जर्मनी विजयी

चैत १० । मैत्रिपूर्ण फुटबलको एक खेलमा जर्मनीले इंग्लण्डलाई पराजित गरेको छ ।

बुधबार राती जर्मनीको डर्टमण्डमा भएको खेलमा घरेलु टोली १-० ले विजयी भएको हो । खेलमा जर्मनीलाई विजयी गराउन लुकास पोडोल्स्कीले निर्णायक गोल गरेका हुन् ।
जर्मनीको राष्ट्रिय टोलीका लागि खेलेको अन्तिम खेलमा पोडोल्स्कीले आकर्षक गोल गरेका हुन् ।
जर्मनीको जितसँगै इंग्लण्डका अन्तरिम प्रशिक्षक ग्यारेथ साउथगेटले पहिलो हार व्यहोरेका छन् । यसअघिका चार खेलमा साउथगेट अपराजित थिए ।
राती भएका अन्य मैत्रिपुर्ण खेलहरुमा चेक गणतन्त्रले लिथुआनियालाई ३-० ले हराँउदा साईप्रसले काजखस्तानलाई ३-१ ले पराजित गर्‍यो ।
यसैगरी स्कटल्याण्ड र क्यानाडाले एक एक गोलको बराबरी खेलेका छन् ।

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.