सावित्राले एक्लैले गरिन् भुटानलाई ५ गोल


पुस ११ । भारतको सिलिगुडीमा सोमबारदेखि सुरु भएको साफ महिला फुटबल च्याम्पियनसिपको चौथो संस्करणको उद्घाटन खेलमा नेपाल विजयी भएको छ ।

नेपालले कमजोर भुटानमाथि ८–० को फराकिलो जित हासिल गरेको हो ।
नेपाललाई जिताउनेक्रममा सावित्रा भण्डारी एक्लैले *५ गोल गरिन् । त्यसैगरी, शर्मिला थापाले २ र कृष्णा खत्रीले एक गोल थपे ।
यसअघिका तीन संस्करणको फाइनलमा भारतसँग पराजित हुँदै उपविजेतामा सीमित भएको नेपालले योपटक लामो समयदेखि नियमित प्रशिक्षण गरिरहेकाले उपाधि नै जित्ने सम्भावना बढेको छ ।
तर, घरेलु मैदानमा तीनपटकको च्याम्पियन भारतलाई हराउन भने नेपालले अहिलेदेखि नै गतिलो रणनीति बनाउनु पर्नेछ ।
प्रतियोगिताको तयारीस्वरुप काठमाडौंमा गत साता खेलिएको मैत्रीपूर्ण अभ्यास खेलमा नेपालले मलेसियालाई १–० ले हराएसँगै थप हौसिएको थियो ।
नेपालले प्रतियोगिताको समूह चरणमा भुटानसहित माल्दिभ्स र श्रीलंकासँग खेल्नेछ ।
अर्को समूहमा भारत, अफ्गानिस्तान र बंगलादेश रहेका छन् । पाकिस्तानले भने प्रतियोगितामा भाग लिएको छैन ।

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.