिताको उपाधि शिवरामलाई

पुस ७  । नेपालका नम्बर ‘वान’ गल्फर शिवराम श्रेष्ठले धरानमा बुधबार सम्पन्न सूर्य नेपाल इस्टर्न ओपन गल्फ प्रतियोगिताको उपाधि जितेका छन् ।


धरानस्थित निर्वाण कन्ट्री क्लबको ७० ओभर पारको गल्फ कोर्समा भएको फाइनलमा रवि खड्कालाई ७ स्ट्रोकले पछि पार्दै शिवरामले उपाधि हात पारेका हुन् ।
चार अन्डर पार २ सय ६ स्कोर कार्ड बनाएका शिवरामले उपाधिसँगै एक लाख १० हजार रुपैयाँ जिते ।
त्यस्तै, ३ ओभर पार २ सय १३ को स्कोरका दोस्रो भएका रविले ७० हजार तथा ६ ओभर पार २ सय १६ को स्कोरका साथ तेस्रो भएका सञ्जय लामाले ५० हजार रुपैयाँ जिते ।
विजेता खेलाडीहरुलाई सूर्य नेपालका सहायक ब्रान्ड म्यानेजर सौरभ भट्टराई र नेपाल प्रोफेर गल्फर एसोसियसनका सदस्य एमबी लिम्बूले पुरस्कार वितरण गरेका थिए ।
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.