Responsive Ad Slot

ताजा समाचार

latest

चेन्नइ आइपिएलको सबैभन्दा बुढो टिम, टप १० खेलाडीको उमेर ३० वर्ष माथि

Jan 28, 2018

/ by Arena Tv

बैंगलोर। इण्डियन प्रिमियर लिग (आइपिएलमा) भारतीय टिमका पूर्वकप्तान महेन्द्र सिंह धोनीको टिम चेन्नइ सुपर किंग्स सबैभन्दा बुढो टिम भएको छ । टि–२० खेलमा युवा खेलाडीहरुलाई सबैभन्दा उपयुक्त मानिने भएपनि चेन्नइ भने ठिक उल्टो बुढाहरुको टिम बनेको छ । चेन्नइलाई आइपिएल ११ को सबैभन्दा पाको टिक मानिएको छ ।

यो टिमका कप्तान धोनी स्वयं ३६ वर्षका छन् । धोनीको अगुवाइमा यो टिक २ पटक आइपिएल विजेता भएको छ । टिमका ११ खेलाडीको औसत उमेर ३४ वर्ष छ । टिमका १० खेलाडी ३० वर्षभन्दा बढी उमेरका छन् । चेन्नइमा सबैभन्दा पाका खेलाडी दक्षिण अफ्रिकाका इमरान ताहिर छन् जसको उमेर ३८ वर्ष छ ।

टिममा सबैभन्दा कम उमेरका खेलाडी रविन्द्र जडेजा छन् जसको उमेर २९ वर्ष छ । टिममा ३१ वर्षका सुरेश रैना, ३६ वर्षका शेन वाटसन, ३६ वर्षका ड्वेन ब्राभो, ३६ वर्षका हरभजन सिंह, ३२ वर्षका केदार जाधव, ३२ वर्षका अम्बाती रायडु, ३३ वर्षका फाफ डुप्लेसिस, ३० वर्षका कर्ण शर्मा छन् । लिलामीमा पाका खेलाडीहरु नबिकिरहेका बेला चेन्नइले भने बुढा खेलाडीहरु थुपारिरहेको देख्न धेरैले आश्चर्य मानेका छन् ।

The post चेन्नइ आइपिएलको सबैभन्दा बुढो टिम, टप १० खेलाडीको उमेर ३० वर्ष माथि appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

No comments

Post a Comment

Thanks.

Don't Miss

Translate

Shreeji Media © All Rights Reserved 2025
Design By KpCat