Responsive Ad Slot

ताजा समाचार

latest

आफ्नो रेकर्ड तोडेपछि रोनाल्डोलाई पेलेको चुनौती, भने– अब मैले जति गोल गरेर देखाऊ

Sep 5, 2017

/ by Arena Tv

एजेन्सी, भदौ २०
अर्को वर्ष रुसमा हुने विश्वकप छनौटक्रममा स्पेनिस क्लब रियल मड्रिडका स्टार स्ट्राइकर क्रिस्टियानो रोनाल्डोले ह्याट्रिक गरे । त्यो उनको राष्ट्रका लागि पाँचौं ह्याट्रिक थियो । उनकै गोलको मद्दतमा पोर्चुगलले खेल जित्यो । र, रोनाल्डोले अन्तर्राष्ट्रिय गोल संख्या ७८ पुर्याए ।

छनौट खेलमा फारोई आइल्यान्डलाई पोर्चुगलले ५–१ ले हराउनेक्रममा ह्याट्रिक हानेका रोनाल्डो खेल जीवनको ४८औं ह्याट्रिक पनि हाने । त्यही खेलबाट उनले ब्राजिलका महान् फुटबलर पेलेलाई अन्तर्राष्ट्रिय गोल संख्यामा पछि पारे ।

पेलेले आफ्नो खेल जीवनमा राष्ट्रका लागि कूल ७७ गोल गरेका थिए । आफ्नो गोल रेकर्डलाई रोनाल्डोले तोडेपछि पेलेले खुसी व्यक्त गरेका छन् ।

एक सञ्चारमाध्यमलाई अन्तर्वार्ता दिँदै पेलेले भनेका छन्, ‘मैले रोनाल्डाको खेल टिभीमा हेरें, उनले निकै आकर्षक र उत्कृष्ट गोल गरे ।’

पेलेले देशका लागि ९२ खेल खेलेर ७७ गोल गरेका थिए । तर, रोनाल्डोले ७७ गोलको सीमा पार गर्न १ सय ४५ खेलसम्म पर्खुपर्यो ।

ब्राजिलले सन् १९५८, १९६२ र १९७० मा विश्वकप जितेको थियो । त्यसक्रममा पेले टोलीका महत्त्वपूर्ण सदस्य थिए र निर्णायक भूमिकासमेत रहेको थियो ।

यता, रोनाल्डोले भने हालसम्म विश्वकप जित्न सकेका छैनन् । उनको कप्तानीमा पोर्चुगलले गत वर्ष युरोकप जितेको थियो । त्यसक्रममा रोनाल्डोको भूमिका महत्त्वपूर्ण थियो ।

आफ्नो अन्तर्राष्ट्रिय गोलको रेकर्ड तोडेपछि पेलेले रोनाल्डोलाई अब आफ्नो खेल गोल संख्याको रेकर्ड तोड्न चुनौती दिएका छन् । उनले रोनाल्डोलाईा बधाई दिँदै खेल जीवनमा आफूले गरेजति गोल गरेर देखाउन चुनौती दिएका हुन् ।

पेलेले आफ्नो करिअरमा कूल १ हजार २ सय ८३ गोल गरेका थिए । जब कि, यो निकै ठूलो सीमा हो । पेलेले भनेका छन्, ‘अब रोनालडोले १२ सय ८३ भन्दा बढी गोल गर्नुपर्छ ।’

तर, पेलेले रोनाल्डोले त्यो चुनौती छुन सक्ने या नसक्नेबारे बारे भने उनले पत्रकारले सोधेको प्रश्नमा केही बोल्न चाहेनन् ।

The post आफ्नो रेकर्ड तोडेपछि रोनाल्डोलाई पेलेको चुनौती, भने– अब मैले जति गोल गरेर देखाऊ appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

No comments

Post a Comment

Thanks.

Don't Miss

Translate

Shreeji Media © All Rights Reserved 2025
Design By KpCat