ओलम्पिकमा जाने नेपाली खेलाडीलाई बिदाइ

साउन ९ । ब्राजिलको रियो दि जेनेरियोमा हुन गइरहेको ओलम्पिक खेलकुदमा भाग लिन जाने नेपाली खेलाडीहरुलाई नेपाली सेनाले बिदाइ गरेको छ ।
नेपाली सेनाका प्रधानसेनापति राजेन्द्र क्षत्रीले शुक्रबार राजधानीमा ७ खेलाडी तथा ५ प्रशिक्षकलाई बिदाइ गरेका हुन् ।
आगामी भदौ २१ गतेदेखि हुन गइरहेको ओलम्पिक खेलकुदमा नेपालका एथ्लेटिक्स खेलाडीहरु हरिकुमार रिमाल र सरस्वती भट्टराई, पौडी खेलाडीहरु शिरिष गुरुङ र गौरिका सिंह, जुडोकी फुपु लामु खत्री, तेक्वान्दोकी निशा रावल र आर्चरीका जीतबहादुर मोक्तान सहभागी हुँदैछन् ।
गौरिका र जीतबहादुरबाहेक अरु ५ खेलाडीहरु नेपाली सेनामा आवद्ध छन् ।
यसैगरी, प्रशिक्षकतर्फ तेक्वान्दोकी संगीना वैद्य, पौडीका ईश्वर कार्की, एथ्लेटिक्सका पुष्प ओझा, जुडोकी देबु चौधरी र आर्चरीका दीपकराज गुरुङ पनि रियो ओलम्पिकका लागि ब्राजिल जाँदैछन् ।
७ खेलाडी तथा ५ प्रशिक्षकलाई प्रोत्साहनस्वरुप प्रधानसेनापति क्षत्रीले व्यक्तिगत्रुपले जनही २५ हजार रुपैयाँ प्रदान गरेका छन् ।
पौडी खेलाडी गौरिका हाल प्रशिक्षणकाक्रममा इंग्ल्यान्डमा छिन् भने अरु सबै खेलाडी तथा प्रशिक्षकहरुलाई सेनाले शुभकामनासहित बिदाइ गरेको हो ।
कार्यक्रममा नेपालका विभिन्न व्यवसायिक प्रतिष्ठानहरुबाट खेलाडीलाई खेल पोशाक तथा सामग्री प्रदान गरिएको थियो ।
नेपाली सेनाले आयोजना गरेको कार्यक्रमलाई व्यवसायिक प्रतिष्ठानहरु गोल्छा अर्गनाइजेसन, ज्योती समूह, वैद्य समूह, बास्किन रबिन्स आइसक्रिम र म नेपाली मेरो नेपाल अभियानले सहयोग गरेका थिए ।
Labels: ,

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.