Responsive Ad Slot

ताजा समाचार

latest

यु–१९ विश्वकप क्रिकेट छनोटः नेपालको तेस्रो जित, सिंगापुर २२ रनले पराजित

Jul 21, 2017

/ by Arena Tv

६ साउन, काठमाडौं । यू-१९ विश्वकप छनोटमा नेपालले सिंगापुरमाथि निकै संघर्षपूर्ण जित हात पारेको छ ।
१६९ रनको लक्ष्य पछ्याएको सिंगापुर एक समय जित नजिक देखिएको थियो । उसले ४३ ओभरको समाप्तीमा सिंगापुरले ५ विकेट गुमाएर १३९ बनाइसकेको थियो । ४२ बलमा ३० रन मात्र चाहिएको थियो र ५ विकेट हातमा थियो ।

तर, एकाएक नेपाल खेलमा फर्कियो । नेपाली बलरहरुले मात्र ७ रन दिँदा ५ विकेट लिएर २२ रनको जित दिलाए । ४४ औं ओभरको पहिलो बलमा विकेट लिएर हंसुल दीपको विकेट लिएक नेपाली कप्तान सन्दिप लामिछानेले ओभरको अन्तिम बलमा युवराज सिंहलाई पनि पभेलियनको बाटो देखाए ।

अर्को ओभर किशोर महतोले सिंगापुरको आठौं विकेट लिए । ४६ औं ओभरको दोस्रो बलमा विकेट लिँदै सन्दिपले हादर्ैै गरेको नेपालााई जितर्फ डोहोर्‍याए ।
४७ औं ओभरको पाँचौं बलमा सपन सरार्फले बीबी विक्रमको विकेट लिँदै नेपालको जितलाई औपचारिकता दिए ।

http://ift.tt/eA8V8J

No comments

Post a Comment

Thanks.

Don't Miss

Translate

Shreeji Media © All Rights Reserved 2025
Design By KpCat