Responsive Ad Slot

ताजा समाचार

latest

माघमा राष्ट्रिय भलिवल हुने

Jan 9, 2017

/ by Arena Tv
पुस२५।  पोखरा । पश्चिमाञ्चल क्षेत्रीय खेलकुद बिकास समितिको आयोजनामा आगामी माघ तेस्रो साता राष्ट्रिय भलिवल प्रतियोगिता हुने भएको छ ।
आगामी माघ १८ देखि २२ गतेसम्म पोखरामा हुने महिला तथा पुरुष राष्ट्रिय भलिबलको कास्की जिल्ला खेलकुद बिकास समितिले व्यवस्थापन गर्नेछ भने सृजना बिकास केन्द्रले मुख्य प्रायोजन गरेको छ ।
लिगकम नकआउटको आधारमा हुने प्रतियोगिता पोखरा रंगशालामा हुनेछ । रंगशालाभित्र निर्माण भइरहेको भलिवल टे्रनिङ सेन्टरमा अस्थायी कोर्ट निर्माण गरी रबर म्याट राखेर खेल खेलाइने पश्चिमाञ्चल क्षेत्रीय खेलकुद बिकास समितिका अध्यक्ष खगराज पौडेलले जानकारी दिए
प्रतियोगितामा महिला तथा पुरुष दुबैतर्फ विभागीय टिमहरु नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीको एफिएफ क्लव, न्यू डायमन्ड एकेडेमी, हेल्प नेपाल स्पोर्टस् क्लव र आयोजकको तर्फबाट पश्चिमाञ्चल भलिवल संघले प्रतिष्पर्धा गर्नेछन् ।
सृजना बिकास केन्द्रसँग प्रयोजन सम्झौता
प्रतियोगिताका लागि मुख्य प्रायोजक सृजना विकास केन्द्रले ७ लाख रुपैयाँ प्रदान गर्ने भएको छ । पोखरामा आज आयोजित पत्रकार सम्मेलनमा पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका तर्फबाट अध्यक्ष पौडेल र सृजना विकास केन्द्रको तर्फबाट अध्यक्ष अर्जुन श्रेष्ठले सम्झौतापत्रमा हस्ताक्षर गरे ।

सम्झौतापछि बोल्दै केन्द्रका अध्यक्ष श्रेष्ठले भलिवल खेलको विकासका लागि मुख्य प्रायोजन गरेको र यसलाई आगामी वर्षहरुमा पनि निरन्तरता दिइने बताए ।
प्रतियोगिताका लागि कुल २५ लाख संकलन हुने र १८ लाख ६५ हजार रुपैयाँ खर्च हुने अनुमान गरिएको आयोजक पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिले जनाएको छ । प्रतियोगिताको आयोजनाबाट बचत रकम भलिवल टे्रनिङ सेन्टर निर्माणमा खर्चिने समितिका अध्यक्ष पौडेलले बताए ।
प्रतियोगितामा टिकट व्यवस्था गरिएको छ । लिग चरणका खेलहरुका लागि एक सय, सेमीफाइनलका खेलहरुका लागि एकसय पचास र फाइनल खेल हेर्नका लागि दुई सय रुपैयाँ टिकटदर तोकिएको छ ।
टिकटबाट संकलन भएको रकम मध्ये दश प्रतिशत रकम सृजना विकास केन्द्रद्वारा महतगौंडामा सञ्चालित सृजना वालगृहमा आश्रति द्वन्द्व प्रभावित वालवालिकाको लालनपालनमा खर्च गरिने छ ।

No comments

Post a Comment

Thanks.

Don't Miss

Translate

Shreeji Media © All Rights Reserved 2025
Design By KpCat