Responsive Ad Slot

ताजा समाचार

latest

प्रशिक्षक कोजी ग्योटोकु सगको अन्तरबार्ता

Mar 28, 2017

/ by Arena Tv
एएफसी एसिया कप छनोटः नेपालविरुद्ध फिलिपिन्स 
गत वर्ष नेपाली राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षक नियुक्त भएपछि जापानका कोजी ग्योटोकु निकै चर्चामा छन्। उनको नेतृत्वमा नेपालले करिब पाँच महिनाअघि मलेसियामा भएको एएफसी सोलिडारिटी कपको उपाधि जितेर इतिहास रचेको थियो।
नेपालले यो उपाधि एसियाली फुटबल महासंघमा आफू आवद्ध भएको ४४ वर्षको अन्तरालमा जितेको थियो। त्यसैले उनी नेपाललाई एएफसीको आधिकारिक प्रतियोगिता जिताउने पहिलो प्रशिक्षक पनि हुन्।
शान्त र मृद्धभाषी ५२ वर्षीय यी प्रशिक्षकले २००८ देखि २०१० सम्म भुटानको प्रशिक्षक भएर काम गरेका थिए। त्यतिबेला उनले भुटानको फुटबलमा केही परिवर्तन गराउन सफल भए पनि नतिजा उनको पक्षमा रहेन्। भुटानले उनको नेतृत्वमा खेलेको १४ मध्ये १ खेलमा मात्र विजय हात पार्‍यो। २ मा बराबर र ११ खेलमा पराजय भोग्यो।
तर, नेपालको प्रशिक्षक नियुक्त भएपछि उनको नेतृत्वमा राष्ट्रिय टोलीले खेलेको ४ मध्ये कुनै खेल हार्नु परेको छैन। नेपालले तीनमा जित र एक बराबरी खेलेको छ।ब
उनको यही प्रदर्शनलाई लिएर नेपालले मंगलबार फिलिपिन्ससँग खेल्ने एएफसी एसिया कप छनोटको सेरोफेरोमा सेतोपाटीका लागि नवीन अर्यालले गरेको कुराकानीको सम्पादित अंश।
पहिले नेपाल आउने प्रशिक्षकहरू यसो गर्छु, उसो गर्छु भनेर बढी कुरा गर्थे। तर, तपाई त्यति कुरा गर्नु हुन्न। त्यही पनि नतिजा निकाल्नुभयो। यसको रहस्य के हो?
– (हाँस्दै) म जे देख्यो, त्यहीँ कुरा गर्छु। कुनै पनि कुरालाई ठूलो बनाएर हुँदैन। सबै कुरा बोले जस्तो सजिलो पनि हुँदैन्। हरेक खेल चूनौतीपूर्ण हुन्छ। म खेलाडीहरुलाई त्यसको अनुभव गराउन खोज्छु।
पहिले नेपाल ४–४–२ को फर्मेसनमा खेल्थ्यो। तपाईँ आएपछि नेपाली टोली प्रायः तीन स्ट्राइकर बोकेर खेलेको देखिन्छ? तपाईलाई के लाग्छ, नेपाली फुटबल तीन स्ट्राइकर बोकेर मैदानमा प्रवेश गर्ने अवस्थामा पुगिसक्यो?
–यो विपक्षी टोली र खेलको अवस्थाले निर्धारण गर्ने कुरा हो। म अहिलेनै सबै कुरा दाबी साथ भन्न सक्दिनँ। धेरै कुरा रणनीतिमा भरपर्छ। गोल खाएको र गोल गरेको अवस्थाले खेलमा धेरै कुरा निर्धारण हुने गरेको छ।
अहिले खेल्न लागेको विपक्षी फिलिपिनो टोलीलाई कसरी लिनुभएको छ?
फिलिपिन्स हामीभन्दा बलियो टोली हो। फिफा वरियतामा पनि १ सय २४ स्थानमा छ। उनीहरुको डिफेन्स, मिडफिल्ड र फरवार्ड तीन वटै राम्रो छ। फेरि इन्डिभिजुअल खेलाडी पनि राम्रा छन्। त्यसैले हामीले फिलिपिन्सविरुद्ध धेरै मेहनत गर्नुपर्नेछ।
तपाईलाई कुन खेलाडीबाट बढी आशा छ?
– रोहित चन्द। सबै खेलाडीबाट मैले राम्रो खेलको आशा राखेको छु। तर, रोहितबाट बढी नै छ।
अहिले टिममा प्रभावशाली स्ट्राइकर नवयुग श्रेष्ठ छैनन्, अनुभवी अनिल गुरुङ पनि ड्रप छन्। यसको पूर्ति कसरी गर्छु भन्ने सोच्नु भएको छ?
 यस विषयमा तुरुन्त प्रतिक्रिया दिने अवस्थामा म छैन। तर, उनीहरुको अनुपस्थितिमा पनि हामीले योजना बनाएका छौं। त्यसलाई अहिले नै उद्घाटित गर्ने कुरा भएन। केटाहरुले धेरै मेहनत गरेका छन्। त्यसैले हामी सकारात्मक नतिजाको पर्खाइमा छौं।

No comments

Post a Comment

Thanks.

Don't Miss

Translate

Shreeji Media © All Rights Reserved 2025
Design By KpCat