प्रिमियर लिगको खेल तालिका सार्वजनिक

चैत 10 । धनगढीमा हुन गईरहेको सगरमाथा सिमेन्ट धनगढी प्रिमियर लिग डिपिएल क्रिकेटको खेल तालिका सार्वजनिक गरिएको छ ।

आयोजक धनगढी क्रिकेट एकेडेमीले सार्वजनिक गरेको खेल तालिका अनुसार चैत्र २७ गते नेपाल ११ र धनगढी ११ बीच च्यारिटी खेल हुनेछ ।
यो खेलमा नेपाली राष्ट्रिय टिम र धनगढीका खेलाडीहरूको सहभागिता रहने छ । उक्त खेलको टिकटबाट उठेको पैसा फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट मैदान निर्माणमा सहयोग गरिने आयोजकले जनाएको छ ।
प्रतियोगिताका प्रतिस्पर्धात्मक खेलहरु भने चैत २८ गतेदेखि हुनेछन् । चैत्र २८ गते हुने पहिलो खेलमा ज्ञानेन्द्र मल्लले नेतृत्व गरेको सिवाइसी अत्तरिया र बसन्त रेग्मी नेतृत्वको काठमाडौं गोल्डेन्स् भिड्नेछन् ।
सोही दिन शक्ति गौचन नेतृत्वको रुपेन्देही च्यालेन्जर्स् र विनोद भण्डारी नेतृत्वको कञ्चनपुर आइकोनिक आमनेसामने हुने छन् ।
प्रतियोगितामा यी चार टोलीसँगै शरद भेषावकर नेतृत्वको विराटनगर किंग्स् र पारस खड्का नेतृत्वको टिम चौराहा धनगढी पनि सहभागि छन् ।
प्रतियोगिताको लिग चरणका खेलहरु बैशाख ४ गते सकिनेछ भने त्यसपछि नक आउट चरण सुरु हुनेछ । प्रतियोगिताको फाईनल खेल बैशाख ९ गते हुनेछ ।
यसअघि यही चैत ५ गतेदेखि आयोजना हुने भनिएको प्रतियोगिता नेपाली टोलीको अन्तर्राष्ट्रिय प्रतियोगिता परेकोले ३ हप्ता पछि सरेको हो ।

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.