Responsive Ad Slot

ताजा समाचार

latest

नेयमारले जिते तेस्रो पटक ‘साम्बा गोल्ड’ अवार्ड

Jan 2, 2018

/ by Arena Tv

काठमाडौं, १८ पुस । पेरिस सेन्ट जर्मेन (पिएसजी)का स्टार स्ट्राइकर नेयमार जुनियरले युरोपबाट खेल्ने ब्राजिलियन फुटबलरलाई दिइने ‘साम्बा गोल्ड’ अवार्ड जितेका छन् । उनले यो अवार्ड तेस्रो पटक जितेका हुन् । यो अवार्ड पत्रकार, सिमित फुटबलर र इन्टरनेट भोटिङका आधारमा छनोट गरिन्छ।

नेयमारले २७.७१ प्रतिशत मत पाएर अवार्ड जित्दा लिभरपुलका फिलिप काउटिन्होले १६.६४ प्रतिशत मतसहित दोस्रो तथा १४.४३ प्रतिशत मतसहित मार्सेलो तेस्रो भएका छन्।

सन् २०१४ र १५ मा लगातार दुईपटक अवार्ड जितेका नेयमारले सन् २०१६ मा भने अवार्ड जित्न सकेनन्। त्यस्तै २०११ देखि लगातार तीन पटक यो अवार्ड जितेका थिएगो शिल्भा टप पाइभमै परेनन् ।

नेयमारले विजेता छनोट टीममा रहेका ११ पत्रकार र ११ पूर्व खेलाडीबाट बढी मत पाएका छन्। उनले ४१.४१ प्रतिशत मत पाएका छन् भने मिराण्डा र विलियनले ३९.३९ मत पाएका छन् ।

कसले कहिले अवार्ड जिते

२००८ः काका (एसि मिलान)
२००९ः लुइस फाबिन्नो (सेभिल्ला)
२०१०ः माइकोन (इन्टरमिलान)
२०११ः थिएगो शिल्भा (पिएसजी)
२०१२: थिएगो शिल्भा (पिएसजी)
२०१३: थिएगो शिल्भा (पिएसजी)
२०१४ः नेयमार (बार्सिलोना)
२०१५ः नेयमार (बार्सिलोना)
२०१६ः फिलिपे काउटिन्हाे (लिभरपुल)
२०१७ः नेयमार (पिएसजी)

The post नेयमारले जिते तेस्रो पटक ‘साम्बा गोल्ड’ अवार्ड appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

No comments

Post a Comment

Thanks.

Don't Miss

Translate

Shreeji Media © All Rights Reserved 2025
Design By KpCat