पुस ११ । सातौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत् सप्तरी सदरमुकाम राजविराजमा सन्चालन भइरहेको भारोत्तोलन प्रतियोगितामा महिलातरफ़ दुई खेलाडीले राष्ट्रिय कीर्तिमान बनाएका छन् ।
नेपाल प्रहरीकी देवी चौधरीले ५३ केजी तौल समूहमा र नेपाली सेनाकी कमला श्रेष्ठले ५८ केजी तौल समूहमा नयाँ राष्ट्रिय कीर्तिमान कायम गरेका हुन् ।
चौधरीले आफ्नै नामको कीर्तिमान भंग गर्नेक्रममा स्न्याचमा ६० र क्लीन एन्ड जर्कमा ७८ गरी कुल १३८ केजीको कीर्तिमानी तौल उचालेर स्वर्णपदक हात पार्न सफल भएकी छन् ।
५८ केजी तौल समूहमा नेपाली सेनाकी कमला श्रेष्ठले स्न्याचतर्फ ६६ र क्लीन एन्ड जर्कतर्पm ७९ गरी कुल १४५ केजी भार उचालेर नयाँ कीर्तिमान कायम गर्दै स्वर्णपदक प्राप्त गरेकी छन् ।
यसअघि, सो तौल समूहमा १४० केजीको कीर्तिमान कायम रहेको थियो ।
पुरुषतर्फको ६९ केजी तौल समूहमा मध्यपश्चिमाञ्चलका प्रकाश केसी २८१ केजी उचालेर स्वर्ण, नेपाली सेनाका भुजबहादुर सारुले १९७ केजी उचालेर रजत तथा नेपाल प्रहरीका ओमप्रकाश वैश्यले १८७ केजी उचालेर कास्यपदक प्राप्त गरेका छन् ।
पुरुषतर्फकै ७७ केजी तौल समूहमा नेपाली सेनाका सुरेन्द्र श्रेष्ठ, २०५ केजी उचालेर स्वर्ण, नेपाली सेनाकै राजु चौधरीले १९५ केजी उचालेर रजत तथा मध्यमाञ्चलका सरोज यादवले १६२ केजी तौल उचालेर कास्यपदक हात पारेका छन् ।
Sports News Channel of NEPAL.
No comments
Post a Comment
Thanks.