Responsive Ad Slot

Showing posts with label Copa America. Show all posts
Showing posts with label Copa America. Show all posts

मनाङलाई हराउँदै आर्मी खप्तड गोल्डकपको फाइनलमा

No comments

Jan 13, 2018

http://ift.tt/2DqLmuT २९ पुस, कैलाली । साविकको विजेता मनाङ् मस्र्याङ्दी क्लबलाई हराएर त्रिभुवन आर्मी क्लब सुदूरपश्चिम खप्तड गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । शनिबार भएको सेमिफाइनल खेलमा आर्मीले मनाङलाई ३-१ गोल अन्तरले स्तब्ध

कोपा अमेरिकाको उपादी चिलीको पोल्टामा

No comments

Jun 27, 2016

असार १३।  सोमबार सम्पन्न रोमान्चक कोपाको अन्तिम खेलमा ९० मिनेटमा कुनै तर्फबाट पनि गोल हुन नसके पछि थप ३०  मिनेटको समयमा पनि सुन्य सुन्य मै रहे पछि खेल पेनाल्टीमा धकेलिएको थियो। अतिरिक्त समयमा केही गोल गर्ने मौका दुवै टोलीले खेर फाल्दा खेलको निर्णय पेनाल्टी सुटआउटबाट गरिएको थियो ।
अर्जेन्टिनाका मेस्सी र विगलिया तथा चिलीका भिडाल  चुकेको पेनाल्टी सुटआउटमा ४-२ गोल अन्तरले चिलीले उपाधी रक्षा गरेको हो ।

अर्जेन्टिना कोपा अमेरिकाको फाइनलमा

No comments

Jun 23, 2016


असार ९।  अर्जेन्टिना कोपा अमेरिकाको फाइनलमा पुगेको छ ।
आज अमेरिकाको टेक्सासमा भएको खेलमा घरेलु टोली अमेरिकाविरुद्ध ४-०को जित निकाल्दै अर्जेन्टिनाले कोपा अमेरिकाको फाइनलमा स्थान पक्का गरेको हो । अब उसले उपाधिका लागि कोलम्बिया र चिलीबीचको बिजेतासँग खेल्नु पर्नेछ ।
लियोनल मस्सीले अर्जेन्टिनाको लागि गोलको कीर्तिमान राखेको खेलमा मेस्सी, लाभाजी र हिगुइनले गोल गरेका थिए ।
खेलको पहिलो ३ मिनेटमा नै लाभाजीले हेडमार्फत अर्जेन्टिनालाई सुरुवाति अग्रता दिलाएका थिए । ३२ औं मिनेटमा पाएको फ्रि किकमा उत्कृष्ट गोल गर्दै मेस्सीले ५५ गोलको कीर्तिमान राखेका हुन् ।
दोस्रो हाफको ५० औं र ८६ औं मिनेटमा हिगुइनले गोल गर्दै अर्जेन्टिनालाई उपाधि नजिक पुर्‍याएका हुन् ।

इक्वेडरलाई पराजित गर्दै अमेरिका सेमिफाईनलमा

No comments

Jun 17, 2016

असार ३ । इक्वेडरलाई पराजित गर्दै संयुक्त राज्य अमेरिका कोपा अमेरिका फुटबलको सेमिफाईनलमा प्रवेश गरेको छ ।
अमेरिकामा आज बिहान सम्पन्न क्वाटरफाईनल खेलमा घरेलु टोली अमेरिका २–१ ले विजयी भयो । खेलको २२ औं मिनेटमा क्लिन्ट डेम्पसेले अमेरिकाको लागि पहिलो गोल गरे ।
५२ औं मिनेटमा अमेरिकाका जेमाईन जोन्स र ईक्वेडरका एन्टोनियो भ्यालेन्सिया रातो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि दुबै टोली १० जनामा समेटिएका थिए । ६६ औं मिनेटमा घ्यासी जार्देशले एक गोल थप्दै अमेरिकाको अग्रता दोब्बर पारे । ७४ औं मिनेटमा मिचेल अरोयाले एक गोल गर्दै इक्वेडरलाई खेलमा फर्काउने प्रयास गरे । यसपछि इक्वेडरले गोल थप्न नसक्दा अमेरिका २–१ ले विजयी भयो ।
जितसँगै जर्मन प्रशिक्षक यर्गेन क्लिन्सम्यानको प्रशिक्षणमा रहेको अमेरिका प्रतियोगिताको सेमिफाईनलमा पुग्ने पहिलो टोली बनेको छ ।

कोपाको क्वार्टरफाइनलमा कसको भिडन्त कोसँग ?

No comments

Jun 16, 2016

असार १ । अमेरिकाको क्यालिफोर्नियामा जारी कोपा अमेरिका फुटबल प्रतियोगिताको पहिलो क्वार्टरफाइनल खेलमा शुक्रबार बिहान आयोजक अमेरिका र इक्वेडर खेल्दैछन् ।

अमेरिका समूह ‘ए’को विजेता हो भने इक्वेडर समूह ‘बी’को उपविजेता हो ।

१८ टिमले सहभागिता जनाएको कोपा अमेरिकाअन्तर्गतका अन्य क्वार्टरफाइनलमा पेरुले कोलम्बियासँग, मेक्सिकोले चिलीसँग तथा अर्जेन्टिनाले भेनेजुएलासँग खेल्ने तय भएको छ ।

समूह चरणमा शत्प्रतिशत् नतिजा ल्याउने एकमात्र टिम अर्जेन्टिना हो ।

अर्जेन्टिनाले चिलीलाई २–१ ले, पानामालाई ५–० ले तथा बोलिभियालाई ३–० ले हराएको हो ।

प्रमुख दाबेदार ब्राजिल समूह चरणबाटै बाहिरिँदा साविक विजेता चिली र उपविजेता अर्जेन्टिनालाई राहत महसुस भएको छ । 

मेक्सिको र भेनेजुएला कोपाको क्वाटरफाइनलमा

No comments

Jun 10, 2016

जेठ २८ । मेक्सिको र भेनेजुएला कोपा अमेरिका फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।
कोपा अमेरिका फुटबलको सर्वाधिक सफल टोली उरुग्वेसँगै जमैका पनि समूह चरणबाटै बाहिरिएको छ ।
अमेरिकामा जारी प्रतियोगिताअन्तर्गत समूह सी को आज बिहान भएको खेलमा भेनेजुएलासँग १–० ले पराजित भएपछि उरुग्वेको यात्रा समुह चरणमै सकिएको हो । खेलको ३५ औं मिनेटमा भेनेजुएलाका होजे सालोमन रन्डनले गरेको गोल निर्णायक बन्यो । उरुग्वे समूह चरणको पहिलो खेलमा मेक्सिकोसँग पराजित भएको थियो ।
यसैगरी समूह सी कै अर्को खेलमा मेक्सिकोले जमैकालाई २–० ले हराउँदै क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।
मेक्सिकोका लागि जेभियर हेर्नान्डेजले १८ औं र ओरेविक पेराल्टाले ८१ औं मिनेटमा गोल गर्दै टोलीलाई क्वाटरफाइनलमा पुर्‍याए । जमैकाले आफ्नो पहिलो खेलमा भेनेजुएलासँग पराजय भोगेको थियो ।
समुहको अन्तिम खेलमा भेनेजुएलाले मेक्सिकोसँग खेल्नेछ भने उरुग्वेले जमैकासँग खेल्नेछ ।

कोलम्बियासँग पाराग्वे पराजित

No comments

Jun 8, 2016

जेष्ट २६।  दुई पटकको उपाधि बिजेता पाराग्वेलाई दुई एक गोलअन्तरले हराउँदै कोलम्बियाले कोपा अमेरिकाको नकआउट चरण प्रबेशको संभावना प्रबल बनाएको छ ।
प्रतियोगिताको समूह ए मा रहेको कोलम्बियाले समूह चरणको दोस्रो खेलमा क्यालिफोर्नियाको रोज वल रंगशालामा पाराग्वेलाई दुई एक गोलले हराउन सफल भयो । समूहको पहिलो खेलमा उसले आयोजक अमेरिकालाई पनि दुई शून्य गोलले हराएको थियो ।
कार्लोस बाक्काले खेलको १२औं मिनेटमै कोलम्बियालाई अग्रता दिलाएका थिए । ३०औं मिनेटमा कप्तान तथा रियल म्याड्रिडका स्टार जेम्स रोड्रिगुइजले कोलम्बियाको अग्रता दोब्बर बनाए । दोस्रो हाफमा पाराग्वेले खेलमा फर्कने प्रयास स्वरुप ७१औं मिनेटमा गोल फर्कायो । तर ८१औं मिनेटमा ओस्कार रोमेरो दोहोरो पहेँलो कार्ड खादै मैदान बाहिरिएपछि १० खेलाडीमा समेटिएको पाराग्वेले कोलम्बियालाई थप चुनौति दिन सकेन ।
जीतपछि २ खेलबाट ६ अंक जोडेको कोलम्बिया समूह ए बाट बिजेताको रुपमा क्वाटरफाइनलमा पुग्ने संभावना प्रबल बनाएको छ । समूहको अन्तिम खेलमा कोलम्बियाले कोष्टारिकाबिरुद्ध खेल्नेछ । यस समूहमा आयोजक अमेरिका ३ अंकसहित दोस्रो स्थानमा छ । पहिलो खेलमा कोष्टारिकासँग बराबरी खेलेको पाराग्वे १ अंकसहित समूहको तेस्रो स्थानमा छ ।
Don't Miss

Translate

Shreeji Media © All Rights Reserved 2025
Design By KpCat