Responsive Ad Slot

ताजा समाचार

latest

अब नेपालले एसिया कप छनोट खेल्न पाउने

Dec 28, 2016

/ by Arena Tv

पुस १२ । नेपाली राष्ट्रिय पुरुष फुटबल टिमले एएफसी एसिया कप छनोट प्रतियोगितामा सहभागिता जनाउन पाउने भएको छ ।

                    छनोट चरण खेल्ने अवसर पाएको ग्वामले नाम फिर्ता लिएपछि नेपालले उक्त अवसर पाएको अखिल नेपाल फुटबल संघ (एन्फा)ले मंगलबार जनाएको छ ।
मलेसियामा सम्पन्न एएफसी सोलिडारिटी कप फुटबलको उपाधि जितेर विश्वको ध्यान खिच्न सफल नेपालले ग्वामको ठाउँमा खेल्ने अवसर पाएको हो ।
२४ टिमलाई ६ समूहमा विभाजन गरी खेलाइने छनोट चरणमा समूहका शीर्ष दुई टिम एसिया कपको मुख्य स्पर्धामा छानिनेछन् ।
छनोट चरणको समूह ‘ड्र’ आगामी जनवरी २३ तारिखमा हुने जनाइएको छ । आगामी एसिया कप सन् २०१९ मा युएईमा हुँदैछ ।

No comments

Post a Comment

Thanks.

Don't Miss

Translate

Shreeji Media © All Rights Reserved 2025
Design By KpCat