Responsive Ad Slot

ताजा समाचार

latest

आज नेपालले भुटानको सामना गर्ने

Dec 26, 2016

/ by Arena Tv

पुस ११ । साफ महिला फुटबल च्याम्पियनसिपको चौथो संस्करण भारतको सिलिगुढीमा आज(सोमबार)बाट हुँदैछ ।


प्रतियोगिताको पहिलो खेलमा नेपालले भुटानको सामना गर्नेछ । यसअघिका तीन संस्करणको फाईनलमा भारतसँग पराजित हुँदै उपविजेतामा सिमित नेपाल यसपटक पनि उपाधि जित्ने लक्ष्यका साथ भारत पुगेको छ ।
नेपालका प्रशिक्षक कुमार थापाले यसपटक नेपाली टोली पहिलेभन्दा पनि उच्च तयारी र मनोबलका साथ प्रतियोगिता खेल्न लागेकोले उपाधि जितेरै देश फर्कीने बताएका छन् ।
प्रतियोगिताकै तयारी स्वरुप काठमाडौंमा खेलिएको मैत्रिपुर्ण अभ्यास खेलमा नेपालले मलेसियालाई १÷० ले हराएको थियो ।
फिफा वरियतामा आफुभन्दा माथि रहेको मलेसियालाई हराएको नेपाली महिला फुटबलरहरु निकै हौसिएका छन् ।
नेपालले प्रतियोगिताको समुह चरणमा भुटानसँगै माल्दिभ्स र श्रीलंकासँग खेल्नेछ । अर्को समुहमा भारत अप्mगानिस्तान र बंगलादेश रहेका छन् ।
पाकिस्तानले भने प्रतियोगितामा भाग लिएको छैन । सन् २०१० बाट सुरु भएको साफ महिला च्याम्पियनसिपमा यसअघिका तीन वटै संस्करणको फाइनलमा नेपाललाई भारतले हराएको थियो ।

No comments

Post a Comment

Thanks.

Don't Miss

Translate

Shreeji Media © All Rights Reserved 2025
Design By KpCat