बनायो चेल्सीले १३ अंकको अग्रता

चैत ६ । इङ्लिस प्रिमियर लिग फुटबलमा चेल्सीले १३ अंकको अग्रता बनाएको छ ।गएराति भएको खेलमा स्टोक सिटीमाथि २–१ को संघर्षपूर्ण जित हात पार्दै चेल्सीले तालिकामा फराकिलो अग्रता बनाएको हो । स्टोक सिटीको मैदानमा भएको खेलमा चेल्सीलाई विजयी गराउन विलियन र ग्यारी केहीलले एक–एक गोल गरे । स्टोक सिटीका जोनाथन वाल्टर्सले पेनाल्टीमार्फत एक गोल गरेका थिए ।

प्रिमियर लिग फुटबलकै अर्को खेलमा आर्सनललाई वेष्ट ब्रोमले ३–१ ले हराएको छ । वेष्ट ब्रोमलाई विजयी गराउन क्रेग डसनले दुई गोल गरे भने रोब्सन कानुले एक गोल गरे । आर्सनलका अलेक्सिस सान्चेजले एक गोल फर्काएका थिए ।
गएराति भएका अन्य खेलमा लेष्टर सिटीले वेष्ट ह्याम युनाईटेडलाई ३–२ ले हराउँदा एभर्टनले हल सिटीलाई ४–० ले, बर्नमाउथले स्वान्सी सिटीलाई २–० ले तथा क्रिस्टल प्यालेसले वाट्फोर्डलाई १–० ले हराएका छन् । सण्डरल्याण्ड र बर्नलेबीचको खेल गोलरहित बराबरीमा सकिएको छ ।
इङ्लिस प्रिमियर लिग फुटबलमा गएरातिका खेलपछि २८ खेलबाट ६९ अंक जोड्दै चेल्सी शीर्ष स्थानमा रहेको छ । एक खेल कम खेलेका टोटनह्याम हट्सपर र म्यानचेस्टर सिटी ५६/५६ अंकका साथ क्रमशः दोस्रो तथा तेस्रो स्थानमा छन् ।
लिगमा टोटनह्यामले आज साउथह्याम्पटनसँग खेल्दा म्यानचेस्टर युनाईटेड र मिडिल्सब्रो भिड्नेछन् । यसैगरी आज हुने चर्चित खेलमा म्यानचेस्टर सिटी र लिभरपुल भिड्नेछन् ।

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.