Responsive Ad Slot

ताजा समाचार

latest

बेलायतमा नेपाल टिमले खेल जित्यो: मैदानमै उज्ज्वलले विदेशी युवतीलाई लगाईदिए औठी,साटे चुम्बन

Jul 21, 2017

/ by Arena Tv

क्रिकेटहरुको स्वप्न स्थल बेलायतको लर्डस मैदानको प्रेक्षालयमा हजारौं नेपाली दर्शक थिए । टिम नेपाल खेलिरहेको थियो । जव नेपालले विश्वको पुरानो मेरिलेबोन क्रिकेट क्लब, एमसीसीलाई २ सय १७ रन बनाएर लक्ष्य तय गरिदियो त्यतिबेला नेपाली दर्शकको मुटु नेपालले जित्ला कि नजित्ला भनेर शंसयमा धड्किरहेको थियो।

ठिक त्यति बेला अर्थात् नेपालको ब्याटिङ इनिङ सकिएपछि मध्यान्तरमा लर्डस प्रेक्षालय एउटा अप्रत्याशित तर प्रेमिल परिघटनामा लुटपुटियो । यही दृष्यमा सबैका आँखा ठोक्किए ।

लर्डसको एउटा कुनामा बसेका नेपाली युवा उज्ज्वल बैद्यले आफ्नो छेउमा रहेकी एक युवतीलाई भने,‘म तिमीलाई म आफैलाई भन्दा धेरै माया गर्छु । मेरो देश लर्डसमा खेलिरहेको छ । हामी क्रिकेटको यो डार्लिङ स्थानमा छौं । म तिमीसँग इङ्गेजमेन्ट गर्न चाहन्छु ।’उज्ज्वलले पकेटबाट टिलिक्क टल्कने औठीं निकाले । युवतीका आँखामा आफ्ना आँखा अड्याउँदै भने,‘ हाम्रा लागि यो भन्दा सुन्दर मौका अरु के हुन सक्छ?’ उज्वलको प्रस्ताव सुनेर चेक रिपब्लिककी युवती इभा साइक्रोभाको बैंशालु अनुहारमा एक्कै पटक विश्मय र खुशीको अनौठो रङ लतपतियो ।

लालिमय ओठ मुस्कुरावटले नाँचे । इभा बसिरहेको ठाउँबाट उठिन् र चिच्याउँदै भनिन् ‘आइ लभ यु उज्ज्वल, आज तिमीले यो प्रस्ताव राखेर मलाई धन्य तुल्यायौ।’

उज्वल र इभा दुबैले टिम नेपालको जर्सी लगाएका थिए । एक बर्षदेखि प्रेममा रहेको यो जोडीले लर्डसमा औंठीसँगै सधैं सँगै जिउने बाचा गरिरहँदा अरु दर्शकहरुले ताली बजाएर उनीहरुको प्रेमलाई अनुमोदन गरिरहेका छन् । कोही उनीहरुलाई बधाइ दिँदै थिए । र, कोही उनीहरुसँग सेल्फी लिँदै थिए ।

‘उज्ज्वलले यसरी इन्गेजमेन्टको प्रस्ताव गर्लान् भन्ने मैले सपना पनि सोचिकी थिईन’ खुशीले भावनाको पिङमा मच्चिइरहेकी इभाले नेपालखबरसँग भनिन्, ‘वास्तवमा यो भन्दा गजब मौका अरु हुनै सक्दैनथ्यो ।जिन्दगीभर मैले यो दिन बिर्सने छैन ।’ भिडले घेरिएका उज्ज्वललाई अरुसँग हात मिलाउँदै र बधाइ थाप्दैको फुर्सद थिएन । उनी भन्दै थिए, ‘ म लण्डनमा बस्छु, एक बर्षदेखि हामी प्रेममा थियौँ । अब छिट्टै हामी बिहे गर्छौं।’

उज्ज्वलले इभालाई औंठी लगाइदिएपछि यो जोडी निमेषभर अंगालोमा बाधिँएको थियो । वरपर रहेको भीडले फेरि ताली बजाएको थियो । र, उता दोस्रो इनिङमा एमसीसीले ब्याटिङ सुरु गरुन्जेल पनि यो जोडीलाई आशिर्वाद दिनेहरु त्यत्तिकै थिए।

त्यति मात्र होइन, टिम नेपालले पहिलो पटक लर्डसमा खेलेको यो खेल ४१ रनले जित्दा उज्ज्वल र इभाले त एक आपसमा खुशीले चुम्बननै गरेको देखियो । खेल सकिएपछि उज्ज्वलले इभालाई हात समाउँदै प्रेक्षालय बाहिर निकाल्दै थिए । भन्दै थिए, आजको दिन गजब दिन भयो । खेल पनि जितियो, प्रेमीकाको मन पनि जितियो ।’ america nepal

http://ift.tt/eA8V8J

No comments

Post a Comment

Thanks.

Don't Miss

Translate

Shreeji Media © All Rights Reserved 2025
Design By KpCat