मनाङ–मर्स्याङ्दी यसरी पुग्यो सेमिफाइनलमा


फागुन १३ । मनाङ–मर्स्याङ्दी क्लब बंगलादेशमा जारी शेख कमल अन्तर्राष्ट्रिय क्लब कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

एक खेलमा जित, एकमा बराबरी तथा एकमा हार व्यहोरेको मनाङ समूह ‘बी’को उपविजेता बन्दै अन्तिम चारमा पुगेको हो ।
२–० ले अग्रता लिएको अवस्थामा पनि मनाङले बराबरीको सामना गर्नुपरेको हो । मनाङका लागि दुबै गोल अलावालेले गरे ।
त्यस्तै, मनाङसँग बराबरी गरेको अवाहनी समूह विजेता बन्दै अन्तिम चारमा पुगेको छ ।
मनाङले यसअघि बंगलादेशी मोहमोदेन स्पोर्टिङ क्लबलाई २–० ले हराएको थियो भने अफगानिस्तानको शाहिन अस्मायीसँग ३–१ को हार व्यहोरेको थियो ।
तर, शुक्रबारै भएको अन्तिम खेलमा मोहमोदेनले अस्मायीलाई २–० ले हराएपछि ‘हेड टु हेड’मा मनाङले सेमिफाइनलमा ठाउँ बनाएको हो ।
त्यस्तै, समूह ‘ए’बाट नेपाली राष्ट्रिय टिमका गोलरक्षक किरण चेम्जोङको टोली माल्दिभ्सको टीसी स्पोर्टस् क्लब समूह विजेता र दक्षिण कोरियाको पोइचेन सीटीजन एफसी समूह उपविजेताकोरुपमा सेमिफाइनलमा प्रवेश गरिसकेको छ ।
सेमिफाइनल खेल सोमबारबाट सुरु हुनेछ । अब मनाङले फाइनल प्रवेशका लागि सोमबार किरण सम्मिलित टोलीसँग खेल्नेछ ।
यस्तै, दोस्रो सेमिफाइनलमा मंगलबार अवाहनीले पोइचेनसँग खेल्नेछ ।

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.