राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्यसचिव युवराज लामाले क्रिकेट विकास बोर्ड गठन गर्न प्रस्ताव गरेका छन् । सदस्य सचिव लामाले नेपाल क्रिकेट सङ्घ (क्यान)मा भइरहेको विवाद समाधानको साथै क्रिकेट खेलको विकास र विस्तारका लागि पनि क्रिकेट विकास बोर्ड गठन गर्नुपर्ने भनाइ व्यक्त गरेका हुन् । ृउनले सरकारको मातहतमा गठन गरिने उक्त बोर्ड ‘नेपाल क्रिकेट विकास बोर्ड’ नामकरण गरिने प्रस्ताव राखिने बताए । उक्त बोर्डमा २४ जना सदस्य नियुक्त गरिनेछ । उनले उक्त प्रस्तावमा कानुनी समस्या नभएको बताउँदै प्रस्ताव मन्त्रिपरिषद्बाट पारित भएमा क्रिकेट खेल र खेलाडीको समस्या पूर्णरुपमा समाधान हुने विचार व्यक्त गरे । त्यस्तै नेपाली क्रिकेट टोलीका कप्तान पारस खड्काले यस प्रस्तावले क्रिकेट खेल र खेलाडीको विकास हुने विश्वास व्यक्त गरे ।
भुकम्प पीतितलाई सहयोगका लागि फूटबल प्रतियोगिता
No comments
बैशाख १२ गते र २९ गते गएको भुकम्पले नेपालका बिभिन्न जिल्लामा असर गरि अर्बौ धनजनको क्षति भएकोले प्रभावित नेपालीलाई सहयोग गर्ने उद्देश्यका साथ भैरहवामा मैत्रीपूर्ण फुटबल प्रतियोगिता शुरु भएको छ । लुम्बिनी औद्योगिक करिडोरमा रहेका उद्योगका ब्यावस्थापक तथा कर्मचारीहरुले संयुक्त रुपमा आयोजना गरिएको कर्पोरेट ३० थर्टि फुटबल प्रतियोगितताको एक कार्यक्रमका बिच रुपन्देहीका प्रमुख जिल्ला अधिकारी तोयम रायमाझीले पक्लिहवा कृषि क्याम्पसमा उदघाटन गरेका छन । बिहिबार भएको उदघाटन खेलमा नेपाल अम्बुजा सिमेन्टले अम्बे स्टिललाई ३–१ ले पराजित गर्दै सेमी फाईनलमा प्रवेश गरेको छ । अम्बुजाका तर्फबाट आशिष अग्रवालले २ गोल र नितेश घिमिरेले १ गोल गरेका थिए । यसै गरि अम्बे स्टिलका तर्फबाट सुजन कुंवरले सान्तवना गोल गरेका थिए । खेल शुरु गएको १ मिनेट भित्रै अग्रवालले गोल गर्दै आफ्नो टिमलाई अग्रता दिलाएका थिए । लगत्तै अम्बेका तर्फबाट नवौ मिनेटमा सुजन कुबरले गोल गर्दै खेललाई १–१को बराबरीमा ल्याए । मध्यान्तर सम्म एक एक गोलको बराबरीमा खेल टुंगियो । मध्यान्ह पछी नेपाल अम्बुजाले आक्रामक खेल खेल्दै थप २ गोल गरयो । ३३ मिनेटमा आशीष अग्रवालले एकल प्रयासमा दोश्रो गोल गरे भने ४५ मिनेटमा नितेश घिमिरेले गोल थप्दै जित सुनिश्चित गरे । बिहीबारनै सम्पन्न दोश्रो खेलमा ब्रिज सिमेन्टले सिद्धार्थ सिमेन्टलाई १ –० गोलले पराजित गर्दै अन्तिम चार मा प्रबेश गरेको छ । खेल सुरु भएको ५औं मिनेटमा ब्रिजका शक्ती सिंहले गोल गर्दै १–०ले अग्रता दिलाएका थिए । मध्यान्तर सम्म गोल फर्काई खेलमा फर्कने केही राम्रा अबसरलाई सिद्धार्थले सदुपयोग गर्न नसक्दा सिद्धार्थले हार ब्यहोर्न पुग्यो । प्रतियोगिता अन्तरगत शुक्रबार बिहान सुप्रिम सिमेन्ट र अर्घाखाँची सिमेन्ट बिच तथा एसआर स्टिल जगदम्बा सिमेन्ट उद्योग बिच खेल हुनेछ । प्रतियोगितामा ८ उद्योगहरुको सहभागीता रहेको कार्यक्रम संयोजक तथा नेपाल अम्बुजा सिमेन्टका महाप्रबन्धक राज कुमार गुप्ताले जनाए । प्रतियोगिताबाट संकलित रकम प्रधानमन्त्री राहत कोषमा शनिबार फाईनलका दिन हस्तान्तरण गरीने उप संयोजक तथा ब्रिज सिमेन्टका महाप्रबन्धक रबी रञ्जन कुमार गुप्ताले बताए । उद्योग ब्यबस्थापन,त्यहाका कर्मचारी मजदुर बिच भातृत्व सम्बन्ध मजबुत गराउने लक्ष्य सहीत गत बैशाख दोश्रो साता प्रतियोगिता गर्ने तयारी हुदा भुकम्पले ठुलो जनधनको क्षति पुरयाएपछी तत्काल प्रतियोगिता स्थगन गरी राहत बितरणमा उनिहरु जुटेका थिए । अहिले उक्त प्रतियोगितालाई चेरीटिबल कर्पोरेट फुटबलमा रुपान्तरण गरी सहयोग अभियान जारी राखेको सुप्रिम सिमेन्टका महाप्रबन्धक तथा सदस्य सरोज पौडेलले बताए । सिमेन्ट उत्पादक संघका क्षेत्रिय अध्यक्ष ऋषिकेश अग्रवालको सभापतित्वमा भएको उदघाटन सत्रमा जगदम्बा सिमेन्टका महाप्रबँधक बिदुर ढुंगाना लगायतले कार्यक्रमको उद्धेश्य र लक्ष्य बारे जानकारी गराएका थिए । शनिबार सम्म हुने प्रतियोगितामा करीडरमा अबस्थित नेपाल अम्बुजा सिमेन्ट,बृज सिमेन्ट,जगदम्बा सिमेन्ट,सिद्धार्थ सिमेन्ट,सुप्रिम सिमेन्ट,अर्घाखाँची सिमेन्ट,अम्बे स्टील र एस.आर. स्टिल गरी ८ कर्पोरेट हाउसको सहभागिता रहेको छ ।
रियल म्याड्रिड प्रशिक्षक बर्खास्त
No comments
यस सिजन कुनै पनि उपाधि हात पार्न असफल बनेपछि रियल म्याड्रिडले आफ्नो मुख्य प्रशिक्षक कार्लो एन्चेलोटीलाई बर्खास्त गरेको छ ।
एन्चेलोटीले रियललाई गत सिजन दशौं च्याम्पियन्स लिग उपाधि दिलाए पनि यस सिजन च्याम्पियन्स लिगमा सेमिफाइनलबाटै बाहिरियो र लिगमा बार्सिलोनापछि दोस्रो स्थानमा चित्त बुझाउनुपर्यो ।
रियलका अध्यक्ष फ्लोरेन्टिनो पेरेजले एन्चेलोटीसँग सोमबार साँझ बैठक गरी अब उनको सेवा क्लबलाई आवश्यक नरहेको बताएका थिए । रियलसँग एन्चेलोटीको अझै एक वर्ष करार बाँकी रहेको छ ।
पत्रकार सम्मेलनमा बोल्दै पेरेजले भने, ‘बोर्ड बैठकले कार्लो एन्चेलोटीलाई मुख्य प्रशिक्षकको पदबाट हटाउने निर्णउ गरेको छ । यो निर्णय निकै अप्ठ्यारो थियो तर म्याड्रिडमा उपाधिको माग निकै उच्च छ ।’
एन्चेलोटीपछि राफायल बेनिटेज, जर्गन क्लप, जिनेदिन जिदानलगायतलाई रियलको आगामी प्रशिक्षकको रुपमा हेरिएको छ ।
Subscribe to:
Posts (Atom)



Sports News Channel of NEPAL.