Responsive Ad Slot

ताजा समाचार

latest

सशस्त्र प्रहरी बल पूर्वाञ्चलको विजयी सुरुआत

Mar 4, 2017

/ by Arena Tv

फागुन २० । सुनसरीको तरहरामा शुक्रबारदेखि खुला राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता सुरु भएको छ ।

शुक्रबार भएको पहिलो खेलमा पूर्व क्षेत्रीय प्रहरी कार्यलयलाई हराउँदै सशस्त्र प्रहरी बल पूर्वाञ्चलले विजयी सुरुआत गरेको छ ।
सशस्त्रले जनपथलाई २५–१२, २५–२२ र २५–११ को सोझो सेटमा पराजित गरेको हो ।
शुक्रबारै भएको दोस्रो खेलमा आयोजक इटहरी खेलकुद समाजले सिराहलाई सोझो सेटमै पराजित गरेको छ ।
इटहरीले सिराहालाई २५–१४, २५–१७ र २५–१६ अंकले हराएको हो ।
प्रतियोगितामा नेपाल पुलिस क्लबका २ टिम, सशस्त्र प्रहरी बल, झापा टाइगर, संखुवासभा, मोरङ, सिरहा खेलकुद विकास समिति, डुमराह र आयोजक इटहरी खेलकुद समाज गरी ९ टिमको सहभागिता रहेको छ ।

No comments

Post a Comment

Thanks.

Don't Miss

Translate

Shreeji Media © All Rights Reserved 2025
Design By KpCat