Responsive Ad Slot

Showing posts with label olympic. Show all posts
Showing posts with label olympic. Show all posts

नेपाल ओलम्पिक कमिटीको ताला खुल्यो

No comments

Mar 22, 2017

चैत ८ । गत माघ ११ गतेदेखि लागेको ताला खोल्दै ललितपुरको सातदोबाटोस्थित नेपाल ओलम्पिक कमिटीको कार्यालय रुक्मशमशेर राणापक्षले नियन्त्रणमा लिएको छ ।

सर्वोच्च अदालतले जीवनराम श्रेष्ठ नेतृत्वको ओलम्पिक कमिटीलाई अवैधानिक ठहर गर्दै रुक्मशमशेर राणा नेतृत्वको ओलम्पिक कमिटीलाई वैधानिकता दिएसँगै गत माघ ११ गतेदेखि लगाइएको ओलम्पिक कमिटीको कार्यालयको ताला खोलेर राणापक्षले कार्यालय नियन्त्रणमा लिएका हुन् ।
सर्वोच्चको निर्णय कार्यान्वयनका लागि भन्दै जिल्ला प्रशासन कार्यालयले ओलम्पिक कमिटीको कार्यालयमा तालाबन्दी गरेको थियो ।
मंगलबार प्रहरीको सहयोगमा राणापक्षका कार्यबाहक अध्यक्ष किशोरबहादुर सिंहको नेतृत्वमा गएको नारायणदेव राणा, दावा गुरुङ, लालकुमार लामा, कमल चित्रकार, विजय हमाललगायतको टोली ताला खोलेर कार्यालय प्रवेश गरेको हो ।
नेपाली खेलकुदमा लामो समयदेखि रुक्मशमशेर राणा नेतृत्वको ओलम्पिक कमिटी र ध्रुवबहादुर प्रधान तथा जीवनराम श्रेष्ठपक्षको ओलम्पिक कमिटीबीच विवाद रहँदै आएको थियो ।
सर्वोच्चले अघिल्लो महिना अन्तर्राष्ट्रिय ओलम्पिक कमिटिको मान्यता प्राप्त जीवनराम श्रेष्ठ अध्यक्ष रहेको ओलम्पिक कमिटीलाई अवैधानिक ठहर गर्दै राणाको कमिटी वैधानिक भएको फैसला गरेको थियो ।

बोल्टको ओलम्पिक स्वर्ण खोसिने

No comments

Jan 26, 2017

माघ १३। जमैकन धावक उसेन बोल्टले आफ्नो एक ओलम्पिक स्वर्ण पदक फिर्ता गर्नु पर्ने भएको छ ।

जमैकन टिममेट निस्का कार्टर डोपिङ टेष्ट पोजेटिभ भेटिएपछि बोल्टको स्वर्ण खोसिएको हो । अन्तराष्ट्रिय ओलम्पिक कमिटीले गत वर्ष लिएको ४५४ जनाको स्याम्पलमा कार्टरको पनि थिए । र, प्रतिवन्धित पदार्थ भेटिएको छ ।
बेइजिङ ओलम्पिक २००८ मा जमैकाले ४ गुणा १०० मिटरमा स्वर्ण जित्दा कार्टर पनि टिममा थिए ।
३० वषर्ीय बोल्टले रियो ओलम्पिकमा टि्रपल टि्रपल पुरा गरेका थिए । उनले २००८ र ०१२ का साथै रियो ओलम्पिक २०१६ मा पनि १०० मिटर, २ सय मिटर र ४ गुणा १०० मिटर रिलेमा स्वर्ण जितेका थिए ।

सर्वोच्च अदालत द्वारा ओलम्पिकको आधिकारिक राणापक्ष भएको निर्णय

No comments

Jan 24, 2017

 
माघ ११  । नेपाल ओलम्पिक कमिटीको कार्यालयमा रुक्मशमशेर राणा पक्ष

 प्रवेश गरेको छ ।

सर्वोच्च अदालतले ओलम्पिकको आधिकारिक पक्ष रुक्मशमशेर राणा भएको निर्णय गर्दै तत्काल कार्यान्वयन गर्न आदेश दिएपछि गृह मन्त्रालयले जिल्ला प्रशासन कार्यालय ललितपुरलाई राणा पक्षलाई सातदोबाटोमा भएको ओलम्पिकको कार्यालयमा प्रवेश गराउन निर्देशन दिएको थियो ।
सोमबार अपराह्न कार्यबाहक अध्यक्ष किशोरबहादुर सिंहको नेतृत्वमा सुरक्षाकर्मीसहित टोली ओलम्पिकको कार्यालयमा गएको हो । सिंहको टोलीले मंगलबारदेखि काम–कारबाही थाल्ने जनाएको छ ।
राणा टिमका सदस्य नारायणदेव राणाले सर्वोच्चको सातौं आदेशपछिमात्र बल्ल ओलम्पिकको कार्यालयमा पस्न सफल भएको बताए ।
वि.सं. २०६३ सालदेखि राणा पक्षले आफूहरु ओलम्पिक कमिटीको आधिकारिक पक्ष भएको बताउँदै आएको छ ।
पछिल्लोपटक सर्वोच्चले गत मंसिर २० गते राणा पक्षलाई ओलम्पिकका काम–कारबाही गर्न/गराउन गृह मन्त्रालयलाई आदेश दिएको थियो ।
योसँगै अन्तर्राष्ट्रिय मान्यताप्राप्त ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठसहितको टोली कार्यालयबाट बाहिरिनुपरेको छ ।
यसअघि, कृष्णप्रसाद सिटौला गृहमन्त्री हुँदा पनि रुक्मशमशेर राणा पक्षले ओलम्पिकमा जाने मौका पाएको थियो ।
राणा पक्षले दाबी गरिरहे पनि अहिलेसम्म धु्रवबहादुर प्रधानले यसअघिको दुई कार्यकाल तथा जीवनरामले अहिलेको कार्यकाल ओलम्पिकको अध्यक्षको हैसियतमा काम गरिरहेका छन् ।
सुझबुझपूर्वक यो विषयलाई सुल्झाइएन भने ओलम्पिक कमिटी नै निलम्बनमा पर्नसक्ने ओलम्पिकका पदाधिकारीहरु बताउँछन् ।

सातौं राष्ट्रिय खेलकुद प्रतियोगिता औपचारिक रुपमा सुरु

No comments

Dec 24, 2016

पुस ८ । सातौं राष्ट्रिय खेलकुद प्रतियोगिता शुक्रबारदेखि औपचारिकरुपमा सुरु भएको छ । विराटनगरस्थित सहिद रंगशालामा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतियोगिताको औपचारिक उद्घाटन गरिन् ।

उद्घाटन समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले वैशाख १२ गतेको भूकम्पले क्षति पुर्‍याएपनि त्यसको डेढ वर्षमै प्रतियोगिता आयोजना गर्न सकेकोमा आयोजक राष्ट्रिय खेलकुद परिषद (राखेप)लाई धन्यवाद दिइन् ।
खेलकुदको विकासको लागि सरकारले उचित ध्यान दिनुपर्ने भन्दै राष्ट्रपति भण्डारीले विद्यालयस्तरदेखि नै महत्व दिनसके खेलकुदको विकास हुने धारणा राखिन् ।
यसैगरी, युवा तथा खेलकुदमन्त्री दलजित श्रीपाइलीले राष्ट्रिय कीर्तिमान कायम गर्ने र उत्कृष्ट खेल प्रदर्शन गर्ने खेलाडीलाई विशेष पुरस्कारको व्यवस्था गरिएको बताए ।
सातौं राष्ट्रिय खेलकुद आगामी ‘साग’ गेमको आधारकारुपमा रहने भन्दै उनले भौतिक संरचनाको विकासमा सरकार लागिपरेको बताए ।
उद्घाटन समारोहमा मन्त्री श्रीपाइलीले राष्ट्रिय खेलकुद परिषदको झन्डोत्तलन पनि गरेका थिए ।
कार्यक्रममा राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिव केशव विष्टले अन्योल हुँदाहुँदै पनि राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गर्न सफल भएको बताए ।
सातौं राष्ट्रिय खेलकुद प्रतियोगिता तीन वर्षअघि नै हुनुपर्ने भएपनि विविध कारणले पाँच वर्षपछि आयोजना गरिएको हो ।
हरेक २ वर्षमा हुने गरी ०३८ साल भदौमा काठमाडौंमा सुरु भएको राष्ट्रिय खेलकुद प्रतियोगिता ३५ वर्षपछि पहिलोपटक पूर्वाञ्चलमा आयोजना गरिएको हो ।
प्रतियोगिताअन्तर्गतका खेलहरु भने केही दिनअघिबाट नै भइरहेका छन् । उद्घाटन समारोहमा विभिन्न जातजातिका परम्परा झल्किने झाँकी प्रदर्शन गरिएको थियो ।
प्रतियोगिता यही पुस १५ गते समापन हुनेछ । करिब २८ करोडको लागतमा सम्पन्न हुने प्रतियोगिताको समापन एन्फा टेक्निकल सेन्टर धरानमा प्रधानमन्त्री पुष्पकमल दाहालले गर्ने कार्यक्रम रहेको छ ।
पुस १५ गतेसम्म सन्चालन हुने प्रतियोगिताका खेलहरु पूर्वी नेपालका झापा, मोरङ, सुनसरी, धनकुटा, उदयपुर, सिराहा र सप्तरीमा सन्चालन गरिँदै छ ।
प्रतियोगितामा जम्मा ३० खेल समावेश गरिएको छ । प्रतियोगितामा २ सय ९४ स्वर्ण, २ सय ९४ रजत तथा ४ सय ४७ कास्य पदकका लागि झन्डै ३५ सय खेलाडीबीच प्रतिस्पर्धा हुनेछ ।
राष्ट्रिय खेलकुदमा स्वर्णपदक विजेता खेलाडीलाई पहिलोपटक नगद पुरस्कारसमेत व्यवस्था गरिएको छ ।
व्यक्तिगत स्पर्धाका विजेताले जनही १५ हजार रुपैयाँ पाउनेछन् भने टिम स्पर्धाका विजेताले ७ हजार पाउनेछन् ।

प्रतिश्पर्धाकै क्रममा साइक्लिस्टको निधन

No comments

Sep 20, 2016

असोज ३ । ब्राजिलमा भइरहेको पारा ओलम्पिक प्रतियोगितामा एक प्रतिश्पर्धीको निधन भएको छ ।
पुरुषतर्फको सी–४/सी–५ साइकल रेसका क्रममा इरानका साइक्लिस्ट बहमान गोल्बरर्नेजहादको निधन भएको हो । अन्तर्राष्ट्रिय पारा ओलम्पिक कमिटिले उनको निधन भएको पुष्टि गरेको हो ।
पारा ओलम्पिक कमिटिका अनुसार हृदयघातका कारण उनको मृत्यु भएको हो । रियोस्थित पारा ओलम्पिक प्रतियोगिता आयोजनास्थलमा इरानको झण्डा आधा झुकाइएको छ ।
इरानी राष्ट्रपति हसन रुहानीले आफ्ना खेलाडीको मृत्यु भएकोमा दुःख व्यक्त गरेका छन् । (एजेन्सी)

पारा ओलम्पिकमा चीनको अग्रता कायमै

No comments

Sep 12, 2016

भदौ २६ । ब्राजिलको रियो दि जेनेरियोमा जारी पारा ओलम्पिक खेलकुदको पदक तालिकामा चीनको अग्रता कायमै छ ।
कुल २६ स्वर्ण पदकको साथ चीन शीर्ष स्थानमा रहँदा १५ स्वर्ण पदक जितेको बेलायत दोस्रो स्थानमा छ ।
यसैगरी १२ स्वर्ण पदक जितेको युक्रेन तेस्रो स्थानमा छ भने ८ स्वर्ण पदकका साथ अमेरिका चौथो स्थानमा छ ।
आयोजक ब्राजिल ५ स्वर्ण पदक जित्दै पाँचौ स्थानमा रहेको छ । पारा ओलम्पिक खेलकुदमा हालसम्म ४१ राष्ट्रले स्वर्ण पदक जित्दा ६३ राष्ट्रले पदक तालिकामा नाम लेखाएका छन् ।

ओलम्पिकमा अमेरिका २१ स्वर्ण पदकसहित शिर्ष स्थानमा

No comments

Aug 14, 2016

साउन ३० । रियो ओलम्पिकको पदक तालिकामा अमेरिकाको अग्रता कायमै छ । आज सातौं दिनको खेल चलिरहँदा अमेरिका २१ स्वर्ण पदकसहित शिर्ष स्थानमा रहेको छ ।
१३ स्वर्ण पदक जितेको चीन दोस्रो स्थानमा छ भने ९ स्वर्ण पदक जितेको बेलायत तेस्रो स्थानमा छ । ८ वटा स्वर्ण पदक बटुलेको जर्मनी चौथो स्थानमा आँउदा ७ स्वर्ण पदक जितेको जापान पाँचौं स्थानमा रहेको छ ।
रुस, अष्ट्रेलिया र दक्षिण कोरीयाले ६/६ वटा स्वर्ण पदक जितेका छन् । यसैगरी फ्रान्स, ईटाली र हंगेरीले ५/५ वटा स्वर्ण पदक जितेका छन् ।
हालसम्म ४१ राष्ट्रले स्वर्ण पदक जित्दा ६४ राष्ट्रले पदक तालिकामा नाम लेखाएका छन् ।

सरस्वतीले बनाइन राष्ट्रिय कीर्तिमान

No comments
साउन २९ । ब्राजिलको रियो दि जेनेरियोमा जारी रियो ओलम्पिकमा नेपालकी सरस्वती भट्टराई १५ सय मिटर मध्य दूरीको दौडमा हिट्सबाट बाहिरिएकी छिन् ।
हिट्स नम्बर १ मा १४ जना दौडिएको दौडमा उनी १३ औं स्थानमा रहेकी हुन् । सरस्वतीले २६ वर्ष पुरानो राष्ट्रिय कीर्तिमान भने भंग गरेकी छिन् ।
एथ्लेटिक्सकै हरिप्रसाद रिमालले भने पाँच हजार मिटर दौडमा भदौ १ गते बुधबार प्रतिस्पर्धा गर्नेछन् ।
यसअघि शुक्रबार ओलम्पिकमा भाग लिन नेपाली तेक्वान्दो टोली ब्राजिल गयो । ओलम्पिकमा तेक्वान्दोतर्फ निशा रावलले महिला ६७ केजी तौल समूहमा प्रतिस्पर्धा गर्दैछिन् ।
भदौ ४ गते प्रतिस्पर्धा गर्ने निशाले आफूले अहिलेसम्मकै उत्कृष्ट खेल प्रदर्शन गर्ने जनाएकी छिन् । उनलाई १२ वर्षअघि छनोट चरण पार गरेर एथेन्स ओलम्पिक खेल्ने पहिलो नेपाली खेलाडी संगीना वैद्यले दिएको प्रशिक्षणलेसमेत हौसला बढाएको छ ।
संगीनाले पनि आफूले पूरा गर्न नसकेको खेललाई निशामार्फत पूरा गराउन भरपूर प्रयास गर्ने बताइन् ।
जारी ओलम्पिकमा नेपालका शिरिष गुरुङले पौडीतर्फ राष्ट्रिय कीर्तिमान तोड्नुबाहेक अरु कुनै पनि खेलाडीले उत्साहजनक प्रदर्शन गरेका छैनन् ।
नेपालबाट पौडीवाज शिरिष र गौरिका सिंह, आर्चरीका जीतबहादुर मोक्तान र जुडोकी फपुल्हामु खत्रीले प्रतिस्पर्धा गरिसकेका छन् ।

जापानमा हुने ओलम्पिकमा ५ नयाँ खेल थपिने

No comments

Aug 4, 2016

साउन २० । रियो ओलम्पिक शुक्रबारदेखि ब्राजिलमा सुरु हुँदैछ । ब्राजिलको पर्यटकीय शहर रियो दि जेनेरियोस्थित चर्चित मराकाना रंगशालामा एक भव्य समारोहबीच ग्रीष्मकालिन ओलम्पिक सुरु हुँदैछ ।
ओलम्पिकको यो संस्करणमा विश्वका २ सय ८ राष्ट्रका झण्डै ११ हजार खेलाडी सहभागी हुँदैछन् ।
रियो ओलम्पिकका लागि खेलाडीहरु ब्राजिल पुग्ने क्रम जारी रहँदा चार वर्षपछि जापानमा हुने टोकियो ओलम्पिकको रणनीतिक तयारी समेत सुरु गरिएको छ ।
रियो ओलम्पिकको औपचारिक सुरुवात हुनुभन्दा दुई दिन अघि ब्राजिलमै बसेको अन्तर्राष्ट्रिय ओलम्पिक कमिटिको बैठकले चार वर्षपछि टोकियोमा हुने ओलम्पिकका लागि ५ वटा नयाँ खेल थप्ने निर्णय गरेको हो ।
यसरी थपिने खेलहरुमा कराते, सर्फीङ, स्केटबोर्डिङ, स्पोर्ट्स क्लाइम्बिङ र सफट्बल वा बेसमलमध्ये एक हुनेछन् ।
यी खेललाई ओलम्पिकमा प्रवेश दिन यसअघि नै सहमति भए पनि औपचारिक निर्णय भने गरिएको थिएन । यी ५ वटा नयाँ खेल थपिए पनि टोकियो ओलम्पिकका लागि यसअघि तय गरिएका २८ खेल घटाईनेछैन ।

महिला फुटबलतर्फ ब्राजिलको विजयी सुरुवात

No comments
साउन २० । आयोजक ब्राजिलले ओलम्पिक प्रतियोगिताको महिला फुटबलतर्फ विजयी सुरुवात गरेको छ ।
समुह इ अन्तर्गत बुधबार राति भएको खेलमा ब्राजिलले चिनिया महिला टोलीलाई ३-० ले हरायो ।
यही समुहको अर्को खेलमा स्विडेनले दक्षिण अफ्रिकालाई १-० ले पराजित गर्‍यो । समुह एफ का खेलमा क्यानाडाले अष्ट्रेलियालाई २-० ले हराउँदा जर्मनीले जिम्बाबेलाई ६-१ ले पराजित गर्‍यो ।
यसैगरी समुह जी को खेलमा अमेरिकाले न्युजिल्याण्डलाई २–० ले हरायो । ओलम्पिक गेम्समा पुरुषतर्फका फुटबल खेलहरु आजबाट हुनेछन् ।

ओलम्पिकमा जाने नेपाली खेलाडीलाई बिदाइ

No comments

Jul 24, 2016

साउन ९ । ब्राजिलको रियो दि जेनेरियोमा हुन गइरहेको ओलम्पिक खेलकुदमा भाग लिन जाने नेपाली खेलाडीहरुलाई नेपाली सेनाले बिदाइ गरेको छ ।
नेपाली सेनाका प्रधानसेनापति राजेन्द्र क्षत्रीले शुक्रबार राजधानीमा ७ खेलाडी तथा ५ प्रशिक्षकलाई बिदाइ गरेका हुन् ।
आगामी भदौ २१ गतेदेखि हुन गइरहेको ओलम्पिक खेलकुदमा नेपालका एथ्लेटिक्स खेलाडीहरु हरिकुमार रिमाल र सरस्वती भट्टराई, पौडी खेलाडीहरु शिरिष गुरुङ र गौरिका सिंह, जुडोकी फुपु लामु खत्री, तेक्वान्दोकी निशा रावल र आर्चरीका जीतबहादुर मोक्तान सहभागी हुँदैछन् ।
गौरिका र जीतबहादुरबाहेक अरु ५ खेलाडीहरु नेपाली सेनामा आवद्ध छन् ।
यसैगरी, प्रशिक्षकतर्फ तेक्वान्दोकी संगीना वैद्य, पौडीका ईश्वर कार्की, एथ्लेटिक्सका पुष्प ओझा, जुडोकी देबु चौधरी र आर्चरीका दीपकराज गुरुङ पनि रियो ओलम्पिकका लागि ब्राजिल जाँदैछन् ।
७ खेलाडी तथा ५ प्रशिक्षकलाई प्रोत्साहनस्वरुप प्रधानसेनापति क्षत्रीले व्यक्तिगत्रुपले जनही २५ हजार रुपैयाँ प्रदान गरेका छन् ।
पौडी खेलाडी गौरिका हाल प्रशिक्षणकाक्रममा इंग्ल्यान्डमा छिन् भने अरु सबै खेलाडी तथा प्रशिक्षकहरुलाई सेनाले शुभकामनासहित बिदाइ गरेको हो ।
कार्यक्रममा नेपालका विभिन्न व्यवसायिक प्रतिष्ठानहरुबाट खेलाडीलाई खेल पोशाक तथा सामग्री प्रदान गरिएको थियो ।
नेपाली सेनाले आयोजना गरेको कार्यक्रमलाई व्यवसायिक प्रतिष्ठानहरु गोल्छा अर्गनाइजेसन, ज्योती समूह, वैद्य समूह, बास्किन रबिन्स आइसक्रिम र म नेपाली मेरो नेपाल अभियानले सहयोग गरेका थिए ।

भावना र अरहान्त च्याम्पियन

No comments

Jul 3, 2016

असार १९। अरहान्तकेशर सिंह र भावना सुनवारले ओलम्पिक डेका अवसरमा आयोजित स्क्वास प्रतियोगिताको सिंगल्स उपाधि जितेका छन् ।
सातदोबाटोस्थित स्क्वास एकेडेमीमा शनिबार भएको पुरुष फाइनलमा अरहान्तले अमृत थापा मगरलाई ११-५, ११-४ र १२-१० को सोझो सेटमा पराजित गरे । प्रज्ज्वलप्रकाश प्रधान र सुरज श्रेष्ठ तेश्रो भए ।
महिलाको उपाधि भिडन्तमा भावनाले विपना ब्लोनलाई ११-५, ११-३ र ११-५ को सीधा सेटमा हराइन् । सपना ब्लोन र डोल्मा लामा तेश्रो बने ।
नेपाल स्क्वास र्‍याकेट्स संघ तथा नेपाल ओलम्पिक कमिटीअन्तर्गतको स्पोर्ट्स फर अल कमिसनद्वारा संयुक्त आयोजित प्रतियोगितामा अमिर ब्लोनले यु-१७ ब्वाइज सिंगल्स उपाधि जिते । उनले फाइनलमा माधव बाहेटीलाई ११-५, ७-११, ११-८ र ११-४ को सेटमा पाखा लगाए ।
भेट्रान्स ५० वर्षमाथि पुरुष सिंगल्समा सुदीपबहादुर सिंह पहिलो भए । उनले फाइनलमा किशोर महर्जनलाई ११-६, ११-४ र ११-५ ले पाखा लगाए ।
असार ९ गतेदेखि सुरु प्रतियोगितामा ६२ खेलाडीले विभिन्न चार स्पर्धामा प्रतिस्पर्धा गरेका थिए ।

ओलम्पिकका लागि ब्राजिली फुटबल टोलीको घोषणा

No comments

Jul 1, 2016

असार १७।  स्पेनिस क्लव बार्सिलोनाका सुपरस्टार नेइमार र बार्यन म्यूनिखका डग्लास कोष्टा आसन्न रियो ओलम्पिकका लागि बढि उमेरको खेलाडीको रुपमा ब्राजिलियन टोलीमा छनौट भएका छन् ।
२३ बर्षमुनिको ओलम्पिक टोलीमा तीन खेलाडी बढि उमेरको राख्न पाउने नियम अनुसार ब्राजिलले घोषणा गरेको टोलीमा अर्का खेलाडी पाल्मेइरासका गोलरक्षक फर्नाण्डो प्रासपनि परेका छन् ।
ब्रजिलियन फुटबलको महारथी टोली सान्तोसका युवा स्ट्राइकर ग्याब्रियल बार्बोसापनि टोलीमा समाबेश गरिएका छन् । बार्बोसाले गत महिना ब्राजिलको राष्ट्रिय टोलीबाट डेब्यू गर्दै गोलसमेत गरेका थिए ।
ब्राजिलको उमेरसमूहको टोलीका प्रशिक्षक रोगेरियो मिकेलले टोलीको प्रशिक्षण गर्नेछन् । कोपा अमेरिकाको समूह चरणबाटै बाहिरिएपछि नियमित प्रशिक्षक डुंगा बर्खास्तीमा परेका थिए ।
बुधबार घोषणा गरिएको ब्राजिली ओलम्पिक टोली यस्तो छ ।
गोलकिपरः फर्नाण्डो प्रास र विल्सन
डिफेण्डरः मार्क्विन्होस, लुवान, रोड्रिगो काइयो, जेका, विलियम र डग्लास सान्तोष
मिडफिल्डरः थियागो माइया, रोड्रिगो डोउराडो, फ्रेड, राफिन्हा र फिलिप एण्डरसन
स्ट्राइकरः नेइमार, डग्लास कोष्टा, ग्याब्रियल जेसस, ग्याब्रियल बार्बोसा र लुआन
Don't Miss

Translate

Shreeji Media © All Rights Reserved 2025
Design By KpCat