फिफा वरीयतामा तीन स्थान माथि उक्लियो नेपाल


फागुन २६ । विश्व फुटबलको वरीयताक्रममा नेपालले तीन स्थान सुधार गरेको छ ।

विश्व फुटबलको सर्वोच्च निकाय फिफाले विहीबार जारी गरेको नयाँ वरीयताक्रममा नेपाल तीन स्थान सुधार गर्दै १७३औं स्थानबाट १७०औं स्थानमा आइपुगेको हो ।
दक्षिण एसियामा शीर्ष स्थानमा रहेको भारत विश्व वरीयतामा १३२औं स्थानमा रहँदा दक्षिण एसियामा माल्दिभ्स (१४०) दोस्रो तथा अफगानिस्तान (१५६) तेस्रो स्थानमा छन् ।
दक्षिण एसियातर्फ वरीयताक्रममा नेपालभन्दा पछाडि भुटान (१७७), बंगलादेश (१९३), श्रीलंका (१९७) र पाकिस्तान (१९८) रहेका छन् ।
विश्व वरीयतामा अर्जेन्टिना पहिलो, ब्राजिल दोस्रो तथा जर्मनी तेस्रो स्थानमा कायमै छन् ।

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.