धनगढीले जित्यो डीपीएल

वैशाख ९ । धनगढी प्रिमियर लिग (डीपीएल) ट्वेन्टी–२० क्रिकेट प्रतियोगिताको उपाधि टिम चौराहा धनगढीले जितेको छ ।


कैलालीको धनगढीस्थित सेती अञ्चल प्रहरी कार्यालयको मैदानमा शनिबार भएको फाइनल खेलमा शरद भेषावकरको कप्तानीमा रहेको विराटनगर किंग्सलाई ६२ रनले हराउँदै पारस खड्काको टिम धनगढीले उपाधि जितेको हो ।
खेलमा टस जितेर पहिले ब्याटिङ गरेको धनगढीले पूरा ओभर खेल्दै ५ विकेट गुमाएर १५९ रन बनाएको थियो । धनगढीका लागि आरिफ शेखले सर्वाधिक ५४ रन जोडे ।
प्रतियोगिताकै ‘फास्टेस्ट’ अर्धशतक बनाउनेक्रममा आरिफले ३० बलमा ५४ रन जोडे ।
यसैगरी, अमरसिंह राउटेलाले अविजित ३१ रन जोड्दा कप्तान पारस खड्काले २९ रनको योगदान दिए ।
विस्फोटक ब्याटिङ गरेका आरिफ र राउटेलाले पाँचौ विकेटका लागि २४ बलमा ६३ रनको साझेदारी गरेका थिए ।
बलिङतर्फ विराटनगरका सुशील कँडेलले २ विकेट लिए ।
जवाफमा १६० रनको लक्ष्य पछ्याएको विराटनगरले १८ ओभर १ बलमा अलआउट हुनुपूर्व ९७ रनमात्रै बनाउन सक्यो ।
विराटनगरका लागि अमित श्रेष्ठले २७ बलमा २६ रन जोड्नुबाहेक अरु कुनैपनि ब्याट्सम्यान क्रिजमा टिक्न सकेनन् ।
विराटनगरलाई सस्तैमा समेट्न धनगढीका सुशन भारीले ४ ओभरमा १८ रन खर्चेर ३ विकेट लिए । यसैगरी, आरिफ शेख र सौरभ खनालले २/२ विकेट लिए ।
जितसँगै पारस खड्काको टिम धनगढीले १५ लाख रुपैयाँ पुरस्कार हात पार्‍यो भने उपविजेतामा समेटिएको विराटनगरले ७ लाख रुपैयाँमा चित्त बुझायो ।
‘म्यान अफ द सिरिज’ बनेका विराटनगरका सुशील कँडेलले २०० सीसीको अपाचे मोटरसाइकल जितेका छन् ।

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.