श्रीलंकाका खेलाडीहरुसँग नेपाली राष्ट्रिय टिमले टी–२० खेल्ने

चैत १०  । श्रीलंकाका चर्चित ब्याट्सम्यानहरु सम्मिलित टिम र नेपाली राष्ट्रिय क्रिकेट टिमबीच ट्वेन्टी–२० क्रिकेट शृंखला हुने भएको छ ।

नेपाल र श्रीलंकाबीचको कुटनीतिक सम्बन्धको ६०औं वर्षगाँठको अवसर पारेर पेरिविंकल सर्भिसले कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा तीन खेलको मैत्रीपूर्ण टी–२० शृंखला गर्न लागेको हो ।
श्रीलंकाको टिमले ‘लंकन लाइन्स’को नामबाट खेल्दै गर्दा पूर्वकप्तान अरविन्दा डे सिल्भाले नेतृत्व सम्हाल्नेछन् ।
उक्त टिमबाट सनथ जयसूर्या, चामिन्डा भास, रोमेश कालुविर्थना, दिलहारा फर्नान्डो, उपुल चन्दना, कौशल्या वैरारत्ने, फरभेज महरुफ, उपुल थरंगा, रंगना हेराथ, दिलशान मुनावेरा, सचित्रा सेनानायक र चामरसा सिल्भादाराले खेल्नेछन् ।
नेपालले ‘गोर्खा राइनोज’को नामबाट खेल्दा राष्ट्रिय टोलीका कप्तान पारस खड्काले नेतृत्व सम्हाल्नेछन् । गोर्खा राइनोजमा सबै राष्ट्रिय टिमका खेलाडीहरु नै हुने जनाइएको छ ।
वैशाख १४ देखि १८ गतेसम्म हुने सो शृंखलाका लागि दर्शकलाई कमभन्दा कम मूल्यमा टिकट उपलब्ध गराउने आयोजक पेरिविंकल सर्भिसका सीइओ दीपेश घलेले बुधबार राजधानीमा पत्रकार सम्मेलन गरी जानकारी दिए ।
सो कार्यक्रममा कप्तान पारस खड्काले विश्वमै चर्चित खेलाडीहरुसँग खेल्न पाउनु आफूहरुका लागि गौरवको विषय भएको बताए ।
उनले यो प्रतियोगिताबाट विश्वमा नेपाली क्रिकेटबारे राम्रो सन्देश जाने जिकिरसमेत गरेका छन् ।
सो प्रतियोगिताको समापनमा नेपाली क्रिकेटमा योगदान दिने व्यक्तिहरुलाई सम्मान गर्ने पनि आयोजकले जनाएको छ ।
यसैबीच, गत महिना पेटको शल्यक्रिया गरेका पारसको स्वास्थ्य सुधारिएको छ । उनले चैत २७ गतेदेखि धनगढीमा हुने धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेटबाट पुनरागमन गर्ने पनि जनाएका छन् ।
पारस यसअघि गत महिना केन्याविरुद्ध भएको विश्व क्रिकेट लिग च्याम्पियनसिपमासमेत खेल्न सकेका थिएनन् ।
हाल सामान्य शारीरिक अभ्यास गरिरहेका पारसले केही दिनमै नेटमा अभ्यास गर्ने बताए ।

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.