कर्ण लिम्बूले गरे ह्याट्रिक

माघ ७  । झापा–११ आहा ! रारा गोल्डकप फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा पुगेको छ । पोखरामा जारी प्रतियोगिताअन्तर्गत् विहीबार भएको खेलमा अमेरिकी एएनए युएसए फुटबल टिमलाई ४–१ ले हराउँदै झापा–११ ले अन्तिम आठमा स्थान बनाएको हो ।

झापाको जितमा कर्ण लिम्बूले ह्याट्रिक गरे । उनले खेलको २४औं, ३०औं र ९०औं मिनेटमा गोल गर्दै जारी प्रतियोगिताकै पहिलो ह्याट्रिक पूरा गरेका हुन् ।
झापाको लागि अर्को गोल खेलको ‘म्यान अफ द म्याच’ घोषित कर्ण लिम्बूकै पासमा ७४औं मिनेटमा बुद्ध चेम्जोङले गरे ।
अमेरिकी फुटबल टिम एएनएको तर्फबाट खेलको ८५औं मिनेटमा शिशिर विश्वकर्माले एक सान्त्वना गोल फर्काएका थिए ।
प्रतियोतिगाअन्तर्गत् शुक्रबार संकटा र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुने आयोजक सहारा क्लबले जनाएको छ ।

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.