Responsive Ad Slot

ताजा समाचार

latest

नेपाल ओलम्पिक कमिटीको ताला खुल्यो

Mar 22, 2017

/ by Arena Tv

चैत ८ । गत माघ ११ गतेदेखि लागेको ताला खोल्दै ललितपुरको सातदोबाटोस्थित नेपाल ओलम्पिक कमिटीको कार्यालय रुक्मशमशेर राणापक्षले नियन्त्रणमा लिएको छ ।

सर्वोच्च अदालतले जीवनराम श्रेष्ठ नेतृत्वको ओलम्पिक कमिटीलाई अवैधानिक ठहर गर्दै रुक्मशमशेर राणा नेतृत्वको ओलम्पिक कमिटीलाई वैधानिकता दिएसँगै गत माघ ११ गतेदेखि लगाइएको ओलम्पिक कमिटीको कार्यालयको ताला खोलेर राणापक्षले कार्यालय नियन्त्रणमा लिएका हुन् ।
सर्वोच्चको निर्णय कार्यान्वयनका लागि भन्दै जिल्ला प्रशासन कार्यालयले ओलम्पिक कमिटीको कार्यालयमा तालाबन्दी गरेको थियो ।
मंगलबार प्रहरीको सहयोगमा राणापक्षका कार्यबाहक अध्यक्ष किशोरबहादुर सिंहको नेतृत्वमा गएको नारायणदेव राणा, दावा गुरुङ, लालकुमार लामा, कमल चित्रकार, विजय हमाललगायतको टोली ताला खोलेर कार्यालय प्रवेश गरेको हो ।
नेपाली खेलकुदमा लामो समयदेखि रुक्मशमशेर राणा नेतृत्वको ओलम्पिक कमिटी र ध्रुवबहादुर प्रधान तथा जीवनराम श्रेष्ठपक्षको ओलम्पिक कमिटीबीच विवाद रहँदै आएको थियो ।
सर्वोच्चले अघिल्लो महिना अन्तर्राष्ट्रिय ओलम्पिक कमिटिको मान्यता प्राप्त जीवनराम श्रेष्ठ अध्यक्ष रहेको ओलम्पिक कमिटीलाई अवैधानिक ठहर गर्दै राणाको कमिटी वैधानिक भएको फैसला गरेको थियो ।

No comments

Post a Comment

Thanks.

Don't Miss

Translate

Shreeji Media © All Rights Reserved 2025
Design By KpCat