राष्ट्रिय आमन्त्रण कराँते हुने

फागुन १० । सातदोबादो कराँते डोजो ललितपुरले आगामी वैशाख २१ देखि २३ गतेसम्म राष्ट्रिय आमन्त्रण कराँते प्रतियोगिता आयोजना गर्ने भएको छ । नेपालमा हुने आसन्न १३औैं दक्षिण एसियाली खेलकुद (साग), इन्डोनेसियामा हुने १८औं एसियन गेम्स तथा सन् २०२० मा जापानको टोकियोमा हुने ओलम्पिक खेलकुदको तयारीका लागि प्रतियोगिता आयोजना गर्न लागिएको आयोजकको भनाइ छ ।

मंगलबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा प्रतियोगिताका संयोजक दीपक श्रेष्ठले दिएको जानकारीअनुसार प्रतियोगितामा १७ ओटा तौल समूह समावेश गरिनेछ ।
प्रतियोगितामा तीन विभागीय टोली र पाँच विकास क्षेत्रका खेलाडीले भाग लिनेछन् ।
पुरुषतर्फ अधिकतम् ८८ जना तथा महिलातर्फ ८० जना खेलाडीहरुलाई प्रतियोगितामा सहभागी गराइनेछ ।
१७ स्वर्ण, १७ रजत तथा १७ कास्यपदकका लागि हुने प्रतियोगिता सन्चालन गर्न अनुमानित २५ लाख रुपैयाँ खर्च लाग्ने आयोजकको दाबी छ ।
Labels: ,

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.