नसोचेको खुशी, नेपाल विश्वकप फुटबल खेल्दै !

काठमाडौं । सानैमा बुवा बितेपछि कालीकोटका पवन शाहीलाई आमाले राम्रोसँग पाल्न सक्नुभएन । खाना र नाना नभएपछि पवन सडकमा आए । कसैको सहारा नभएपछि आफ्नो जिन्दगी सडकमै जाने भयो भनेर पवन चिन्तामा थिए । तर ३ बर्षअघि काठमाडौंको एक बालगृहले उनलाई काठमाडौंमा ल्यायो र पालनपोषण गर्न थाल्यो । पढाउन पनि थाल्यो । अहिले उनलाई नसोचेको अवसर आयो, सडक बालकको विश्वकप फुटबलको लागि अभ्यास गर्ने ।सडकबाट अर्को संसारमा जाने कल्पनासम्म नगरेका पवन रुसमा आउँदो मे महिनामा हुने सडक बालकको विश्वकपमा नेपाली टोलीमा पर्न दशरथ रंगशालामा पसिना बगाउँदैछन् । देशभरबाट आएका १० टिमका झण्डै १ सय जनाबाट १८ जना खेलाडी छानिने भएकाले पवन शाहीले खुब मेहेनेन गर्नुपरेको छ ।

‘मैले त यसरी बालगृहमा आउन पाउँछु भन्ने पनि सोेचेको थिएन, तर मैले त घरमा भन्दा पनि माया गर्ने होस्टेल पाएको छु, त्यसैमा खुसी थिएँ, तर अहिले त सोच्दै नसोचेको कुरा विश्वकपमा खेल्ने सम्भावना बढेको छ’ दशरथ रंगशालामा उज्यालोसँग कुरा गर्दा खुशीका आँसु झारेका पवनले भने, ‘अहिले मलाई समाजले सडकमा बस्ने भुस्याहाको नजरले हेर्छ, विश्वकप खेलेर समाजमा ठूलो मान्छे बन्ने मेरो इच्छा छ, तर त्यो इच्छा टाढा छैन ।’ बुवा सानैमा बितेपनि पवनको घरमा आमा र सानो भाइ छन् । ‘सानोमा सडकमा थिइस, अब त राम्रो ठाउँमा छस, भाइलाई पढाउने र मलाई पाल्ने जिम्मा जिम्मा तेरो हो भन्नुभएको छ आमाले’ शाहीले गम्भीर हुँदै भने, ‘विश्वकपमा छनौट भएँ भने घरपरिवारलाई पाल्ने आधार हुन्छ होला ।’

नवलपरासीका करण पाण्डे पनि जान्ने भएदेखि नै नक्सालको बालमन्दिरमा बस्छन् । उनले पनि सोचेका थिएनन्, विश्वकपमा खेल्छु भनेर । तर आउँदो वर्ष रुसमा हुने सडक बालबालिकाको विश्वकपको अभ्यासमा उनी पनि व्यस्त छन । सडकको एउटा बालकले विश्वकप फुटबलको बाटो तताउँदा उनी मख्ख छन् । ‘अरु विश्वकप चाहिँ नेपालका लागि आकाशको फल आँखा तरी मर जस्ता भएका छन्, तर सडक बालबालिकाको विश्वकपमा भने नेपालले खेल्ने पक्का भएको छ, म त धेरै खुशी छु’ करणले भने, ‘बालगृहमा बस्दा बस्दा दिक्क लागेको थियो, आज यसरी रंगशालामा अध्यास गर्न आएँ, भोलि रुस जान पनि सक्छु, निकै खुसी लागेको छ ।’

रंगशालामा तयार हुँदैछन् विश्वकपका खेलाडी

आउँदो मे महिनाको १९ देखि २७ तारिखमा रुसमा हुने सडक बालबालिकाको विश्वकप ९स्ट्रिट चिल्ड्रेन वल्र्डकप० मा खेलाडी छान्न अहिले दशरथ रंगशालामा लिग फुटवल भैरहेको छ । देशभरका २० वटा बालगृहका बालकहरु लिगमा आउने भनिएपनि उमेर, व्यावस्थापन, आर्थिक रिपोर्ट पेश गर्न नसकेको र बालगृहले अल्छी गरेको कारण १० वटा टिमले लिगमा भाग लिएका छन् । झण्डै १ सय जना बालकहरु अन्तिम १८ मा पर्नको लागि मेहनत गरिरहेका छन् । उत्कृष्ट १८ जनालाई प्रशिक्षण दिएर रुसमा नेपालको बलियो उपस्थिती देखाउने तयारी छ ।‘हामीले युट्युब र अन्य सञ्जालमार्फत यसअघिका विश्वकपका खेल हेरेर तयारी थाल्छौं, पहिलो सहभागितामै नेपालको बलियो उपस्थिती बनाउनेछौं’ सडक बालकको विश्वकप नेपालको सहभागिताको लागि ४ बर्षदेखि दौडधुप गरिरहेकी सेल्टर आश्रय नेपालकी अध्यक्ष खुश्वु ओलीले उज्यालोसँग भन्नुभयो, ‘एक त विश्वकपमा नेपालको सहभागिता नै जित हो, त्यसमाथि पनि राम्रो खेल देखाउने गरि तयारी थाल्छौं ।’

यसरी पक्का भयो विश्वकपमा नेपालको सहभागिता

सडक बालबालिकाको विश्वकप आयोजना सन् २०१० देखि सुरु भएको थियो । बेलायतको एक गैरसरकारी संस्थाको पहलमा जुन देशले विश्वकप फुटवल आयोजना गर्छ त्यही देशमा विश्वकपको एकमहिनाअघि सडक बालबालिकाको विश्वकप गर्ने निर्णय अनुसार सन् २०१० मा ब्राजिलमा सडक बालबालिकाको विश्वकप आयोजना गरियो । १४ देश सहभागी पहिलो सडक बालबालिका विश्वकपमा तान्जानियालाई हराएर भारतले उपाधी जितेको थियो । दोस्रो विश्वकप सन् २०१४ मा दक्षिण अफ्रिकामा भयो, १९ देश सहभागी दोस्रो संस्करणको विश्वकपमा बुरुन्डीलाई हराएर तान्जानियाले उपाधी जित्यो ।

सडक विश्वकप सकिए लगत्तै आयोजकले सहभागिताको लागि आव्हान गर्छ । धेरै मापदण्ड पूरा गरेपछि मात्रै विश्वकपमा सहभागी हुन पाइन्छ । सडक बालकहरुको विश्वकपमा नेपालको सहभागितामा सेल्टर आश्रय नेपाल र संस्थाकी अध्यक्ष खुश्वु ओलीले ४ वर्षदेखि निरन्तर दौडधुप गर्दै आएका छन् । नेपालले पनि सडक बालबालिकाको विश्वकप खेल्न पाउनुपर्छ भनेर ४ बर्षअघि आवेदन दिएपछि खेलाडीको उमेर, उनीहरु वास्तविक बालगृहमा बस्दै आएका छन् कि छैनन्, बालगृहले नियम कानुन पालना गरेका छन कि छैनन् लगायतका विषयलाई आयोजक समितीले धेरै महत्व दिएकाले सहभागिताको लागि धेरै दौडधुप गर्नुप¥यो । एक देशमा एक संस्थाले जिम्मा लिने नियम भएकाले नेपालको जिम्मा सेल्टर आश्रय नेपाल संस्थाले लियो । संस्थाले जिम्मा लिएपछि राम्रोको जस नराम्रो कामको जिम्मा लिनुपर्छ ।

नेपालले अन्य प्रतियोगितामा विश्वकप खेल्नु निकै टाढाको विषय हो, तर सडक बालबालिकाको विश्वकप फुटवलमा त फ्याट्टै मौका आएछ है रु उज्यालोको प्रश्नमा सेल्टर आश्रय नेपाल संस्थाकी अध्यक्ष खुश्वु ओलीले भन्नुभयो, ‘कहाँ फ्याट्टै आउनु नि, यो ४ बर्षमा निकै दौडधुप गर्नुपर्‍यो, हामीले नै आवेदन दिएकाले सेल्टर आश्रय नेपालले धेरै नै मेहेनेत गर्नुपर्‍यो, हाम्रो आर्थिक कारोबार, नीतिनियम लगायतका कुरामा उनीहरु धेरै नै कडा छन, उनीहरुले पटक पटक अनुगमन गरेर मात्रै बल्ल हामीलाई छनौट गरेका हुन ।’ नेपाललाई विश्वकपमा पुर्‍याउन आफु धेरैपटक लण्डन र रुसमा भौंतारिनुपरेको ओलीको भनाई छ । केही दिनअघि पनि रसियाको समिटमा गएर ट्रेनिङ पास गरेर आएको उहाँले जानकारी दिनुभयो । सडकमा अभाव र दुःखको जिन्दगी बिताइरहेका बालबालिकाहरु बालगृहमा आउँदा त्यसैलाई नै स्वर्ग ठानेका थिए । तर अब वालगृहमा मात्र सीमित नभइ सडक बालकको विश्वकप फुटबल खेल्न पाउँदा एकातिर विश्वमा नेपाल चिनाउन पाइने र अर्कातिर आफ्नो प्रतिभा पनि खारिने भएकाले उनीहरु मख्ख परेका छन् । उज्यालो अनलाईनबाट |

The post नसोचेको खुशी, नेपाल विश्वकप फुटबल खेल्दै ! appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.