Responsive Ad Slot

ताजा समाचार

latest

नेपालले आज माल्दिभ्सको सामना गर्दै

Dec 28, 2016

/ by Arena Tv

पुस १३ । भारतको सिलिगुढीमा सम्पन्न चौथो साफ महिला फुटबल च्याम्पियनसिपमा आज(बुधबार) नेपालले माल्दिभ्सको सामना गर्दैछ ।


पहिलो खेलमा भुटानलाई ८-० ले पराजित गरेको नेपाल आज माल्दिभ्सविरुद्ध पनि सोही लयलाई निरन्तरता दिन चाहन्छ ।
माल्दिभ्सले भने पहिलो खेलमा श्रीलंकालाई ५-२ ले पराजित गरेको थियो । प्रतियोगिताको उपाधि जित्ने लक्ष्यसहित भारत पुगेको नेपाली टोलीले यसपछि समुहको अन्तिम खेलमा श्रीलंकाको सामना गर्नेछ ।
सात राष्ट्र सहभागि प्रतियोगिताको अर्को समुहमा भारत, अफ्गानिस्तान र बंगलादेश रहेका छन् ।
सन् २०१० बाट सुरु भएको साफ महिला च्याम्पियनसिपमा यसअघिका तीन वटै संस्करणको फाइनलमा नेपाललाई भारतले हराएको थियो ।

No comments

Post a Comment

Thanks.

Don't Miss

Translate

Shreeji Media © All Rights Reserved 2025
Design By KpCat