६० लाखको लागतमा खेलमैदान बसन्तपुरमा

माघ २९ । तेह्रथुमको लालीगुराँस नगरपालिकास्थित बसन्तपुरमा जिल्लाकै नमुना खेलमैदान निर्माण हुने भएको छ ।

चालु आर्थिक वर्षमा बसन्तपुर नयाँ शहरी विकास आयोजनाको ६० लाख रुपैयाँ लागतमा खेलमैदान निर्माणको काम भइरहेको छ ।
यो वर्ष कटिङ, ग्याभिङ र जाली लगाउने काम भइरहेको छ । १२० लम्बाई र ९० मिटरको चौडाई भएको खेल मैदान निर्माणको काम आगामी वैशाखसम्ममा पुरा हुने निर्माण कम्पनीले जनाएको छ ।
प्याराफिड, शौचालय, ड्रेसिङ तथा चेन्जिङ रुम, स्टेजलगायत पूर्वाधारसहितको सुविधासम्पन्न मैदान निर्माण गरिने नयाँ शहरी विकास आयोजनाको कार्यालय बसन्तपुरका प्रमुख द्रोणमान कटुवालले बताए ।
आगामी ५ वर्षसम्म मैदान आधुनिकीकरणमा ६ करोड रुपैयाँ खर्च गरिने कार्यालायले जनाएको छ ।
Labels: ,

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.