क्रिकेट विकास बोर्ड गठनको प्रस्ताव

राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्यसचिव युवराज लामाले क्रिकेट विकास बोर्ड गठन गर्न प्रस्ताव गरेका छन् । सदस्य सचिव लामाले नेपाल क्रिकेट सङ्घ (क्यान)मा भइरहेको विवाद समाधानको साथै क्रिकेट खेलको विकास र विस्तारका लागि पनि क्रिकेट विकास बोर्ड गठन गर्नुपर्ने भनाइ व्यक्त गरेका हुन् । ृउनले सरकारको मातहतमा गठन गरिने उक्त बोर्ड ‘नेपाल क्रिकेट विकास बोर्ड’ नामकरण गरिने प्रस्ताव राखिने बताए । उक्त बोर्डमा २४ जना सदस्य नियुक्त गरिनेछ । उनले उक्त प्रस्तावमा कानुनी समस्या नभएको बताउँदै प्रस्ताव मन्त्रिपरिषद्बाट पारित भएमा क्रिकेट खेल र खेलाडीको समस्या पूर्णरुपमा समाधान हुने विचार व्यक्त गरे । त्यस्तै नेपाली क्रिकेट टोलीका कप्तान पारस खड्काले यस प्रस्तावले क्रिकेट खेल र खेलाडीको विकास हुने विश्वास व्यक्त गरे ।

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjfkzhO7bGO0Nyjr-N1AwrFWueKcgjQWVtusxtDZeXn1vSKu0KUImgxTnQm82EMGM3XZU7nf-GolGILRCaLMpzYlkoTpOdG4BDmPCjQRaf1-PMpQqyehHJguEq0nG3aIMBEJ-d42VjlGX3G/s1600/arena+NEWS+logo+%25281%2529+copy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.