फेडेररले विजयी सुरुवात गरे

माघ ४ । वर्षको पहिलो ग्रान्ड स्लाम टेनिस प्रतियोगिता अष्ट्रेलियन ओपन सुरु भएको छ ।अष्ट्रेलियाको मेलबर्नमा सुरु भएको प्रतियोगिताको पहिलो चरणमा शीर्ष खेलाडीहरुले सहज जित हात पारेका छन् ।

लामो समयपछि ग्रान्ड स्लाम टेनिसमा फर्किएका स्विस खेलाडी रोजर फेडेररले पहिलो खेलमा अष्ट्रियाका यर्गेन मेल्जरलाई चार सेटमा हराए ।
मेल्जर विरुद्धको खेल ३५ वर्षीय फेडेररले ७-५, ३-६, ६-२ र ६-२ को सेटमा जितेका हुन् ।
चार पटकका विजेता फेडेरर घुँडाको चोटका कारण पछिल्लो ६ महिनदेखि टेनिस कोर्टमा देखिएका थिएनन् ।
अष्ट्रेलियन ओपन पहिलो चरणका अन्य खेलहरुमा विजयी हुँदै स्विट्जरल्याण्डका स्टान वावरिङ्का, जापानका केई निशिकोरी, ब्रिटेनका एण्डी मरे, क्रोएसियाका मारिन सिलिच र फ्रान्सका जो विल्फ्रेड सोङ्गा पनि दोस्रो चरणमा पुगेका छन् ।
उता महिलातर्फ अमेरिकाकी भेनस विलियम्सले युक्रेनकी कोज्लोभालाई ७-६ र ७-५ ले हराउँदा रुसकी स्वेतलाना कुज्नेत्सोभा, स्पेनकी गार्बीने मुगुरुजा र सर्वीयाकी यलिना याङ्कोभिच पनि दोस्रो चरणमा पुगेका छन् ।

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.