Responsive Ad Slot

Showing posts with label nationalcricket. Show all posts
Showing posts with label nationalcricket. Show all posts

एनपिएल लिगको अन्तिम खेल आज सुदूरपश्चिम र कर्णाली

No comments

Dec 16, 2024




नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज लिग चरणको अन्तिम खेल सम्पन्न भयो  ।  त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा विहान ९.१५ बजे सुरु भएको  खेलमा सुदूरपश्चिम रोयल्स र कर्णाली याक्स आमनेसामने छन् ।  सुदूरपश्चिम रोयल्सले यसअघिका छ खेलमध्ये पाँच खेलमा विजयी भएको छ भने एक खेलमा हार बेहोरेको छ । दश अङ्कसहित तालिकाको पहिलो स्थान कब्जा गरेको सुदूरपश्चिम यसअघि नै प्लेअफ चरणमा प्रवेश गरिसकेको छ ।

कर्णाली याक्सले भने यसअघिका छ खेलमध्ये चार खेलमा मात्रै विजयी भएको छ । आठ अङ्कसहित कर्णाली तालिकाको चौथो नम्बरमा छ । आजको खेल सुदूरपश्चिमले जितेमा १२ अङ्कसहित पहिलो स्थानलाई निरन्तरता दिनेछ ।

यस्तै, खेलको नतिजा कर्णालीको पक्षमा आएको खण्डमा कर्णाली प्लेअफमा पुग्नेछ । यदी कर्णालीले हा¥यो भने काठमाडौँ गुर्खाजले प्लेअफमा जाने मौका पाउने छ ।  काठमाडौँ गुर्खाज पनि आठ अङ्कसहित तालिकाको पाँचौँ स्थानमा छ ।

धनगढीले जित्यो डीपीएल

No comments

Apr 24, 2017

वैशाख ९ । धनगढी प्रिमियर लिग (डीपीएल) ट्वेन्टी–२० क्रिकेट प्रतियोगिताको उपाधि टिम चौराहा धनगढीले जितेको छ ।


कैलालीको धनगढीस्थित सेती अञ्चल प्रहरी कार्यालयको मैदानमा शनिबार भएको फाइनल खेलमा शरद भेषावकरको कप्तानीमा रहेको विराटनगर किंग्सलाई ६२ रनले हराउँदै पारस खड्काको टिम धनगढीले उपाधि जितेको हो ।
खेलमा टस जितेर पहिले ब्याटिङ गरेको धनगढीले पूरा ओभर खेल्दै ५ विकेट गुमाएर १५९ रन बनाएको थियो । धनगढीका लागि आरिफ शेखले सर्वाधिक ५४ रन जोडे ।
प्रतियोगिताकै ‘फास्टेस्ट’ अर्धशतक बनाउनेक्रममा आरिफले ३० बलमा ५४ रन जोडे ।
यसैगरी, अमरसिंह राउटेलाले अविजित ३१ रन जोड्दा कप्तान पारस खड्काले २९ रनको योगदान दिए ।
विस्फोटक ब्याटिङ गरेका आरिफ र राउटेलाले पाँचौ विकेटका लागि २४ बलमा ६३ रनको साझेदारी गरेका थिए ।
बलिङतर्फ विराटनगरका सुशील कँडेलले २ विकेट लिए ।
जवाफमा १६० रनको लक्ष्य पछ्याएको विराटनगरले १८ ओभर १ बलमा अलआउट हुनुपूर्व ९७ रनमात्रै बनाउन सक्यो ।
विराटनगरका लागि अमित श्रेष्ठले २७ बलमा २६ रन जोड्नुबाहेक अरु कुनैपनि ब्याट्सम्यान क्रिजमा टिक्न सकेनन् ।
विराटनगरलाई सस्तैमा समेट्न धनगढीका सुशन भारीले ४ ओभरमा १८ रन खर्चेर ३ विकेट लिए । यसैगरी, आरिफ शेख र सौरभ खनालले २/२ विकेट लिए ।
जितसँगै पारस खड्काको टिम धनगढीले १५ लाख रुपैयाँ पुरस्कार हात पार्‍यो भने उपविजेतामा समेटिएको विराटनगरले ७ लाख रुपैयाँमा चित्त बुझायो ।
‘म्यान अफ द सिरिज’ बनेका विराटनगरका सुशील कँडेलले २०० सीसीको अपाचे मोटरसाइकल जितेका छन् ।

रुपन्देहीलाई पराजित गर्दै चौराहा फाइनलमा

No comments

Apr 21, 2017

वैशाख ८  । बिहिबार सम्पन्न खेलमा शक्ति गौचनको रुपन्देही च्यालेन्जर्सलाइ ९२ रनको भारी अन्तरले पराजित गर्दै पारस खड्काको टिम चौराहा धनगढी डिपिएल क्रिकेटको फाइनलमा प्रबेश गरेको छ ।


सेती अञ्चल प्रहरी कार्यालयको मैदान धनगढीमा सम्पन्न खेलमा १ सय ७३ रनको बिजयी लक्ष्य पछ्याएको रुपन्देही १५ दशमलब २ ओभरमा ८० रनमै समेटिएपछि धनगढीले फाइनलमा स्थान बनाएको हो ।
रुपन्देहीका ब्याट्सम्यनहरु चल्न नसकेको खेलमा कृष्ण कार्की र राजेश पुलामी मगरले समान १४ तथा पुष्प थापाले १३ रन जोड्नु बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंक समेत छुन सकेनन् ।
धनगढीकालागि शौरभ खनाल र ललित राजबंशीले समान ३–३ विकेट लिदा आरिफ शेखले २ तथा सुशान भारीले १ विकेट लिदै रुपन्देहीको इनिङ धरासायी पारे ।
खेलमा यसअघि टस जितेर पहिले ब्याटिङ गरेको धनगढीले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ७२ रन बनायो । धनगढीका लागि कप्तान पारस खड्काले प्रतियोगिताकै सर्वाधिक ६७ रन बनाए ।
४१ बल सामना गरेका पारसले ४ छक्का र ६ चौका प्रहार गरे । यसैगरी राजु रिजालले २५ रन तथा सौरभ खनालले २४ रनको योगदान दिए । बलिङ्गतर्फ रुपन्देहीका कृष्ण कार्कीले २ विकेट लिए । खेलको म्यान अफ द म्याच पारस खड्का घोषित भए ।
प्रतियोगिताको उपाधीका लागि शनिबार धनगढीले शरद भेषावकरको बिराटनगर किङ्ससँग खेल्ने छ । समुह चरणमा सुरुवाती ३ खेल हार्दै संकटमा परेको धनगढीले त्यसपछिका लगातार तीन खेल जित्दै फाइनल यात्रा तय गर्दा समुह चरणमा १ खेल मात्र हार्दै शीर्ष स्थानमा रहेको रुपन्देही भने पछिल्ला सबै तीन खेलमा पराजित हुदै प्रतियोगिताबाट बाहिरिएको छ ।

विराटनगर फाइनलमा, काठमाडौं बाहिरियो

No comments

Apr 20, 2017

वैशाख ७  । विराटनगर किंग्स धनगढीमा जारी धनगढी प्रिमियर लिग (डीपीएल) ट्वेन्टी–२० क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।


बुधबार पहिलो क्वालिफायर्स खेलमा विराटनगरले बुधबार रुपन्देही च्यालेन्जर्सलाई २९ रनले पराजित गर्दै फाइनलमा ठाउँ बनाएको हो ।
टस जितेर पहिले ब्याटिङ गरेको विराटनगरले निर्धारित् २० ओभरमा ९ विकेट गुमाएर १२८ रन बनाएको थियो ।
आसिफ शेखले सर्वाधिक ३६ रन जोडे । यसैगरी, कप्तान शरद भेषावकरले २४ रनको योगदान दिए ।
रुपन्देहीका कप्तान शक्ति गौचनले ३ तथा दीपेश श्रेष्ठले २ विकेट लिए ।
जवाफमा रुपन्देहीले ९९ रनमात्रै बनाउन सक्यो । पुष्प थापाले २२ रन जोडेको इनिङलाई सस्तैमा समेट्नेक्रममा ‘म्यान अफ द म्याच’ सुशील कँडेलले १५ रन खर्चेर ४ विकेट लिए ।
पहिलो चरणमा शीर्ष स्थानमा रहेर पहिलो क्वालिफायर खेलेको पराजित रुपन्देहीले अब फाइनल प्रवेशका लागि फेरि दोस्रो क्वालिफायरमा बिहीबार पारस खड्का नेतृत्वको धनगढी टिम चौराहासँग खेल्नेछ ।
धनगढी क्वालिफायर्समा, काठमाडौं बाहिरियो
बुधबारै भएको इलिमिनेटर खेलमा बसन्त रेग्मी नेतृत्वको काठमाडौं गोल्डेन्सलाई ६ विकेटले हराउँदै धनगढीले क्वालिफायर खेल्ने अवसर पाएको हो ।
१२४ रनको चुनौती धनगढीले १८ ओभर २ बलमै ४ विकेटको क्षतिमा पूरा गरेको हो ।
‘म्यान अफ द म्याच’ अनिल मण्डलले ४४ तथा आरिफ शेख र पृथु बास्कोटाले समान २२/२२ रन बनाए ।
यसअघि, टस जितेर पहिले ब्याटिङ गरेको काठमाडौंले रोहितकुमार पौडेल र सुमीत महर्जनको समान ३१/३१ रनको मद्दतले ६ विकेटको क्षतिमा १२३ रन बनाएको थियो ।
अमर राउटेला र ललित राजवंशीले २/२ विकेट लिए । हारसँगै काठमाडौं प्रतियोगिताबाट बाहिरिएको छ ।

यी हुन् प्लेअफमा पुग्ने चार टोली

No comments

Apr 18, 2017

वैशाख ४ । कप्तान पारस खड्काको आक्रमक ब्याटिङको मद्दतले धनगढी टिम चौराहा धनगढी प्रिमियर लिग (डीपीएल) ट्वेन्टी–२० क्रिकेटको प्लेअफमा पुगेको छ ।

यसअघि, एक खेलमात्र जितेर पुछारमा रहेको धनगढीले सोमबार अपराजित रुपन्देही च्यालेन्जर्समाथि शानदार ६ विकेटको जित हासिल गर्दै अन्तिम चारमा ठाउँ बनाएको हो ।

खेलमा टस जितेर पहिले ब्याटिङ गरेको रुपन्देहीले निर्धारित् २० ओभरमा ६ विकेट गुमाउँदै ९१ रन जोड्यो ।
प्रकाश केसीले ३४ बलमा अविजित रहँदै ४९ रन बनाएको इनिङलाई सस्तैमा समेट्नेक्रममा ललित राजवंशीले ४ ओभरमा २ मेडन राख्दै ५ रन खर्चेर ४ विकेट लिए ।
जवाफमा रनरेटका आधारमा प्लेअफमा पुग्न १४ ओभर २ बलभित्र जित हासिल गर्नुपर्ने बाध्यता लिएर मैदानमा उत्रिएको धनगढीले ११ ओभरमै ४ विकेटको क्षतिमा विजय हासिल गर्‍यो ।
महत्वपूर्ण खेलमा फर्ममा फर्कनेक्रममा कप्तान पारस खड्काले २१ बलमा २ छक्का र ७ चौकाको मद्दतले ४२ रन जोडे । त्यस्तै, पृथु बास्कोटाले ९ बलमा अविजित रहँदै १५ रन बनाए ।
यो खेलसँगै डीपीएल क्रिकेटको प्लेअफ पुग्ने चारओटै टोलीको टुंगो लागेको छ ।
अंकतालिकाको शीर्ष स्थानमा रहँदै रुपन्देही, दोस्रो स्थानमा रहँदै विराटनगर किंग्स, तेस्रो स्थानमा रहँदै काठमाडौं गोल्डेन्स र चौथो स्थानमा रहँदै धनगढी प्लेअफमा पुगेका हुन् ।
६ टोलीले सहभागिता जनाएको प्रतियोगितामा कन्चनपुर आइकोनिक र सीवाइसी अत्तरिया भने पहिलो चरणबाटै बाहिरिएका छन् ।
पहिलो क्वालिफायर खेलमा बुधबार रुपन्देही र विराटनगर भिड्नेछन् । सोही दिन इलिमिनेटर खेलमा काठमाडौं र धनगढी भिड्नेछन् ।

कन्चनपुरले अत्तरियालाई ६ विकेटले हरायो

No comments

Apr 16, 2017

वैशाख ३ । धनगढीमा जारी धनगढी प्रिमियर लिग (डीपीएल) ट्वेन्टी–२० क्रिकेटमा रुपन्देही च्यालेन्जर्सले अपराजित यात्रालाई कायमै राखेको छ ।

लगातार चौथो जित हासिल गर्नेक्रममा लिगको १३औं खेलमा रुपन्देहीले आइतबार विराटनगर किंग्सलाई ६१ रनले हरायो ।

टस जितेर पहिले ब्याटिङ गरेको रुपन्देहीले निर्धारित् २० ओभरमा ८ विकेट गुमाएर १३२ रन बनायो ।
अन्तिम थापाले ४५, कृष्ण कार्कीले २२ र पुष्प थापाले १७ रन बनाए । विराटनगरका लागि सुशील कँडेलले २ विकेट लिए ।
जवाफमा विराटनगर १८ ओभर १ बलमा अलआउट हुँदै ७१ रनमै समेटियो ।
कप्तान शरद भेषावकरलेमात्र दोहोरो रन जोड्नेक्रममा ३४ रन बनाएको इनिङलाई ध्वस्त पार्नेक्रममा शहाब आलमले ४ तथा दीपेश श्रेष्ठ र कृष्ण कार्कीले ३/३ विकेट लिए । शहाब ‘म्यान अफ द म्याच’ घोषित भए ।
आइतबारै भएको लिगको १४औं खेलमा कन्चनपुर आइकोनिक विजयी भएको छ । कन्चनपुरले सीवाइसी अत्तरियालाई ६ विकेटले हरायो ।
खेलमा पहिले ब्याटिङ गरेको अत्तरियाले ८५ रनमात्र बनाउन सक्यो । प्रदीप ऐरीले सर्वाधिक १९ रन बनाएको इनिङलाई सस्तैमा समेट्नेक्रममा सुनील धमला र अविनाश कर्णले समान ३/३ विकेट लिए ।
जवाफमा कन्चनपरले १० ओभरमै ४ विकेटको क्षतिमा विजयी लक्ष्य पूरा गर्‍यो ।
अलराउन्डर सुनीलले सर्वाधिक २८ रन जोडे । त्यस्तै, सागर पुन र हसिम अन्सारीले समान २२/२२ रन जोड्दा कप्तान विनोद भण्डारीले ५ बलमा अविजित रहँदै १६ रन बनाए । सुनील ‘म्यान अफ द म्याच’ घोषित भए ।

विराटनगरले कञ्चनपुरलाई हरायो

No comments

Apr 15, 2017

बैशाख २ । धनगढी प्रिमियर लिग डिपिएल क्रिकेटको ११ औं खेलमा विराटनगर किंगस् विजयी भएको छ ।

विराटनगरले कञ्चनपुर आइकोनिकलाई ५ विकेटले हरायो । पहिले ब्याटिङ्ग गरेको कञ्चनपुरले १७ ओभरमा सबै विकेट गुमाएर ८० रनमात्र बनाउन सक्यो ।
हसिम अन्सारीले २७, कुशल भुर्तेलले १९ तथा आशिष पोखरेलले १० रन बनाए बाहेक अन्य कुनै पनि ब्याट्सम्यानले दोहोरो अंकसमेत जोड्न सकेनन् ।
सुशील कर्णेलले ८ रन खर्चेर ४ तथा सन्दीप लामिछानेले २८ रन खर्चेर ४ विकेट लिए । जवाफमा विराटनगरले ९ ओभर १ बलमै ५ विकेट गुमाएर विजय हासिल गर्‍यो ।
कप्तान शरद भेषावकरले १५ बलमा २८ रन जोडे । सागर पुनले ५ विकेट लिए पनि टिमलाई जिताउन सकेनन् । सुशील म्यान अफ द म्याच भए ।
डिपिएल क्रिकेटको १२ औं खेलमा धनगढी टिम चौराहा विजयी भएको छ । पहिलो जित हासिल गर्ने क्रममा धनगढीले काठमाडौं गोल्डेन्सलाई ११ रनले हरायो ।
पहिले ब्याटिङ्ग गरेको धनगढीले ८ विकेटको क्षतिमा एक सय ३६ रन बनायो । कप्तान पारस खड्का लगातार दोस्रो पटक डकआउट भएको खेलमा आरिफ शेखले लिगकै सर्वाधिक ५८ रन जोडे ।
यसअघि योगेन्द्र सिंह कार्कीका नाममा ५७ रनको कीर्तिमान थियो । सोमपाल कामी र मञ्जित श्रेष्ठले ३/३ विकेट लिए ।
जवाफमा काठमाडौंले एक सय २५ रनमात्र बनाउन सक्यो । सन्दीप झोराले २८ तथा अलराउण्डर सोमपालले १८ बलमा २४ रन जोडे पनि टिमलाई जिताउन सकेनन् ।
अलराउण्डर आरिफ शेख र सौरभ खनालले ३/३ विकेट लिए । आरिफ म्यान अफ द म्याच भए ।
६ टिम सहभागी लिगमा अहिलेसम्म ३ खेलबाट सत्प्रतिशत नतिजाका साथ रुपन्देही च्यालेन्जर्स ६ अंकसहित शीर्ष स्थानमा छ ।
४ खेलबाट ६ अंकसहित विराटनगर दोस्रो स्थानमा पुगेको छ भने ४/४ अंकका काठमाडौं र सीवाइसी अत्तरिया क्रमशः तेस्रो र चौथो स्थानमा छन् । कञ्चनपुर र धनगढीको २/२ अंक भएको छ ।

रुपन्देहीले काठमाडौंलाई हरायो

No comments

Apr 14, 2017

वैशाख १ । धनगढी प्रिमियर लिग (डीपीएल) ट्वेन्टी–२० क्रिकेटको नवौं खेलमा रुपन्देही च्यालेन्जर्स विजयी भएको छ ।

शुक्रबार भएको खेलमा रुपन्देहीले काठमाडौं गोल्डेन्सलाई १५ रनले हरायो ।
खेलमा पहिले ब्याटिङ गरेको रुपन्देहीले ९ विकेटको क्षतिमा १३५ रन बनाएको थियो ।
नुरध्वज सेनले २२ बलमा ३७ तथा पुष्प थापाले ३३ बलमा ३६ रन जोडे । सोमपाल कामीले २१ रन खर्चेर ४ विकेट लिए ।
जवाफमा काठमाडौंले ९ विकेटको क्षतिमा १२० रनमात्र बनाउन सक्यो । सुमित महर्जनले सर्वाधिक २७ रन बनाएको इनिङलाई सस्तैमा समेट्नेक्रममा शक्ति गौचनले ३ तथा विक्रम सोब र कृष्ण कार्कीले २/२ विकेट लिए । एक विकेटसमेत लिएका पुष्प ‘म्यान अफ द म्याच’ घोषित भए ।
शुक्रबारै भएको लिगको दशौं खेलमा सीवाइसी अत्तरिया विजयी भएको छ । अत्तरियाले टिम चौराहा धनगढीलाई ४० रनले हरायो ।
धनगढीले १४३ रनको चुनौती पछ्याउनेक्रममा ९ विकेटको क्षतिमा १०२ रनमात्र बनाउन सक्यो ।
३९ रन बनाउँदा ८ विकेट गुमाइसकेको धनगढीका लागि रामनरेश गिरीले २० बलमा ३९ तथा सौरभ खनालले ३१ बलमा अविजित २३ रन बनाए ।
एपेन्डिक्सको शल्यक्रियापछि यसै लिगबाट पुनरागमन गरेका राष्ट्रिय टिमका कप्तान पारस खड्का भने फर्मविहीन भएका छन् । यो खेलमा पारस ‘डकआउट’ भए ।
अरु चार खेलाडी पनि रनविहीन भए । मेहबुब आलम र सुरेन्द्र चन्दले ३/३ तथा विनोद लामाले २ विकेट लिए ।
यसअघि अत्तरियाले पहिले ब्याटिङ गर्दै ४ विकेटको क्षतिमा १४२ रन बनाएको थियो ।
रोशन नेपालीले ४४ बलमा ३२ तथा योगेन्द्रसिंह कार्कीले ११ बलमा अविजित रहँदै २७ रन जोडे ।
त्यस्तै, पाँचौं विकेटका लागि योगेन्द्रसँग अविजित ४७ रनको साझेदारी गर्नेक्रममा करण केसीले १२ बलमा २५ रन पुरा गरे। 

रुपन्देही र काठमाडौंको लगातार दोस्रो जित

No comments

Apr 12, 2017

चैत ३० । धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेटमा रुपन्देही च्यालेन्जर्स र काठमाडौं गोल्डेन्सले लगातार दोस्रो जित हासिल गरेका छन् ।

शतप्रतिशत नतिजा निकाल्नेक्रममा शक्ति गौचनको कप्तानीमा रहेको रुपन्देहीले बुधबार ज्ञानेन्द्र मल्लको सिवाइसी अत्तरियालाई ४२ रनले पराजित गरेको हो ।
खेलमा पहिले ब्याटिङ गरेको रुपन्देहीले ६ विकेटको क्षतिमा १२९ रन बनाएको थियो ।
२४ रन जोड्दा ३ विकेट गुमाइसकेको रुपन्देहीका लागि राजेश पुलामीमगरले ३१ तथा प्रकाश केसीले २४ बलमा २९ रन जोेड्दै सम्मानजनक योगफल बनाए ।
प्रदीप ऐरी र विनोद लामाले २–२ विकेट लिए ।
जवाफमा अत्तरिया दुई बल खेल्न बाँकी छँदै ८७ रनमै समेटियो । ज्ञानेन्द्र मल्लले ३०, विनोद लामाले अविजित १८ तथा अभिनाश बोहराले १४ रन बनाएबाहेक अरु कुनैपनि ब्याट्सम्यानले दोहोरो अंकसमेत जोड्न सकेनन् ।
शहाब आलमले ८ रन खर्चेर ४ विकेट लिए ।
रुपन्देहीले पहिलो खेलमा चौराहा धनगढीलाई पराजित गरेको थियो ।
त्यसैगरी, काठमाडौं गोल्डेन्सले लगातार दोस्रो जित हासिल गर्नेक्रममा विराटनगर किंग्सलाई ८६ रनले पराजित गर्‍यो ।
बुधबारै भएको दोस्रो खेलमा बसन्त रेग्मीको कप्तानीमा रहेको काठमाडौंले पहिले ब्याटिङ गर्दै ५ विकेटको क्षतिमा १७३ रन बनाएको थियो ।
जारी संस्करणको सबैभन्दा उच्च योगफल बनाउनेक्रममा सुमीत महर्जनले २७ बलमा अविजित रहँदै ४४, सोमपाल कामीले २० बलमा ३९ तथा कप्तान बसन्त रेग्मीले २४ बलमा ३० रन जोडे ।
जवाफमा शरद भेषावकरको कप्तानीमा रहेको विराटनगरले १८ ओभर ५ बल खेल्दा सबै विकेट गुमाएर ८७ रनमात्र बनाउन सक्यो ।
दीपेन्द्रसिंह ऐरीले सर्वाधिक ३१ रन बनाएको इनिङमा ८ खेलाडीले दोहोरो अंकसमेत जोड्न सकेनन् ।
कसिलो बलिङ गर्नेक्रममा सन्तोष भट्टले ३ तथा भुवन कार्की र बसन्त रेग्मीले २ विकेट लिए ।
सुमीत ‘म्यान अफ द म्याच’ भए । काठमाडौंको यो तीन खेलमा दोस्रो जित हो ।

डिपिएल क्रिकेटमा रुपन्देहीले कञ्चनपुरलाई १४ रनले हरायो

No comments

Apr 11, 2017

चैत २९ । धनगढी क्रिकेट लिग अन्तर्गत सोमबार भएको दोस्रो खेलमा रुपन्देही च्यालेञ्जर्सले कञ्चनपुर आइकोनिकलाई १४ रनले पराजित गरेको छ ।
एसएसपी क्रिकेट मैदान धनगढीमा टस जितेर ब्याटिङ रोजेको शक्ति गौचन नेतृत्वको टोली रुपन्देहीले निर्धारित ओभरमा ८ विकेट गुमाएर १४५ रन बनायो । उत्कृष्ट सुरुवात गरेको रुपन्देही इनिङको बीचमा केहि धर्मराएपनि पुच्छारका ब्याट्सम्यानहरुको उच्च प्रदर्शनले रुपन्देहीले सम्मानित स्कोर खडा गर्‍यो ।
हरिशंकर शाह र शंकर रानाले पहिलो विकेटका लागि ६० रनको साझेदारी गर्दा शाहले ३३ र रानाले १९ रन बनाए । तर मध्यक्रमका तीन ब्याट्सम्यान सस्तैमा आउट भएपनि कप्तान शक्ति गौतचन र प्रकाश केसीले इनिङ संहालेका थिए । केसीले २६ रनको योगदान दिए भने गौचनले १६ रन बनाए । बिक्रम शोव १५ रनमा अविजित रहे । रुपन्देहीले १४ अतिरिक्त रन पाएको थियो ।
बलिङतर्फ कञ्चनपुरका कुशल भुर्तेल एक्लैले ४ विकेट लिए भने अभिनाश कर्णले दुई तथा सुनील धमलाले १ विकेट झारे ।
१४६ रनको लक्ष्य पछ्याएको कञ्चनपुरले निर्धारित ओभरमा ९ विकेट गुमाएर १३१ रनमात्र जोड्न सक्यो । उसले पनि सुरुवात उत्कृष्ट गरेको थियो । सागर पुन र सुनील धमलाले पहिलो विकेटका लागि ५२ रनको साझेदारी गरेका थिए ।
दशौं ओभरको तेस्रो बलमा धमला २८ रनको व्यक्तिगत स्कोरमा आउट भएपछि कञ्चनपुरको विकेट पतन सुरु भयो । त्यसयता कुशल भुर्तेलले १३ बलमा २७ रन बनाउनुबाहेक कञ्चनपुरका अध्य ब्याट्सम्यानले गतिलो स्कोर बनाउन सकेनन् । ओपनर सागरले ३९ रन बनाए भने अभिनाश कर्ण १५ रनमा अविजित रहे । कञ्चनपुरका ७ ब्याट्सम्यानले दोहोरो अंकको रन बनाउन सकेनन् ।
बलिङतर्फ कृष्ण कार्की र शहव आलमले ३/३ विकेट लिँदा कप्तान शक्ति गौचनले २ विकेट लिए । आलमले चार ओभर बलिङ गर्दा ८ रन दिएर ३ विकेट लिए ।
प्रतियोगिता अन्तर्गत भोलिको पहिलो खेलमा बिराटनगर किङ्स र धनगढी टिम चौराहा तथा दोस्रो खेलमा काठमाडौं गोल्डेन्स र कञ्चनपुर आइकोनिकबीच प्रतिस्पर्धा हुनेछ ।

नेपालको सान्त्वना जित

No comments

Mar 31, 2017

चैत १७ । बंगलादेशमा जारी इमर्जिङ टिम्स एसिया कप क्रिकेट प्रतियोगिताअन्तर्गत् समूहको अन्तिम खेलमा हङकङलाई हराउँदै नेपालले सान्त्वना जित दर्ता गरेको छ ।


शेख कमल अन्तर्राष्ट्रिय रंगशालामा बिहीबार भएको खेलमा नेपालले हङकङलाई ७ विकेटले हराएको हो ।
हङकङले दिएको २१५ रनको विजयी लक्ष्य नेपालले ४५औं ओभरमा ३ विकेट गुमाएर पूरा गर्‍यो ।
नेपालको लागि तीन खेलाडीले अर्धशतक बनाएको इनिङमा कप्तान ज्ञानेन्द्र मल्लले सर्वाधिक ७० रन जोडे ।
यसैगरी, दीपेन्द्रसिंह ऐरीले अविजित ६० रन तथा शरद भेषावकरले अविजित ५५ रनको योगदान दिए ।
यसअघि, खेलमा टस हारेर पहिले ब्याटिङ गरेको हङकङले निर्धारित् ५० ओभरमा अलआउट हुनुपूर्व २१४ रन जोडेको थियो ।
हङकङका सुरुआती ब्याट्सम्यानहरु अंशुमन राथले ५१ तथा क्यामरुन म्याक्वेल्सनले ४३ रनको योगदान दिए ।
बलिङतर्फ नेपालका अभिनाष कर्णले ३ विकेट लिँदा कप्तान ज्ञानेन्द्र मल्लसँगै सन्दीप लामिछाने र सुशन भारीले २–२ विकेट झारे ।
समूह चरणमा लगातार दुई खेल हारेका यी दुई टोली आज प्रतिष्ठाको लडाइँमा थिए ।
जितसँगै नेपालले समूहका तीन खेलबाट २ अंक जोडेको छ भने हङकङ खाता नै नखोली घर फर्किएको छ ।

नेपाल आज हङकङसँग भिड्दै

No comments

Mar 30, 2017

चैत १७ । बंगलादेशमा जारी इमर्जिङ कप क्रिकेटको अन्तिम खेलमा आज नेपालले हङकङसँग खेल्दैछ ।

समूह चरणमा लगातार दुई खेल हारेका यी दुई टोली आज प्रतिष्ठाको लडाईंमा छन् । एसियाली तथा विश्वस्तरका विभिन्न प्रतियोगितामा नेपाल र हङकङ परिचित प्रतिद्वन्द्वी हुन् । एक अर्काको खेल रणनीति राम्रोसँग बुझेका दुबै टोली आजको खेल जित्दै दुई अंकको साथ बंगलादेशबाट घर फर्किने अभियानमा हुनेछन् ।
दुबै टोलीलाई समूहमा पाकिस्तान र बंगलादेशले हराएका हुन् । नेपालले पहिलो खेलमा पाकिस्तानसँग ६ विकेटको हार बेहोरेको थियो भने दोस्रो खेलमा आयोजक बंगलादेशसँग ८३ रनको पराजय झेलेको थियो ।
ईमर्जिङ टिम्स एसिया कप क्रिकेटमा एसियाका टेष्ट खेल्ने चार राष्ट्र भारत, पाकिस्तान, श्रीलंका र बंगलादेशका २३ वर्ष मुनिको राष्ट्रिय टोली तथा चार एसोसिएट राष्ट्र नेपाल, हङकङ, अफगानिस्तान र मलेसियाका सिनियर टोली सहभागी छन् ।

क्रिकेट खेल्न नेपाली टिम बंगलादेशतिर, पाकिस्तान सँग पहिलो भिडन्त

No comments

Mar 26, 2017

चैत १३  । बंगलादेशमा हुने एसीसी इमर्जिङ कप क्रिकेट प्रतियोगितामा सहभागी हुन नेपाली क्रिकेट टिम शनिबार बंगलादेश गएको छ ।

बंगलादेश जानुअघि नेपाली टिमलाई राष्ट्रिय खेलकुद परिषद (राखेप)का सदस्यसचिव केशवकुमार विष्टले शनिबार शुभकामनासहित टिमको बिदाइ गरे ।
ज्ञानेन्द्र मल्लको कप्तानीमा रहेको नेपालले आफ्नो पहिलो खेलमा सोमबार पाकिस्तानको २३ वर्षमुनिको टिमसँग खेल्नेछ ।
त्यस्तै, मंगलबार बंगलादेशको टिमसँग र बिहीबार हङकङसँग प्रतिस्पर्धा गर्नेछ ।
एसियाका चार टेस्ट मान्यता प्राप्त र चार एसोसिएट राष्ट्रलाई दुई समूहमा विभाजन गरी प्रतियोगिता सन्चालन हुँदैछ ।
एसोसिएटका राष्ट्रिय र टेस्ट मान्यता प्राप्त राष्ट्रका २३ वर्षमुनिका टिम खेल्नेछन् ।

श्रीलंकाका खेलाडीहरुसँग नेपाली राष्ट्रिय टिमले टी–२० खेल्ने

No comments

Mar 23, 2017

चैत १०  । श्रीलंकाका चर्चित ब्याट्सम्यानहरु सम्मिलित टिम र नेपाली राष्ट्रिय क्रिकेट टिमबीच ट्वेन्टी–२० क्रिकेट शृंखला हुने भएको छ ।

नेपाल र श्रीलंकाबीचको कुटनीतिक सम्बन्धको ६०औं वर्षगाँठको अवसर पारेर पेरिविंकल सर्भिसले कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा तीन खेलको मैत्रीपूर्ण टी–२० शृंखला गर्न लागेको हो ।
श्रीलंकाको टिमले ‘लंकन लाइन्स’को नामबाट खेल्दै गर्दा पूर्वकप्तान अरविन्दा डे सिल्भाले नेतृत्व सम्हाल्नेछन् ।
उक्त टिमबाट सनथ जयसूर्या, चामिन्डा भास, रोमेश कालुविर्थना, दिलहारा फर्नान्डो, उपुल चन्दना, कौशल्या वैरारत्ने, फरभेज महरुफ, उपुल थरंगा, रंगना हेराथ, दिलशान मुनावेरा, सचित्रा सेनानायक र चामरसा सिल्भादाराले खेल्नेछन् ।
नेपालले ‘गोर्खा राइनोज’को नामबाट खेल्दा राष्ट्रिय टोलीका कप्तान पारस खड्काले नेतृत्व सम्हाल्नेछन् । गोर्खा राइनोजमा सबै राष्ट्रिय टिमका खेलाडीहरु नै हुने जनाइएको छ ।
वैशाख १४ देखि १८ गतेसम्म हुने सो शृंखलाका लागि दर्शकलाई कमभन्दा कम मूल्यमा टिकट उपलब्ध गराउने आयोजक पेरिविंकल सर्भिसका सीइओ दीपेश घलेले बुधबार राजधानीमा पत्रकार सम्मेलन गरी जानकारी दिए ।
सो कार्यक्रममा कप्तान पारस खड्काले विश्वमै चर्चित खेलाडीहरुसँग खेल्न पाउनु आफूहरुका लागि गौरवको विषय भएको बताए ।
उनले यो प्रतियोगिताबाट विश्वमा नेपाली क्रिकेटबारे राम्रो सन्देश जाने जिकिरसमेत गरेका छन् ।
सो प्रतियोगिताको समापनमा नेपाली क्रिकेटमा योगदान दिने व्यक्तिहरुलाई सम्मान गर्ने पनि आयोजकले जनाएको छ ।
यसैबीच, गत महिना पेटको शल्यक्रिया गरेका पारसको स्वास्थ्य सुधारिएको छ । उनले चैत २७ गतेदेखि धनगढीमा हुने धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेटबाट पुनरागमन गर्ने पनि जनाएका छन् ।
पारस यसअघि गत महिना केन्याविरुद्ध भएको विश्व क्रिकेट लिग च्याम्पियनसिपमासमेत खेल्न सकेका थिएनन् ।
हाल सामान्य शारीरिक अभ्यास गरिरहेका पारसले केही दिनमै नेटमा अभ्यास गर्ने बताए ।

प्रिमियर लिगको खेल तालिका सार्वजनिक

No comments

चैत 10 । धनगढीमा हुन गईरहेको सगरमाथा सिमेन्ट धनगढी प्रिमियर लिग डिपिएल क्रिकेटको खेल तालिका सार्वजनिक गरिएको छ ।

आयोजक धनगढी क्रिकेट एकेडेमीले सार्वजनिक गरेको खेल तालिका अनुसार चैत्र २७ गते नेपाल ११ र धनगढी ११ बीच च्यारिटी खेल हुनेछ ।
यो खेलमा नेपाली राष्ट्रिय टिम र धनगढीका खेलाडीहरूको सहभागिता रहने छ । उक्त खेलको टिकटबाट उठेको पैसा फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट मैदान निर्माणमा सहयोग गरिने आयोजकले जनाएको छ ।
प्रतियोगिताका प्रतिस्पर्धात्मक खेलहरु भने चैत २८ गतेदेखि हुनेछन् । चैत्र २८ गते हुने पहिलो खेलमा ज्ञानेन्द्र मल्लले नेतृत्व गरेको सिवाइसी अत्तरिया र बसन्त रेग्मी नेतृत्वको काठमाडौं गोल्डेन्स् भिड्नेछन् ।
सोही दिन शक्ति गौचन नेतृत्वको रुपेन्देही च्यालेन्जर्स् र विनोद भण्डारी नेतृत्वको कञ्चनपुर आइकोनिक आमनेसामने हुने छन् ।
प्रतियोगितामा यी चार टोलीसँगै शरद भेषावकर नेतृत्वको विराटनगर किंग्स् र पारस खड्का नेतृत्वको टिम चौराहा धनगढी पनि सहभागि छन् ।
प्रतियोगिताको लिग चरणका खेलहरु बैशाख ४ गते सकिनेछ भने त्यसपछि नक आउट चरण सुरु हुनेछ । प्रतियोगिताको फाईनल खेल बैशाख ९ गते हुनेछ ।
यसअघि यही चैत ५ गतेदेखि आयोजना हुने भनिएको प्रतियोगिता नेपाली टोलीको अन्तर्राष्ट्रिय प्रतियोगिता परेकोले ३ हप्ता पछि सरेको हो ।

धनगढी प्रिमियर लिगको सह-प्रायोजक गोल्डस्टार हुने

No comments

Mar 18, 2017

चैत ५। चैत अन्तिम सातादेखि कैलालीको धनगढीमा आयोजना हुने धनगढी प्रिमियर लिगको सहायक प्रयोजकका रुपमा किरण शु म्यानिफ्याक्चरको उत्पादन गोल्डस्टार जुत्तासँग सम्झौता भएको छ ।

आयोजक धनगढी क्रिकेट एकेडेमीका अध्यक्ष सुवाश शाही तथा किरण शु म्यानिफेक्चरका निर्देशक बिधुशी राणाबीच शुक्रबार काठमाडौंमा सम्झौता पत्रमा हस्ताक्षर भयो ।
सम्झौता अनुसार सह-प्रयोजकका रुपमा कम्पनीले आयोजक धनगढी क्रिकेट एकेडेमीलाई ५ लाख बराबरको प्रायोजन गर्नेछ । कार्यक्रममा किरण शु कि निर्देशक राणाले राष्ट्रिय एकता र सामाजिक सदभावलाई जोगाउन सहयोग गर्ने क्रिकेट खेलसँग जोडिन पाउँदा कम्पनीले गर्व महशुस गरेको बताइन् ।
सगरमाथा सिमेन्ट धनगढी प्रिमियर लिग आगामी चैत्र २७ देखि बैशाख ९ गतेसम्म धनगढीमा आयोजना हुदैछ । प्रतियोगितामा देशभरका विभिन्न ६ वटा टिमहरुलेे सहभागिता जनाउँदैछन् ।

सुपर एट्स’ क्रिकेट हुँदै

No comments

Mar 17, 2017

चैत ४  । खुकुरी इन्टरटेन्मेन्ट र देबिबास इभेन्ट्सको संयुक्त आयोजनामा राजधानीमा ‘सुपर एट्स’ क्रिकेट प्रतियोगिता आयोजना हुने भएको छ ।


आगामी चैत १५ गतेदेखि १९ गतेसम्म कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा प्रतियोगिता आयोजना हुनेछ ।
करिब २० टोली सहभागी हुने प्रतियोगितामा ७–७ ओभरको खेल हुने आयोजकको भनाइ छ ।
प्रतियोगिताको विजेताले एक लाख तथा उपविजेताले ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।
त्यस्तै, दोस्रो र तेस्रो हुने टोलीले क्रमशः २० हजार र १० हजार प्राप्त गर्नेछन् ।
पहिलोपटक फरक संरचनामा आयोजना गर्न लागिएको प्रतियोगिताले सफलता पाउने आयोजकको विश्वास छ ।

नेपाली टोलीको घोषणा

No comments

Mar 16, 2017

चैत २ । यही चैत १२ गतेदेखि बंगलादेशमा हुने एसीसी इमर्जिङ नेसन्स कप क्रिकेट प्रतियोगिताका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा गरिएको छ ।

         चैत २२ गतेसम्म हुने प्रतियोगिताको लागि ४ वैकल्पिकसहित १९ जना खेलाडी छनोट भएका हुन् ।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसीसी)का प्रतिनिधि वंैकटपति राजु, प्रशिक्षक जगत टमाटा, पारस खड्का र कप्तान ज्ञानेन्द्र मल्लको छनोट समितिले बुधबार अन्तिम टोलीको टुंगो लगाएको हो ।
स्वास्थ्यका कारण पारस खड्का नखेल्ने भएपछि यो प्रतियोगितामा पनि नेपाली टोलीको कप्तानी ज्ञानेन्द्र मल्लले समाल्ने भएका छन् ।
टोलीमा शरद भेषावकार, विनोद भण्डारी, सागर पुन, आरिफ शेख, मेहबुब आलम, दीपेन्द्रसिंह ऐरी, सन्दीप लामिछाने, आसिफ शेख, अविनाश कर्ण, सुनील धमला, भुवन कार्की, सुशन भारी, दीपेश श्रेष्ठ र दिलीप नाथ रहेका छन् ।
वैकल्पिक खेलाडीमा कुशन भुर्तेल, जितेन्द्रकुमार मुखिया, राजेश पुलामी र सुशील कँडेल रहेका छन् ।
शक्ति गौचन, सोमपाल कामी र बसन्त रेग्मीलाई आराम दिएर टोलीमा भुवन कार्की, सुशन भारी, दीपेश श्रेष्ठ र आसिफ शेखलाई स्थान दिइएको हो ।
इमर्जिङ कपमा नेपाल, अफगानिस्तान, हङकङ र मलेसियाका राष्ट्रिय टोलिसहित एसियाका टेस्ट मान्यताप्राप्त टोलीहरु भारत, पाकिस्तान, श्रीलंका र बंगलादेशका २३ वर्षमुनिका टोलीले प्रतिस्पर्धा गर्नेछन् ।

केन्याले नेपाललार्इ ५ विकेटले हरायो

No comments

Mar 11, 2017

फागुन २९। विश्व क्रिकेट लिग च्याम्पियनसिपमा नेपाल केन्यासँग  पराजित भएको छ । वर्षाले प्रभावित खेलमा केन्याले डीएल मेथडका आधारमा ९४ रनको लक्ष्य पाएको थियो, जसलाई उसले २४ औं ओभरमा ५ विकेट गुमाएर भेट्टायो ।

वर्षाका कारण ३८ ओभरमा छोट्याइएको खेलमा नेपालले ३६ ओभरमा ८ विकेट गुमाएर ११२ रन बनाउादा पानीले रोकियो ।
डीएल मेथडका आधारमा केन्याले २९ ओभरमा १०४ रनको लक्ष्य पायो ।
वर्षाका कारण ३८ ओभरमा छोट्याइएको खेलमा नेपालले ३६ ओभरमा ८ विकेट गुमाएर ११२ रन बनाउँदा पानीले रोकियो ।
डीएल मेथडका आधारमा केन्याले २९ ओभरमा १०४ रनको लक्ष्य पायो । तर, उसले २१.२ ओभरमा ५ विकेटको क्षतिमा ८० रन बनाउँदा फेरि पानीले खेल रोकियो ।
त्यही अवस्थामा डीएल मेथडका आधारमा केन्या केही रनले जितिसकेको थियो । तर, नेपालले खेल जारी राख्न चाहेपछि केन्याले नयाँ लक्ष्य पायो, २६ ओभरमा ९४ रनको लक्ष्य ।
जसलाई उसले ११ बल बााकी छादा ५ विकेट गुमाएर भेट्टायो । २५ औं ओभरको पहिलो ब लमा कप्तान रकिप पटेलले छक्का हान्दै केन्यालाई जित दिलाए ।

केन्या लाइ १०४ रन को टार्गेट दिदै नेपाली टोलि बलिङ्ग गर्दै

No comments
फागुन २८। केन्या लाइ १०४ रन को टार्गेट दिदै नेपाली टोलि बलिङ्ग गर्दै लाइभ हेर्न तल्लो लिंक हेर्नु होला 
शनिबार काठमाडौंको कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा नेपालले टस हारेर पहिले ब्याटिङ गरिरहँदा पानी परेपछि खेल अवरुद्ध भएको हो ।
नेपालले ३६ ओभरमा ८ विकेटको क्षतिमा ११२ रन जोडेको अवस्थामा खेल स्थगित भएको हो । ३८ ओभरमा छोट्याइएको खेलमा अब नेपालले दुई ओभर खेल्न बाँकी छ ।
नेपालका लागि कप्तानको भूमिकामा रहेका ज्ञानेन्द्र मल्लले २७, दीपेन्द्रसिंह ऐरीले १९, सागर पुनले १०, बसन्त रेग्मीले ६, विनोद भण्डारीले ४, शरद भेषावकरले ३ र मेहबुब आलमले २ रन बनाए ।
केन्याका शेम एगोचेले ३ र नेसनल आधिएमबोलेले २ विकेट लिए ।
नियमित कप्तान पारस खड्का बिरामी भएकाले उपकप्तान मल्लले प्रतियोगिताको नेतृत्व गरेका हुन् ।
यो खेलबाट नेपालका दीपेन्द्रसिंह ऐरी र सुनील धमलाले ‘डेब्यु’ गरेका छन् ।
८ राष्ट्र सहभागी विश्व क्रिकेट लिग च्याम्पियनसिपको अंकतालिकामा केन्या पाचौं स्थानमा छ ।
हालसम्म खेलेका ८ खेलमध्ये केन्याले ४ मा जित र ४ मा हार व्यहोरेको छ । समान खेल खेलेको नेपाल अंकतालिकामा ६ अंकसहित छैटांै स्थानमा छ ।
प्रतियोगिताको शीर्ष चार स्थानमा अटाउने टोलीले आगामी एकदिवसीय विश्वकप क्रिकेटको छनोट चरणमा स्थान बनाउनेछन् ।
नेपाल र केन्या दुबै टोलीलाई अंकतालिकाको शीर्ष चार स्थानमा अटाउन यो खेल जित्नैपर्ने दबाब छ ।
Don't Miss

Translate

Shreeji Media © All Rights Reserved 2025
Design By KpCat