नेपाल आज हङकङसँग भिड्दै

चैत १७ । बंगलादेशमा जारी इमर्जिङ कप क्रिकेटको अन्तिम खेलमा आज नेपालले हङकङसँग खेल्दैछ ।

समूह चरणमा लगातार दुई खेल हारेका यी दुई टोली आज प्रतिष्ठाको लडाईंमा छन् । एसियाली तथा विश्वस्तरका विभिन्न प्रतियोगितामा नेपाल र हङकङ परिचित प्रतिद्वन्द्वी हुन् । एक अर्काको खेल रणनीति राम्रोसँग बुझेका दुबै टोली आजको खेल जित्दै दुई अंकको साथ बंगलादेशबाट घर फर्किने अभियानमा हुनेछन् ।
दुबै टोलीलाई समूहमा पाकिस्तान र बंगलादेशले हराएका हुन् । नेपालले पहिलो खेलमा पाकिस्तानसँग ६ विकेटको हार बेहोरेको थियो भने दोस्रो खेलमा आयोजक बंगलादेशसँग ८३ रनको पराजय झेलेको थियो ।
ईमर्जिङ टिम्स एसिया कप क्रिकेटमा एसियाका टेष्ट खेल्ने चार राष्ट्र भारत, पाकिस्तान, श्रीलंका र बंगलादेशका २३ वर्ष मुनिको राष्ट्रिय टोली तथा चार एसोसिएट राष्ट्र नेपाल, हङकङ, अफगानिस्तान र मलेसियाका सिनियर टोली सहभागी छन् ।

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.