राष्ट्रिय खेलकुदमा पश्चिमाञ्चलबाट ५४२ खेलाडी

पुष ६ l यसैसाता पूर्वाञ्चलमा सञ्चालन हुने सातौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा पश्चिमाञ्चलबाट ५ सय ४२ जना खेलाडीले प्रतिष्पर्धा गर्ने भएका छन् ।
१६ जिल्ला रहेको पश्चिमाञ्चलले ३० खेलमा ५ सय ४२ खेलाडीले प्रतिष्पर्धा गर्ने पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिले जनाएको हो ।
प्रतियोगितामा सहभागि हुने खेलाडीलाई समितिले मंगलबार अपराहृन एक कार्यक्रम गरी विदाई गरेको छ । प्रतियोगितामा सहभागी हुने खेलाडीहरुको प्रतिनिधित्व गर्ने खेलाडी फुटवल खेलका क्याप्टेन अनिल गुरुङ र महिला भलिवल टिमकी क्याप्टेन मञ्जु गुरुङलाई संयुक्त रुपमा राष्ट्रिय झण्डा प्रदान गरिएको छ ।
कार्यक्रममा कास्कीका सांसद तथा संसदीय विकास समितिका सभापति रविन्द्र अधिकारी र पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष खगराज पौडेलले गुरुङ द्वयलाई झण्डा हस्तान्तरण गरेका हुन् ।
प्रतियोगितमा सहभागि हुन फुटबलको महिला तथा पुरुष दुवै टोली बुधबार विहान पूर्वाञ्चल प्रस्थान गर्नेछन् । फुटवल खेलहरु शुरु भइहाल्ने भएकाले चाँडै प्रस्थान गर्न लागेका हुन् । अन्य टोली भने प्रतियोगिता हुनुभन्दा एकदिन अघि पोखराबाट प्रस्थान गर्ने छन् ।
पश्चिमाञ्चलबाट पुरुष फुटवल, भलिवल, तेक्वान्दो, कराँते, सुटिङ, हृयाण्डवल लगायतका खेलमा पदकको आशा गरिएको पश्चिमाञ्चल खेलकुद विकास समितिका अध्यक्ष खगराज पौडेलले बताए । कार्यक्रममा बोल्दै पौडेलले सम्पुर्ण पश्चिमाञ्चल क्षेत्रको ईज्जत र प्रतिष्ठा राख्ने गरी खेलाडीहरुले उत्कृष्ट प्रदर्शन गर्ने विश्वास व्यक्त गरे ।
यसैबीच हक्की खेलमा सहभागी हुनका लागि छनौट भएकी अतिथि साहीको नाम काटेर अर्कैलाई राखिएको भन्दै चर्को विरोध भएको छ । पोखराको ज्ञानकुञ्ज बोर्डिङ स्कुलमा कक्षा ९ मा अध्ययनरत साही प्रतियोगिताका लागि छनौट भएपनि अन्तिम समयमा आएर उनको नाम काटिएको छ ।
यसअघि अतिथि छनौट भएको भन्दै विद्यालयले बधाई ज्ञापन भन्दै स्थानिय पत्रिकामा विज्ञापन छापेको थियो । अन्तिम समयमा एकाएक नाम हटाइएपछि अतिथिको परिवार यतिखेल तनावमा परेका छन् ।
विरोधपछि हक्की टिमले अतिथिलाई पूर्वाञ्चल लैजाने आश्वासन दिएको छ तर, खेलाडीका रुपमा हैन, सहभागी हुने १६ जनाबाट भत्ता कटाएर खर्च मात्र दिनेगरी । गल्ती भएको भन्दै हक्की खेलका प्रशिक्षक राजेन्द्र पाठकले पूवाञ्चल लैजाने कुरा गरेको अतिथिको परिवारले बताएका छन् । उनीहरुले अतिथिलाई दर्शक मात्र बनाउने हो भने विद्यालयको पढाई छुटाएर पूवाञ्चल पठाउने मन नभएको बताएका छन् ।
यसैबीच, क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष खगराज पौडेलले भने अतिथि छनौट नै नभएको दाबी गरेका छन् ।
Labels: ,

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.