Responsive Ad Slot

ताजा समाचार

latest

खुशिको खबर: आइपिएलको अक्सन लिस्टमा सन्दीप लामिछाने

Jan 20, 2018

/ by Arena Tv

काठमाडौं, माघ ६ – नेपाली क्रिकेट टीमका युवा स्पीनर सन्दीप लामिछानेको नाम इन्डियन प्रिमियर लिग (आइपिएल)को अक्सन ड्राफ्टमा समावेश भएको छ।

११औँ संस्करणको आइपीएलको लागि शनिवार सार्वजनिक गरिएको ५ सय ७८ खेलाडीको लिस्टमा सन्दीपमा नाम २७६ अाैं नम्बरमा अटाएको आइपीएलको अफिसियल साइटमा उल्लेख छ।

यसअघि आइपीएलको अक्सनका लागि रजिस्टर भएका खेलाडीको देशका नाम सार्वजनिक गर्दा त्यहाँ नेपालको नाम थिएन। सन्दीपको नाम समावेश भएपछि नेपाली क्रिकेटप्रेमीको उत्साह बढेको छ। यसअघि सन्दीपको नाम बंगलादेश प्रिमियर लिग र पाकिस्तान सुपर लिगको ड्राफ्टमा पनि समावेश थियो। तर उनलाई कुनै पनि टिमले लिएका थिएनन्।

पहिलो पटक आइपीएल अक्सनका लागि छानिएका नेपाली खेलाडी सन्दीपको बेस प्राइज २० लाख तोकिएको छ। यस संस्करणको आइपीएलका लागि यही जनवरी २७ र २८ मा बैंगलोरमा अक्सन हुनेछ। जहाँ भारतका ३ सय ६० सहित कूल अन्डर ह्यामरमा हुनेछन्।

आइसीसी वर्ल्ड क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत नामिविया विरुद्ध घरेलु मैदानमा डेब्यु गरेका १८ वर्षीय सन्दीप अहिले नेपाली टोलीको नियमित सदस्यका रुपमा रहेका छन्। बंगलादेशमा सन् २०१६ मा भएको यू १९ वर्ल्ड कप क्रिकेटमा सन्दीपले नेपालको कप्तानी सम्हालेका थिए।

युवा उमेरमै विश्वभर चर्चा बटुल्न सफल सन्दीपले यसअघि हङकङको टी/२० ब्लिट्ज र अष्ट्रेलियन ग्रेड क्रिकेट प्रतियोगितामा खेलिसकेका छन्।

अष्ट्रेलियाका वर्ल्ड कप विनिङ पूर्व कप्तान माइकल क्लार्कको निमन्त्रणामा सन्दीपले अष्ट्रेलिया गएर खेल्ने र प्रशिक्षण गर्ने अवसर पाएका थिए। ujyaaloonline

The post खुशिको खबर: आइपिएलको अक्सन लिस्टमा सन्दीप लामिछाने appeared first on Taja nepali news.

http://ift.tt/2EZTsds

No comments

Post a Comment

Thanks.

Don't Miss

Translate

Shreeji Media © All Rights Reserved 2025
Design By KpCat