Responsive Ad Slot

ताजा समाचार

latest

सावित्राले एक्लैले गरिन् भुटानलाई ५ गोल

Dec 27, 2016

/ by Arena Tv

पुस ११ । भारतको सिलिगुडीमा सोमबारदेखि सुरु भएको साफ महिला फुटबल च्याम्पियनसिपको चौथो संस्करणको उद्घाटन खेलमा नेपाल विजयी भएको छ ।

नेपालले कमजोर भुटानमाथि ८–० को फराकिलो जित हासिल गरेको हो ।
नेपाललाई जिताउनेक्रममा सावित्रा भण्डारी एक्लैले *५ गोल गरिन् । त्यसैगरी, शर्मिला थापाले २ र कृष्णा खत्रीले एक गोल थपे ।
यसअघिका तीन संस्करणको फाइनलमा भारतसँग पराजित हुँदै उपविजेतामा सीमित भएको नेपालले योपटक लामो समयदेखि नियमित प्रशिक्षण गरिरहेकाले उपाधि नै जित्ने सम्भावना बढेको छ ।
तर, घरेलु मैदानमा तीनपटकको च्याम्पियन भारतलाई हराउन भने नेपालले अहिलेदेखि नै गतिलो रणनीति बनाउनु पर्नेछ ।
प्रतियोगिताको तयारीस्वरुप काठमाडौंमा गत साता खेलिएको मैत्रीपूर्ण अभ्यास खेलमा नेपालले मलेसियालाई १–० ले हराएसँगै थप हौसिएको थियो ।
नेपालले प्रतियोगिताको समूह चरणमा भुटानसहित माल्दिभ्स र श्रीलंकासँग खेल्नेछ ।
अर्को समूहमा भारत, अफ्गानिस्तान र बंगलादेश रहेका छन् । पाकिस्तानले भने प्रतियोगितामा भाग लिएको छैन ।

No comments

Post a Comment

Thanks.

Don't Miss

Translate

Shreeji Media © All Rights Reserved 2025
Design By KpCat