फेरि रियल मड्रिड शीर्ष स्थानमा उक्लियो

फागुन १ । स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिडले ओसासुनालाई हराएको छ र, फेरि लिगको शीर्ष स्थानमा उक्लिएको छ ।
शनिबार भएको खेलमा रियल मड्रिडले ओसासुनालाई ३-१ गोल अन्तरले हराएको हो । यसअघि बार्सिलोनाले आलाभेसलाई ६-० को फराकिलो अन्तरले पराजित गरेको थियो ।
ओसासुनाको घरेलु मैदानमा भएको खेलमा रियल मड्रिडले २४ औं मिनेटमा क्रिष्टियानो रोनाल्डोको गोलबाट अग्रता लिएको थियो । तर, ३३ औं मिनेटमा घरेलु टोलीका लिमोनेसले बराबरी गोल फर्काए र पहिलो हाफ १-१ मा सकियो ।
दोस्रो हाफमा रियलले दुई गोल थप्यो । ६२ औं मिनेटमा इस्कोले गोल गरे भने खेलको अन्तिम मिनेटमा लुकास भाजक्वेजले गोल गर्दै रियल मडि्रडलाई ३-१ को जित दिलाए ।
जितपछि २० खेलबाट ४९ अंक जोडेको रियल मडि्रड लिगको शीर्ष स्थानमा छ भने दोस्रो स्थानमा रहेको बार्सिलोनाको २२ खेलबाट ४८ अंक भएको छ ।

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.