Responsive Ad Slot

ताजा समाचार

latest

बार्सिलोनाले स्पानियोललाई हरायो

Dec 19, 2016

/ by Arena Tv
 पुस । लिओनल मेस्सी प्रेरित बार्सिलोनाले स्पेनिस ला लिगा फुटबलमा स्पानियोललाई पराजित गरेको छ ।
आइतबार राति भएको खेलमा बार्सिलोनाले स्पानियोललाई ४–१ गोल अन्तरले हराएको हो ।
घरेलु मैदान नाउ क्याम्पमा भएको खेलमा बार्सिलोनाले १८ औं मिनेटमा नै स्वरेजको गोलबाट अग्रता लिएको थियो । बाँकी गोलका लागि भने दोस्रो हाफ नै कुर्नु पर्यो ।
६७ औं मिनेटमा स्वरेजले नै गोल गरे भने एक मिनेटपछि नै अल्बाले गोल गरे । दुबै गोलका लागि मेस्सीले पास दिएका थिए । उनले स्पानियोलका चार डिफेण्डरलाई छल्दै उत्कृष्ट पास दिएका हुन् ।
भ्रमणकारी टोली स्पानियोलका लागि लोपेज सिल्भाले ७९ औं मिनेटमा गोल गरे । तर, ९० औं मिनेटमा लिओनल मेस्सीले गोल गर्दै बार्सिलोनालाई ४–१ के जित दिलाएका छन् ।
जितसँगै बार्सिलोना १६ खेलबाट ३४ अंकका साथ दोस्रो स्थानमा उक्लिएको छ । शीर्ष स्थानमा रहेको रियल मड्रिडको ३७ अंक छ र उसले एक खेल कम खेलेको छ ।

No comments

Post a Comment

Thanks.

Don't Miss

Translate

Shreeji Media © All Rights Reserved 2025
Design By KpCat