Responsive Ad Slot

ताजा समाचार

latest

भोलि नेपाल र जिम्बावे भिड्दै, कति बजे कसरी हेर्ने लाईभ ? जानी राखौं

Mar 3, 2018

/ by Arena Tv

काठमाडौं : घरेलु टोली जिम्बावेसँग आइतवार खेल्दै नेपालले आइसीसी बिश्वकप छनोटको यात्रा सुरु गर्दैछ। खेल नेपाली समय अनुसार दिउँसो सवा १ बजे सुरु हुनेछ । क्वालिफायरको समूह बी मा रहेको नेपालले घरेलु टोली जिम्बावेसँगै अफगानिस्तान, स्कटल्याण्ड र हङकङसँग प्रतिस्पर्धा गर्नेछ।

यो खेलको कुनै पनि टेलिभिजनले प्रतक्ष्य प्रसारण गर्ने छैन । क्वालिफायरका ३४ खेलमध्ये जम्मा १० खेल मात्र प्रत्यक्ष प्रसारण हुने आइसीसीले जनाएको छ। समूह चरणअन्तर्गत समूह ए का खेलहरु वेष्ट इन्डिज र आयरल्याण्ड तथा वेष्ट इन्डिज र नेदरल्याण्ड्सको खेल मात्र प्रत्यक्ष प्रसारण हुनेछ।

जिम्वावेको राजधानी हरारेस्थित हरारे स्पोर्ट्स क्लबमा हुने खेल मात्र प्रत्यक्ष प्रसारण हुने आइसिसीले जनाएको छ। यस्तै सुपर सिक्स अन्तर्गत ७ खेल तथा फाइनल खेल प्रत्यक्ष प्रसारण हुनेछ। यस्तो अवस्थामा नेपालको खेल टिभीमा प्रत्यक्ष हेर्नका लागि नेपाली टोली ५ टोली रहेको समूह बी को शीर्ष ३ स्थानमा रहँदै सुपर सिक्समा पुग्नुपर्नेछ।

समूह चरणमा शीर्ष ३ मा रहने टोली सुपर सिक्समा प्रवेश गर्नेछ। सुपर सिक्सको शीर्ष दुई टोली सन् २०१९ मा हुने वर्ल्डकपमा छनोट हुनेछ। नेपालका कप्तान पारस खड्काले जिम्बावे जानुअघि आफूहरुको लक्ष्य सुपर सिक्समा पुग्नु र वान डे स्ट्याटस पाउनु भएको बताएका थिए। यदि पारसले भनेको जस्तो हुन सके नेपालको लागि त्यो ऐतिहासिक उपलब्धि हुनेछ।

नेपालले चार वर्षका लागि वान डे मान्यता पाउँनेछ भने वर्ल्ड क्रिकेट लिग, इन्टरकन्टिनेन्टल लिग लगायत विभिन्न क्रिकेट खेल्ने मौका पाउँनेछ। यदि क्वालिफायरमा सहभागी १० मध्ये अन्तिम दुई स्थानमा रह्यो भने नेपाल पुन: डिभिजन टू मै झर्नेछ।

नेपाल vs जिम्वावे (वर्ल्डकप क्वालिफायर)

खेल मिति : २०१८ मार्च ४ (फागुन २० २०७४)

खेल स्थान : क्वीन्स स्पोर्ट्स क्लब, बुलावायो

खेल समय : ९:३० स्थानिय समय (नेपाली समय अनुसार दिउँसो १:१५ बजे)

नेपाल : पारस खड्का (कप्तान), ज्ञानेन्द्र मल्ल, दीपेन्द्रसिंह ऐरी, शक्तिप्रसाद गौचन, बसन्त रेग्मी, शरद भेषावकर, सोमपाल कामी, करण केसी, आरिफ शेख, सन्दीप लामिछाने, दिलीप नाथ, ललित भण्डारी, अनिलकुमार साह, रोहितकुमार पौडेल र ललितनारायण राजवंशी

जिम्बाब्वे : ग्रीम क्रेमर (कप्तान), रायन बर्ल, तेंदई चतराना, तेंदई चिस्कोरो, क्रेग एर्विन, केली जार्विस, हैमिल्टन मसाकाड्जा, सोलोमन मिर, पीटर मूर, तारिसाई मुसाकांडा, आशीर्वाद मुजारबाणी, सिकंदर रजा, ब्रेंडन टेलर, ब्रायन विटोरि, माल्कम वॉलर हीथ स्ट्रेक (कोच)

The post भोलि नेपाल र जिम्बावे भिड्दै, कति बजे कसरी हेर्ने लाईभ ? जानी राखौं appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

No comments

Post a Comment

Thanks.

Don't Miss

Translate

Shreeji Media © All Rights Reserved 2025
Design By KpCat