Responsive Ad Slot

ताजा समाचार

latest

कर्ण लिम्बूले गरे ह्याट्रिक

Jan 20, 2017

/ by Arena Tv

माघ ७  । झापा–११ आहा ! रारा गोल्डकप फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा पुगेको छ । पोखरामा जारी प्रतियोगिताअन्तर्गत् विहीबार भएको खेलमा अमेरिकी एएनए युएसए फुटबल टिमलाई ४–१ ले हराउँदै झापा–११ ले अन्तिम आठमा स्थान बनाएको हो ।

झापाको जितमा कर्ण लिम्बूले ह्याट्रिक गरे । उनले खेलको २४औं, ३०औं र ९०औं मिनेटमा गोल गर्दै जारी प्रतियोगिताकै पहिलो ह्याट्रिक पूरा गरेका हुन् ।
झापाको लागि अर्को गोल खेलको ‘म्यान अफ द म्याच’ घोषित कर्ण लिम्बूकै पासमा ७४औं मिनेटमा बुद्ध चेम्जोङले गरे ।
अमेरिकी फुटबल टिम एएनएको तर्फबाट खेलको ८५औं मिनेटमा शिशिर विश्वकर्माले एक सान्त्वना गोल फर्काएका थिए ।
प्रतियोतिगाअन्तर्गत् शुक्रबार संकटा र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुने आयोजक सहारा क्लबले जनाएको छ ।

No comments

Post a Comment

Thanks.

Don't Miss

Translate

Shreeji Media © All Rights Reserved 2025
Design By KpCat