साउन १६ – बार्सिलोनाका स्टार स्ट्राइकर लियोनल मेस्सीले नेइमार भावुक हुँदै बिदाई गरेको खबर आएको छ । आइतबार बिहान अमेरिकाको मायामीमा रहेको हार्ड रक रंगशालमा भएको मैत्रीपूर्ण एल क्लासिकोमा रियल मड्रिडलाई ३–२ ले हराएपछि मेस्सीले नेइमारलाई भावुक हुँदै बिदाई गरेको स्पेनिस सञ्चारमाध्यमलाई उद्धृत गर्दै बेलायती पत्रिका एक्सप्रेसडेलीले जनाएको छ ।
बार्सिलोनाका ब्राजिलियन स्टार नेइमार फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) जाने तयारीमा छन् । उनलाई पिएसजीले विश्व कीर्तिमानी मूल्यमा अनुबन्ध गर्न लागेको र अनुबन्धको सम्झौता अन्तिम चरणमा पुगेको दाबी गरिएको छ । सन् २०१३ मा बार्सिलोना आएका नेइमार र मेस्सीबिच अहिले गहिरो मित्रता छ । मेस्सीले नेइमारको नयाँ यात्राका लागि शुभकामना दिँदै बिदाई गरेको खबरमा उल्लेख गरिएको छ । आइतबार बिहान भएको एल क्लासिकोमा बार्सिलोनालाई जिताउने क्रममा नेइमारले दुई गोलका लागि सहयोग गरेका थिए ।
http://ift.tt/eA8V8J
Sports News Channel of NEPAL.
No comments
Post a Comment
Thanks.