Responsive Ad Slot

ताजा समाचार

latest

उत्कृष्ट फुटबलर नवयुग श्रेष्ठ घोषित

Mar 1, 2017

/ by Arena Tv

फागुन १८  । गत वर्षको सबैभन्दा उत्कृष्ट फुटबलर घोषित हुँदै नवयुग श्रेष्ठले ‘बेस्ट प्लेयर अफ द इअर’ अवार्ड हात पारेका छन् ।


नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघले हरेक वर्ष आयोजना गर्दै आएको अवार्डबाट फुटबलतर्फ नवयुग श्रेष्ठ उत्कृष्ट चुनिँदा सरस्वती चौधरी भलिबलकी सर्वोत्कृष्ट खेलाडी घोषित भइन् ।
यस्तै, आर्चरीमा प्रेमप्रसाद पुन, एथ्लेटिक्समा हरिकुमार रिमाल, बक्सिङमा सरस्वती राना, साइक्लिङमा अजय पण्डित क्षत्री, ह्यान्डबलमा रञ्जना राई, हक्कीमा पुष्पा रानामगर, जुडोमा फुपूल्हामु खत्री, कबड्डीमा सान्ती मगर तथा खोखोमा अर्पणाकुमारी महर्जन उत्कृष्ट खेलाडी घोषित भए ।
गत वर्ष भारतमा सम्पन्न १२औं ‘साग’को प्रदर्शनलाइ आधार मान्दै प्रदान गरिउको अवार्ड कार्यक्रममा लनटेनिसमा अभिषेक बास्तोला, सुटिङमा स्नेहा राज्यलक्ष्मी राणा, स्क्वासमा अर्‍हान्तकेशर सिंह, स्विमिङमा गौरिका सिंह, टेबलटेनिसमा दीप साउद, तेक्वान्दोमा दिलबहादुर महरा, ट्रायथ्लनमा रोजा केसी, भारात्तोलनमा विकाश थापा, कुस्तीमा सरोज यादव र उसुमा नीमा घर्तीमगर उत्कृष्ट खेलाडी घोषित भए ।
मंगलबार राजधानीमा आयोजित समारोहमा उत्कृष्ट घोषित भएका सबै खेलाडीलाई जनही १० हजार रुपैयाँ प्रदान गरिएको छ ।
१२औ सागमा नेपालले प्रतिस्पर्धा गरेको २२ खेलहरुलाईमात्र समावेश गरिएका कारण क्रिकेट, कराँतेलगायतका केही चर्चित खेलका खेलाडीहरुलाई भने पुरस्कृत गर्न नसकिएको आयोजकको भनाइ छ ।
यस्तै, अवार्ड समारोहमा हरेक वर्ष प्रदान गरिँदै आएको गजराज स्मृति आदर्श खेल व्यत्तित्व सम्मानबाट यो वर्ष एथ्लेटिक्सका कीर्तिमानी खेलाडी हरिबहादुर रोकाया सम्मानित भएका छन् ।
रोकायालाइ स्व. गजराज जोशी स्मृति ट्रष्टले २५ हजार रुपैयाँ प्रदान गरेको छ ।

No comments

Post a Comment

Thanks.

Don't Miss

Translate

Shreeji Media © All Rights Reserved 2025
Design By KpCat