पुलिस र पूर्वाञ्चल विजयी

फागुन ५ । नेपाल पुलिस क्लब र पूर्वाञ्चलले ताप्लेजुङमा जारी पाथीभरा पुरुष भलिबल प्रतियोगितामा जित दर्ता गरेका छन् ।


प्रतियोगिताअन्तर्गत् बुधबार फुङ्लिङस्थित नेपाली सेनाको खेल मैदानमा भएको पहिलो खेलमा पुलिस क्लबले सशस्त्र प्रहरीको टिमलाई २५–२४, २५–१७ र २५–११ को सोझो सेटमा पराजित गरेको हो ।
त्यस्तै, बुधबार नै भएको दोस्रो खेलमा पूर्वाञ्चलले मध्यमाञ्चललाई २५–१३, २७–२५, २२–२५, २०–२५ र १५–८ को सेटमा हरायो ।
विहीबार हुने पहिलो खेलमा पूर्वाञ्चल र त्रिभुवन आर्मी क्लब भिड्दा दोस्रो खेलमा मध्यमाञ्चल र सशस्त्र प्रहरीको टिम आमने–सामने हुनेछन् ।
‘राउन्ड रोबिन’को आधारमा खेलाइने प्रतियोगितामा आर्मी, पुलिस र सशस्त्र प्रहरीका साथै दुई क्षेत्रीय टोली मध्यमाञ्चल र पूर्वाञ्चलको सहभागिता रहेको छ ।
प्रतियोगिताको विजेता टिमले ३ लाख ३० हजार रुपैयाँ पुरस्कार पाउने छ ।

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.