Responsive Ad Slot

ताजा समाचार

latest

एसिया कप छनौट : नेपाल र ताजकिस्तान बिचको खेल अब केही बेरमा सुरु हुने ( लाईभ भिडियो हेरौ )

Oct 10, 2017

/ by Arena Tv

काठमाडौं । एएफसी एसियन कप फुटबल छनोट अन्तर्गतको नेपाल र ताजकिस्तान बिचको खेल अब केही बेरमा सुरु हुनेछ । घरेलु मैदानमै ताजिकिस्तानसँग पराजित भएको नेपालले ताजिकिस्तानलाई पनि उसैको मैदानमा हराउने लक्ष्य राखेको छ। ताजकिस्तानसँगको खेल जित्न नसकेमा नेपालको शीर्ष दुईमा परेर एसिया कपमा छनौट हुने संभावना लगभग सकिने छ । चार टिम सहभागी समूह ‘एफ’ मा तीन खेलबाट एक अंकमात्र जोडेको नेपाल पुछारमा छ । एक महिनाअघि एन्फा कम्लेक्स सातदोबाटो ललितपुरमा भएको खेलमा नेपाललाई हराएको ताजकिस्तान तीन अंकसहित तेश्रो स्थानमा छन् । हेर्नुस् लाईभ भिडियो…

सात अंक जोडेको फिलिपिन्स पहिलो र पाँच अंकसहित यमन दोश्रो स्थानमा छन् । आजको खेलपछि नेपालले फिलिपिन्ससँग काठमाडौंमा र यमनसँग उसकै मैदानमा खेल्न बाँकी हुन्छ ।

नेपालका कप्तान विराज महर्जनले ताजिकिस्तानविरुद्धको खेल निकै कठिन हुने बताए । ‘ताजिकिस्तानमा निकै बलिया खेलाडी छन् । प्रशिक्षकले भनेझैं हामी ३ अंककै लागि आएका हौं, ’ उनले थपे, ‘हामीले खेलमा पाएको मौकाको सदुपयोग गरेर आयोजक टोलीमाथि दबाब सिर्जना गर्ने प्रयास हुनेछ ।’

नेपालले अब अर्को खेल फिलिपिन्ससँग आगामी नोभेम्बर १४ मा घरेलु मैदानमा खेल्नेछ । यमनसँगको अवे खेल आगामी वर्ष मार्च १८ मा खेलिनेछ । समूहमा समावेश प्रत्येक टोलीसँग ‘होम एन्ड अवे’ प्रणालीमा खेलिने छनोट प्रतियोगिताका शीर्ष दुई टोली सन् २०१८ मा युनाइटेड अरब इमिरेट्स (यूएई)मा हुने एसिया कपका लागि सीधै छनोट हुनेछन् ।

यस्तो छ टिम : किरणकुमार लिम्बु, एलन न्याैपाने, बिकेश कुथु, बिराज महर्जन, देवेन्द्र तामाङ, अनन्त तामाङ, दिनेश राजवंशी, जितेन्द्र कार्की, आदित्य चौधरी, कमल श्रेष्ठ, राजेन्द्र रावल, सुनिल बाल, हेमन गुरुङ, रोहित चन्द, बिक्रम लामा, बिशाल लाई, हेमन्त थापामगर, सुजल श्रेष्ठ, बिमल घर्तीमगर, जर्ज प्रिन्स कार्की, नवयुग श्रेष्ठ, भरत खवास र अञ्जन विष्ट

The post एसिया कप छनौट : नेपाल र ताजकिस्तान बिचको खेल अब केही बेरमा सुरु हुने ( लाईभ भिडियो हेरौ ) appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

No comments

Post a Comment

Thanks.

Don't Miss

Translate

Shreeji Media © All Rights Reserved 2025
Design By KpCat