Responsive Ad Slot

Showing posts with label internationalcricket. Show all posts
Showing posts with label internationalcricket. Show all posts

पञ्जाव प्लेअफमा पुग्ने संभावना बलियो

No comments

May 10, 2017

बैशाख २७ । इन्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटअन्तर्गत मंगलबार राति भएको खेलमा कोलकाता नाइट राइडर्सलाई हराउँदै किङ्स इलाभेन पञ्जावले प्लेअफमा पुग्ने संभावना कायमै राखेको छ ।


मोहालीमा भएको खेलमा पञ्जावले कोलकातालाई १४ रनले हराउँदै शीर्ष चारमा रहेर प्लेअफमा पुग्ने सम्भावना कायमै राखेको हो ।
१ सय ६८ रनको लक्ष्य पछ्याएको कोलकाताले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १ सय ५३ रन मात्रै बनाउन सक्यो ।
उसका लागि क्रिस लिनले ८४ तथा सुनिल नरिन र मनिष पाण्डेयले समान १८ रन बनाएका थिए । पञ्जावका मोहित शर्मा र राहुल तेवातियाले दुई–दुई विकेट लिए ।
यसअघि पहिले ब्याटिङ गरेको पञ्जावले ६ विकेटको क्षतिमा १ सय ६७ रन बनाएको थियो ।
उसका लागि ग्लेन म्याक्सवेलले ४४, ऋद्धिमन शाहले ३८ तथा मनन बोहराले २५ रन बनाए । कोलकाताका क्रिस वोक्स र कुलदीप यादवले दुई–दुई विकेट लिए ।
दुई खेल बाँकी हुँदा पाँचौं स्थानमा रहेको पञ्जावको १२ अंक भएको छ । उ चौथो स्थानको हैदरावाद भन्दा तीन अंकले पछि छ ।
दोस्रो स्थानको कोलकाताको १६ अंक छ । १८ अंकसहित तालिकाको शीर्ष स्थानमा भने मुम्बई इन्डियन्स रहेको छ ।

मुम्बई इन्डियन्स र राईजिङ पुने विजयी

No comments

May 7, 2017

बैशाख २४ । इन्डियन प्रिमियर लिग आइपीएल क्रिकेटअन्तर्गत शनिबार राति भएका खेलमा मुम्बई इन्डियन्स र राईजिङ पुने सुपरजाईन्ट्स विजयी भएका छन् ।


फिरोज शाह कोट्ला मैदानमा भएको खेलमा मुम्बईले घरेलु टोली दिल्ली डेयरडेभिल्सलाई १ सय ४६ रनको विशालअन्तरले पराजित गर्‍यो ।
खेलमा पहिले ब्याटिङ गरेको मुम्बईले निर्धारित २० ओभरमा ३ विकेटको क्षतिमा २ सय १२ रन बनायो ।
मुम्बईका लेण्डल सिमोन्सले ६६ रन जोड्दा काईरन पोलार्डले अविजित ६३ रनको योगदान दिए ।
जवाफमा २ सय १३ रनको विशाल लक्ष्य पछ्याएको दिल्लीले १४ औं ओभरमा अलआउट हुनुपुर्व ६६ रन मात्रै बनाउन सक्यो ।
जितसँगै आइपीएल क्रिकेटको प्ले अफमा पुगिसकेको मुम्बईले अंक तालिकाको शीर्ष स्थानको पकडलाई बलियो पारेको छ ।
आइपीएलअन्तर्गत शनिबार राति भएको अर्को खेलमा राईजिङ पुने सुपरजाईन्ट्सले सनराईजर्स हैदरावादलाई १२ रनले पराजित गरेको छ ।
खेलमा पहिले ब्याटिङ गरेको पुनेले २० ओभरमा ८ विकेट गुमाएर १ सय ४८ रन बनायो । जवाफमा १ सय ४९ रनको मध्यम लक्ष्य पछ्याएको हैदरावादले १ सय ३६ रन मात्रै बनाउन सक्यो ।
हैदरावादलाई सस्तैमा समेट्न पुनेका जयदेव उनाद्कतले अन्तिम ओभरमा ह्याट्रिक गरेका थिए ।
हैदरावादलाई जितका लागि १३ रन चाहिएको अवस्थामा उनाद्कतले ह्याट्रिक गर्दै पुनेको जित सुनिश्चित गरे । यो जितपछि पुने अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ ।
आईपीएल क्रिकेटमा आज राती रोयल च्यालेन्जर्स बैंग्लोर र कोलकाता नाईट राईडर्स तथा किङ्स ईलेभन पञ्जाव र गुजरात लायन्स भिड्नेछन् ।

पुनेले कोलकातालाई ४ विकेटले हरायो

No comments

May 4, 2017

बैशाख २१ । इन्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटमा राईजिङ पुने सुपरजाईन्ट्सले कोलकाता नाईट राईडर्सलाई ४ विकेटले हराएको छ ।


बुधबार राति कोलकाताको ईडन गार्डेनमा भएको खेलमा घरेलु टोलीले पहिले ब्याटिङ गर्दै १ सय ५५ रन बनायो । कोलकाताका लागि मनिष पाण्डेले सर्वाधिक ३७ रन बनाए ।
जवाफमा १ सय ५६ रनको चुनौती पुनेले १९ ओभर २ बलमा ६ विकेट गुमाएर पुरा गर्‍यो । पुनेका लागि राहुल त्रिपाठीले सर्वाधिक ९३ रन जोडे ।
यो जितले पुनेलाई आइपीएलको अंक तालिकामा तेस्रो स्थानमा पुर्‍याएको छ । ११ खेलबाट उसको १४ अंक भएको छ ।
समान खेलबाट १४ अंक नै जोडेको कोलकाता रन रेटको आधारमा दोस्रो स्थानमा छ ।
एक खेल कम खेलेको मुम्बई इन्डियन्स भने १६ अंकको साथ शीर्ष स्थानमा रहँदै प्ले अफ्का लागि छनोट भइसकेको छ ।
आइपीएल क्रिकेटमा आज दिल्ली डेयरडेभिल्स र गुजरात लायन्स भिड्नेछन् ।

IPLको प्लेअफमा पुग्ने पहिलो टिम बन्यो मुम्बई इन्डियन्स

No comments

May 2, 2017


बैशाख १९ । मुम्बई इन्डियन्स भारतमा जारी आइपीएल ट्वेन्टी-ट्वेन्टी क्रिकेटको प्लेअफमा पुग्ने पहिलो टिम बनेको छ ।


मुम्बईले आफ्नो दशौं खेलमा सोमबार रोयल च्यालेन्जर्स बैंगलोरलाई ५ विकेटले हराउँदै चार खेल खेल्न बाँकी छँदै प्लेअफमा ठाउँ पक्का गरेको हो ।
घरेलु मैदानमा १ सय ६३ रनको चुनौती मुम्बईले एक बल खेल्न बाँकी छँदै ५ विकेट गुमाएर पूरा गर्‍यो । कप्तान रोहित शर्माले अविजित ५६ रन जोड्दै मुम्बईलाई जिताएका हुन् ।
यसअघि बैंग्लोरले एबी डे भिलायर्सको ४३ तथा पवन नेगीको ३५ रनको मद्दतले ८ विकेटको क्षतिमा १ सय ६२ रन बनाएको थियो । यो खेलसँगै मुम्बईको १० खेलबाट १६ अंक भएको छ ।
सोमबार नै भएको दोस्रो खेलमा राईजिङ पुने सुपरजाईन्ट्सले गुजरात लायन्सलाई ५ विकेटले हराएको छ । खेलमा पहिले व्याटिङ गरेको गुजरातले एक बल खेल्न बाँकी छँदा अलआउट हुनुपुर्व १ सय ६१ रन जोड्यो ।
गुजरातका ब्रेण्डन म्याक्कुलमले ४५ रन तथा ईसान किसनले ३१ रन जोडे । जवाफमा १ सय ६२ रनको लक्ष्य पुनेले खेलमा एक बल खेल्न बाँकी छँदा ५ विकेट गुमाएर पुरा गर्‍यो ।
पुनेको जितमा बेन स्टोक्सको अविजित १ सय ३ रनको शतकीय पारीको योगदान थियो । आइपीएल क्रिकेटमा आज दिल्ली डेयरडेभिल्स र सनराईजर्स हैदरावाद भिड्नेछन् ।

मुम्बई इन्डियन्सको जित

No comments

Apr 30, 2017

वैशाख १७ । इन्डियन प्रिमियर लिग (आइपीएल) को जारी शृंखला अन्तर्गत गएराति सम्पन्न रोमाञ्चक प्रतिश्पर्धामा मुम्बई इन्डियन्सले गुजरात लायन्सलाई पराजित गरेको छ ।


निर्धारित २० ओभरको खेल बराबरीमा टुंगिएपछि नतिजाका लागि ‘सुपर ओभर’ सम्म लम्बिएको प्रतिश्पर्धामा मुम्बईले बाजी मारेको हो ।
सुपर ओभरमा मुम्बईले ११ रन बनाएको थियो भने गुजरातले ६ रनमात्र बनाउन सक्यो ।
यसअघि जितका लागि १५४ रनको लक्ष्य पाएको मुम्बईले २० ओभरमा १५३ रनमात्र बनाउन सकेपछि खेल बराबरीमा पुगेको थियो । टस जितेर पहिले ब्याटिङ गरेको गुजरातले २० ओभरमा ९ विकेट गुमाएर १५३ रन बनाएको थियो । मुम्बई २० ओभरमा १५३ रन मै समेटिएपछि खेल बराबरी भएको थियो ।

आईपीएल क्रिकेटमा कोलकाता र पञ्जाव विजयी

No comments

Apr 24, 2017

बैशाख ११ । इन्डियन प्रिमियर लिग क्रिकेट ‘आईपीएल’अन्तर्गत आइतबार राती भएका खेलमा कोलकाता नाईट राईडर्स र किङ्स ईलेभेन पञ्जाव विजयी भएका छन् ।


आफ्नै मैदान ईडन गार्डनमा भएको खेलमा कोलकाताले रोयल च्यालेन्जर्स बैंग्लोरलाई ८२ रनले हरायो ।
खेलमा पहिले ब्याटिङ गरेको कोलकाताले १९ ओभर ३ बलमा अलआउट हुनुपूर्व १ सय ३१ रन जोड्यो । कोलकाताका सुनिल नारेनले ३४ रन जोडे ।
जवाफमा १ सय ३१ रनको सामान्य लक्ष्य पछ्याएको बैंग्लोरले ९ दशमलव ४ ओभरमा अलआउट हुनुपुर्व ४९ रन मात्रै बनाउन सक्यो ।
बैंग्लोरका कुनै पनि व्याट्सम्यानले दोहोरो अंकको रन बनाउन सकेनन् । बैंग्लोरको ईनिङ ध्वस्त पार्ने क्रममा कोलकाताका नाथन कुल्टर नाईल, क्रिश वोक्स र कोलिन डे ग्रानहोमले तीन तीन विकेट लिए ।
आइतबार नै भएको पहिलो खेलमा किङ्स ईलेभेन पञ्जावले गुजरात लायन्सलाई २६ रनले हराएको छ ।
खेलमा पहिले व्याटिङ गरेको पञ्जावले २० ओभरमा ७ विकेट गुमाएर १ सय ८८ रन बनायो । पञ्जावका हसिम अमलाले ६५ रन जोडे ।
जवाफमा १ सय ८९ रनको लक्ष्य पछ्याएको गुजरातले २० ओभरमा ७ विकेट गुमाएर १ सय ६२ रन मात्रै बनाउन सक्यो । गुजरातका दिनेश कार्तिकले अविजित ५८ रन जोडे ।

दिल्ली र कोलकाताको जित

No comments

Apr 16, 2017

वैशाख ३ । ईन्डियन प्रिमियर लिग (आईपिएल) क्रिकेटमा कोलकाता नाईट राईडर्स र दिल्ली डेयरडेभिल्स विजयी भएका छन् ।

शनिबार भएको पहिलो खेलमा कोलकाताले सनराइजर्स हैदराबादलाई १७ रनले हरायो । १ सय ७१ रनको लक्ष्य पछ्याएको हैदराबादले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ५५ रन मात्रै बनाउन सक्यो ।
हैदराबादका डेभिड वार्नरले सर्वाधिक २६ रन बनाँउदा शिखर धवनले २३ रनको योगदान दिए ।
यसअघि पहिले ब्याटिङ गरेको कोलकाताले २० ओभरमा ६ विकेट गुमाएर १ सय ७२ रन बनाएको थियो । रोबिन उथप्पाले ६८ रन बनाएको ईनिङमा मनिष पाण्डेले ४६ रन जोडे ।
त्यसैगरी दोस्रो खेलमा दिल्ली डेयरडेभिल्सले किङ्स ईलेभेन पञ्जावलाई ५१ रनले हराएको छ । खेलमा दिल्लीले दिएको १ सय ८९ रनको लक्ष्य पछ्याएको पञ्जाबले ९ विकेटको क्षतिमा १ सय ३७ रन मात्रै बनाउन सक्यो ।
पञ्जाबका अक्षर पटेलले ४४ रन तथा डेविड मिलरले २४ जोडे । दिल्लीका क्रिस मोरिसले ३ विकेट लिए ।
यसअघि पहिले ब्याटिङ गरेको दिल्लीले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ८८ रन जोडेको थियो । दिल्लीका लागि साम बिलिङ्सले ५५ रन तथा कोरे एण्डर्सनले ३९ रन बनाए ।
जितपछि तेस्रो स्थानको दिल्लीको तीन खेलबाट चार अंक भएको छ । चार खेलबाट चार अंक जोडेको पञ्जाब पाँचौं स्थानमा छ ।

आइपीएल क्रिकेटमा सनराईजर्स हैदरावाद र मुम्बई इन्डियन्स विजयी

No comments

Apr 10, 2017

चैत २८ । भारतमा जारी आइपीएल क्रिकेट अन्तर्गत आइतबार भएका खेलहरुमा सनराईजर्स हैदरावाद र मुम्बई इन्डियन्स विजयी भएका छन् ।

आइतबारको पहिलो खेलमा सनराईजर्स हैदराबादले घरेलु मैदानमा गुजरात लायन्सलाई ९ विकेटले हरायो ।
टस हारेर पहिले ब्याटिङ्ग गरेको गुजरातले सामान्य प्रदर्शन गर्दै ७ विकेटको क्षतिमा एक सय ३५ रन बनायो ।
जवाफमा १ सय ३६ रनको चुनौती पछ्याएको हैदराबादले १५ ओभर ३ बलमा १ विकेटको क्षतिमा उक्त लक्ष्य पार गर्‍यो ।
हैदरावादका लागि कप्तान डेभिड वार्नरले अविजित रहँदै ७० तथा मोइसेस हेन्रीकेले अविजित रहँदै ५१ रन बनाए ।
आइतबार नै भएको दोस्रो खेलमा मुम्बई इन्डियन्सले कोलकाता नाईट राईडर्सलाई ४ विकेटले हराएको छ । खेलमा पहिले व्याटिङ गरेको कोलकाताले २० ओभरमा ७ विकेट गुमाएर १ सय ७८ रन बनायो ।
कोलकाताका लागि मनिष पाण्डेले अविजित ८१ रन बनाए । जवाफमा १ सय ७९ रनको चुनौती मुम्बई इन्डियन्सले खेलमा १ बल बाँकी छँदा ६ विकेट गुमाएर पुरा गर्‍यो ।
मुम्बईलाई विजयी गराउन नितिस रानाले ५० रन जोडे । आईपिएल क्रिकेटमा सोमबार राती किङ्स ईलेभेन पञ्जाव र रोयल च्यालेन्जर्स बैंग्लोर भिड्ने छन् ।

हैदरावादको शानदार जित

No comments

Apr 6, 2017

चैत २४ । इण्डियन प्रिमियर लिग क्रिकेट (आईपिएल)को दशौं संस्करण सुरु भएको छ । प्रतियोगिताको उद्घाटन खेलमा युवराज सिंहको सनराईजर्स हैदरावादले विराट कोहलीको रोयल च्यालेन्जर्स बैंग्लोरलाई ३५ रनले पराजित गरेको छ ।


खेलमा पहिले ब्याटिङ गरेको हैदरावादले २० ओभरमा ४ विकेटको नोक्सानीमा २ सय ७ रन बनायो । साविक विजेता टिमका लागि युवराज सिंहले ६२ रन तथा मोईसेस हेन्रीक्सले ५१ रनको योगदान दिए । युवराजले २३ बलमा अर्द्ध शतक प्रहार गरे । आइपिएलमा यो उनको सबैभन्दा तीव्र अर्द्ध शतक हो ।
जवाफमा २ सय ८ रनको विशाल लक्ष्य पछ्याएको बैंग्लोरले १९ ओभर ४ बलमा अलआउट हुनुपुर्व १ सय ७२ रन मात्रै जोड्न सक्यो । बैंग्लोरका लागि क्रिश गेलले ३२ रन, केदार जाधवले ३१ रन तथा ट्राभिस हेडले ३० रन जोडे ।
बलिङतर्फ हैदरावादका आशिष नेहरा, भुवनेश्वर कुमार र रसीद खानले २/२ विकेट लिए । नेहराले टि–ट्वान्टीमा सय विकेट हात पारे । उनी टि–ट्वान्टीमा सय विकेट लिने आठौं बलर हुन् । तर बायाँ हाते बलरमा भने सय विकेट लिने उनी पहिलो खेलाडी हुन् ।
आईपिएल क्रिकेटमा आज बेलुकी राईजीङ पुणे सुपरजायन्ट्स र मुम्बई इण्डियन्स भिड्नेछन् ।

नेपालको सान्त्वना जित

No comments

Mar 31, 2017

चैत १७ । बंगलादेशमा जारी इमर्जिङ टिम्स एसिया कप क्रिकेट प्रतियोगिताअन्तर्गत् समूहको अन्तिम खेलमा हङकङलाई हराउँदै नेपालले सान्त्वना जित दर्ता गरेको छ ।


शेख कमल अन्तर्राष्ट्रिय रंगशालामा बिहीबार भएको खेलमा नेपालले हङकङलाई ७ विकेटले हराएको हो ।
हङकङले दिएको २१५ रनको विजयी लक्ष्य नेपालले ४५औं ओभरमा ३ विकेट गुमाएर पूरा गर्‍यो ।
नेपालको लागि तीन खेलाडीले अर्धशतक बनाएको इनिङमा कप्तान ज्ञानेन्द्र मल्लले सर्वाधिक ७० रन जोडे ।
यसैगरी, दीपेन्द्रसिंह ऐरीले अविजित ६० रन तथा शरद भेषावकरले अविजित ५५ रनको योगदान दिए ।
यसअघि, खेलमा टस हारेर पहिले ब्याटिङ गरेको हङकङले निर्धारित् ५० ओभरमा अलआउट हुनुपूर्व २१४ रन जोडेको थियो ।
हङकङका सुरुआती ब्याट्सम्यानहरु अंशुमन राथले ५१ तथा क्यामरुन म्याक्वेल्सनले ४३ रनको योगदान दिए ।
बलिङतर्फ नेपालका अभिनाष कर्णले ३ विकेट लिँदा कप्तान ज्ञानेन्द्र मल्लसँगै सन्दीप लामिछाने र सुशन भारीले २–२ विकेट झारे ।
समूह चरणमा लगातार दुई खेल हारेका यी दुई टोली आज प्रतिष्ठाको लडाइँमा थिए ।
जितसँगै नेपालले समूहका तीन खेलबाट २ अंक जोडेको छ भने हङकङ खाता नै नखोली घर फर्किएको छ ।

नेपाल आज हङकङसँग भिड्दै

No comments

Mar 30, 2017

चैत १७ । बंगलादेशमा जारी इमर्जिङ कप क्रिकेटको अन्तिम खेलमा आज नेपालले हङकङसँग खेल्दैछ ।

समूह चरणमा लगातार दुई खेल हारेका यी दुई टोली आज प्रतिष्ठाको लडाईंमा छन् । एसियाली तथा विश्वस्तरका विभिन्न प्रतियोगितामा नेपाल र हङकङ परिचित प्रतिद्वन्द्वी हुन् । एक अर्काको खेल रणनीति राम्रोसँग बुझेका दुबै टोली आजको खेल जित्दै दुई अंकको साथ बंगलादेशबाट घर फर्किने अभियानमा हुनेछन् ।
दुबै टोलीलाई समूहमा पाकिस्तान र बंगलादेशले हराएका हुन् । नेपालले पहिलो खेलमा पाकिस्तानसँग ६ विकेटको हार बेहोरेको थियो भने दोस्रो खेलमा आयोजक बंगलादेशसँग ८३ रनको पराजय झेलेको थियो ।
ईमर्जिङ टिम्स एसिया कप क्रिकेटमा एसियाका टेष्ट खेल्ने चार राष्ट्र भारत, पाकिस्तान, श्रीलंका र बंगलादेशका २३ वर्ष मुनिको राष्ट्रिय टोली तथा चार एसोसिएट राष्ट्र नेपाल, हङकङ, अफगानिस्तान र मलेसियाका सिनियर टोली सहभागी छन् ।

क्रिकेट खेल्न नेपाली टिम बंगलादेशतिर, पाकिस्तान सँग पहिलो भिडन्त

No comments

Mar 26, 2017

चैत १३  । बंगलादेशमा हुने एसीसी इमर्जिङ कप क्रिकेट प्रतियोगितामा सहभागी हुन नेपाली क्रिकेट टिम शनिबार बंगलादेश गएको छ ।

बंगलादेश जानुअघि नेपाली टिमलाई राष्ट्रिय खेलकुद परिषद (राखेप)का सदस्यसचिव केशवकुमार विष्टले शनिबार शुभकामनासहित टिमको बिदाइ गरे ।
ज्ञानेन्द्र मल्लको कप्तानीमा रहेको नेपालले आफ्नो पहिलो खेलमा सोमबार पाकिस्तानको २३ वर्षमुनिको टिमसँग खेल्नेछ ।
त्यस्तै, मंगलबार बंगलादेशको टिमसँग र बिहीबार हङकङसँग प्रतिस्पर्धा गर्नेछ ।
एसियाका चार टेस्ट मान्यता प्राप्त र चार एसोसिएट राष्ट्रलाई दुई समूहमा विभाजन गरी प्रतियोगिता सन्चालन हुँदैछ ।
एसोसिएटका राष्ट्रिय र टेस्ट मान्यता प्राप्त राष्ट्रका २३ वर्षमुनिका टिम खेल्नेछन् ।

भारत र अष्ट्रेलिया बराबरी

No comments

Mar 21, 2017

चैत ७ । भारत र अष्ट्रेलियाबीचको तेस्रो टेस्ट क्रिकेट बराबरीमा सकिएको छ ।

राँचीमा भएको खेलमा अष्ट्रेलियाले विजयी लक्ष्य दिन नसकेपछि खेल बराबरीमै सकिएको हो ।
अष्ट्रेलियाले पहिलो इनिङमा ४५१ रन बनाएकामा भारतले चेतेश्वर पुजाराको २०२ रनको मद्दतले ९ विकेटको क्षतिमा ६०३ रन बनाएर इनिङ समाप्ती गरेको थियो ।
जवाफमा अष्ट्रेलियाले अन्तिम दिनको समाप्तीसम्म ६ विकेटको क्षतिमा २०४ रन बनायो ।
यो बराबरीसँगै चार खेलको शृंखलाको आगामी शनिबार धर्मशालामा हुने खेल नै निर्णायक बन्नेछ ।
यसअघि, दुबै टिमले एक–एक खेल जितेका थिए ।f

नेपाली टोलीको घोषणा

No comments

Mar 16, 2017

चैत २ । यही चैत १२ गतेदेखि बंगलादेशमा हुने एसीसी इमर्जिङ नेसन्स कप क्रिकेट प्रतियोगिताका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा गरिएको छ ।

         चैत २२ गतेसम्म हुने प्रतियोगिताको लागि ४ वैकल्पिकसहित १९ जना खेलाडी छनोट भएका हुन् ।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसीसी)का प्रतिनिधि वंैकटपति राजु, प्रशिक्षक जगत टमाटा, पारस खड्का र कप्तान ज्ञानेन्द्र मल्लको छनोट समितिले बुधबार अन्तिम टोलीको टुंगो लगाएको हो ।
स्वास्थ्यका कारण पारस खड्का नखेल्ने भएपछि यो प्रतियोगितामा पनि नेपाली टोलीको कप्तानी ज्ञानेन्द्र मल्लले समाल्ने भएका छन् ।
टोलीमा शरद भेषावकार, विनोद भण्डारी, सागर पुन, आरिफ शेख, मेहबुब आलम, दीपेन्द्रसिंह ऐरी, सन्दीप लामिछाने, आसिफ शेख, अविनाश कर्ण, सुनील धमला, भुवन कार्की, सुशन भारी, दीपेश श्रेष्ठ र दिलीप नाथ रहेका छन् ।
वैकल्पिक खेलाडीमा कुशन भुर्तेल, जितेन्द्रकुमार मुखिया, राजेश पुलामी र सुशील कँडेल रहेका छन् ।
शक्ति गौचन, सोमपाल कामी र बसन्त रेग्मीलाई आराम दिएर टोलीमा भुवन कार्की, सुशन भारी, दीपेश श्रेष्ठ र आसिफ शेखलाई स्थान दिइएको हो ।
इमर्जिङ कपमा नेपाल, अफगानिस्तान, हङकङ र मलेसियाका राष्ट्रिय टोलिसहित एसियाका टेस्ट मान्यताप्राप्त टोलीहरु भारत, पाकिस्तान, श्रीलंका र बंगलादेशका २३ वर्षमुनिका टोलीले प्रतिस्पर्धा गर्नेछन् ।

केन्याले नेपाललार्इ ५ विकेटले हरायो

No comments

Mar 11, 2017

फागुन २९। विश्व क्रिकेट लिग च्याम्पियनसिपमा नेपाल केन्यासँग  पराजित भएको छ । वर्षाले प्रभावित खेलमा केन्याले डीएल मेथडका आधारमा ९४ रनको लक्ष्य पाएको थियो, जसलाई उसले २४ औं ओभरमा ५ विकेट गुमाएर भेट्टायो ।

वर्षाका कारण ३८ ओभरमा छोट्याइएको खेलमा नेपालले ३६ ओभरमा ८ विकेट गुमाएर ११२ रन बनाउादा पानीले रोकियो ।
डीएल मेथडका आधारमा केन्याले २९ ओभरमा १०४ रनको लक्ष्य पायो ।
वर्षाका कारण ३८ ओभरमा छोट्याइएको खेलमा नेपालले ३६ ओभरमा ८ विकेट गुमाएर ११२ रन बनाउँदा पानीले रोकियो ।
डीएल मेथडका आधारमा केन्याले २९ ओभरमा १०४ रनको लक्ष्य पायो । तर, उसले २१.२ ओभरमा ५ विकेटको क्षतिमा ८० रन बनाउँदा फेरि पानीले खेल रोकियो ।
त्यही अवस्थामा डीएल मेथडका आधारमा केन्या केही रनले जितिसकेको थियो । तर, नेपालले खेल जारी राख्न चाहेपछि केन्याले नयाँ लक्ष्य पायो, २६ ओभरमा ९४ रनको लक्ष्य ।
जसलाई उसले ११ बल बााकी छादा ५ विकेट गुमाएर भेट्टायो । २५ औं ओभरको पहिलो ब लमा कप्तान रकिप पटेलले छक्का हान्दै केन्यालाई जित दिलाए ।

केन्या लाइ १०४ रन को टार्गेट दिदै नेपाली टोलि बलिङ्ग गर्दै

No comments
फागुन २८। केन्या लाइ १०४ रन को टार्गेट दिदै नेपाली टोलि बलिङ्ग गर्दै लाइभ हेर्न तल्लो लिंक हेर्नु होला 
शनिबार काठमाडौंको कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा नेपालले टस हारेर पहिले ब्याटिङ गरिरहँदा पानी परेपछि खेल अवरुद्ध भएको हो ।
नेपालले ३६ ओभरमा ८ विकेटको क्षतिमा ११२ रन जोडेको अवस्थामा खेल स्थगित भएको हो । ३८ ओभरमा छोट्याइएको खेलमा अब नेपालले दुई ओभर खेल्न बाँकी छ ।
नेपालका लागि कप्तानको भूमिकामा रहेका ज्ञानेन्द्र मल्लले २७, दीपेन्द्रसिंह ऐरीले १९, सागर पुनले १०, बसन्त रेग्मीले ६, विनोद भण्डारीले ४, शरद भेषावकरले ३ र मेहबुब आलमले २ रन बनाए ।
केन्याका शेम एगोचेले ३ र नेसनल आधिएमबोलेले २ विकेट लिए ।
नियमित कप्तान पारस खड्का बिरामी भएकाले उपकप्तान मल्लले प्रतियोगिताको नेतृत्व गरेका हुन् ।
यो खेलबाट नेपालका दीपेन्द्रसिंह ऐरी र सुनील धमलाले ‘डेब्यु’ गरेका छन् ।
८ राष्ट्र सहभागी विश्व क्रिकेट लिग च्याम्पियनसिपको अंकतालिकामा केन्या पाचौं स्थानमा छ ।
हालसम्म खेलेका ८ खेलमध्ये केन्याले ४ मा जित र ४ मा हार व्यहोरेको छ । समान खेल खेलेको नेपाल अंकतालिकामा ६ अंकसहित छैटांै स्थानमा छ ।
प्रतियोगिताको शीर्ष चार स्थानमा अटाउने टोलीले आगामी एकदिवसीय विश्वकप क्रिकेटको छनोट चरणमा स्थान बनाउनेछन् ।
नेपाल र केन्या दुबै टोलीलाई अंकतालिकाको शीर्ष चार स्थानमा अटाउन यो खेल जित्नैपर्ने दबाब छ ।

केन्याको क्रिकेट टोली काठमाडौं आउँदै

No comments

Mar 10, 2017

फागुन २६ । आइसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिपअन्तर्गत् नेपालविरुद्ध दुईओटा एकदिवसीय खेल खेल्न केन्याको राष्ट्रिय टोली विहीबार (आज) राति नेपाल आउँदै छ ।

च्यम्पियनसिपअन्तर्गत् आगामी शनिबार र सोमबार नेपालसँग दुईओटा एकदिवसीय खेल खेल्न केन्याको टोली विहीबार राति काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुग्ने कार्यक्रम छ ।
नेपालसँगको खेलका लागि अभ्यासकाक्रममा भारतमा रहेको केन्या त्यहीँबाट काठमाडौं आउन लागेको हो ।
८ राष्ट्र सहभागी प्रतियोगितामा ८ खेल खेल्दै ४ मा जित र ४ मा हार व्यहोरेको केन्या ८ अंकसहित तालिकाको पाँचौ स्थानमा छ । समान खेल खेलेको नेपाल अंकतालिकामा ६ अंकसहित छैटौं स्थानमा छ ।
प्रतियोगिताको शीर्ष चार स्थानमा अटाउने टोलीले आगामी एकदिवसीय विश्वकप क्रिकेटको छनोट चरणमा स्थान बनाउनेछन् ।
नेपाल र केन्या दुबै टोलीलाइ अंकतालिकाको शीर्ष चार स्थानमा अटाउन खेल जित्नैपर्ने दबाब छ ।

आठबर्ष पछि पाकिस्तानमा क्रिकेट प्रतियोगिता

No comments

Mar 6, 2017

फागुन २३ । पाकिस्तानमा सन २००९ यता पहिलो पटक विदेशी खेलाडीको सहभागितामा क्रिकेट म्याच सम्पन्न भएको छ ।

पूर्वी शहर लाहोरमा आइतबार पाकिस्तान सुपर लिग पिएसएलको फाइनल खेल खेलाइएको हो । गद्दाफी रंगशालामा भएको फाइनलमा क्वेटा ग्ल्याडिएटर्सलाई हराउँदै पेशावर जाल्मीले उपाधि जितेको थियो ।
तर, जित र हारभन्दा पनि यो खेल पाकिस्तानी क्रिकेटका लागि निकै महत्वपूर्ण थियो । सन् २००९ मा सोही गद्दाफी रंगशालामा श्रीलंकाको टोली क्रिकेट खेल्न आउँदा अतिवादीहरुले आक्रमण गरेका थिए ।
श्रीलंकाली टोलीको सुरक्षामा खटिएका ८ पाकिस्तानी सुरक्षाकर्मीको ज्यान गएको उक्त घटनापछि पाकिस्तानमा ठूला अन्तर्राष्ट्रिय क्रिकेट खेल भएको छैन ।
आइतबार पिएसएलको फाइनल खेल्न वेष्ट इन्डिजका ड्यारेन सामी र मार्लन स्यामुएल्स, इङ्ल्यान्डका क्रिस जोर्डनलगायतका खेलाडी लाहोर पुगेका थिए ।
भव्य हवाई सुरक्षासहित भएको फाइनल शान्तिपूर्ण रहेको आयोजकले बताएका छन् । यो खेलपछि पाकिस्तानमा अब अन्य अन्तर्राष्ट्रिय म्याच पनि हुने सम्भावना बढेको बताइन्छ ।
सन् २००९ यता पाकिस्तानले सबै घरेलु श्रृंखला युनाईटेड अरब ईमाईरेट्समा खेल्दै आएको थियो । आईसीसीले सुरक्षाको कारण देखाउँदै पकिस्तानलाई कुनै पनि औपचारिक प्रतियोगिता आयोजना गर्न दिएको छैन ।

नेपालले इमर्जिङ कप खेल्ने

No comments

Feb 25, 2017

फागुन १३  । नेपालले एसीसी इमर्जिङ कप खेल्न पाउने भएको छ । चैत १२ देखि बंगलादेशमा हुने यो प्रतियोगितामा भारत र पाकिस्तानसहित ४ टेष्ट देशको यू-२३ वा ए टिमसहित ८ देशले भाग लिनेछन् ।

विश्व क्रिकेट लिग च्याम्पियनसिपको तालिका नजिक पर्ने भन्दै यूएईले नाम फिर्ता लिएपछि एसीसीले एकदिवसीय मान्यता प्राप्त देशलाई मात्र खेलाउने निर्णय लिएको थियो । एसीसी बोर्ड बैठकको यो निर्णयले नेपालले इमर्जिङ कप गुमाउने अवस्था आएको थियो ।
तर, हङकङले प्रतियोगिता खेल्ने बचन दिएको छ । साथै नेपालले पनि निर्णयमा पुनर्विचार गर्न अपील गरेका थियो । क्रिकेट संघकी पूर्व सीईओ एवं आईसीसी स्थानीय प्रतिनिधि भावना घिमिरेले भनिन्, हामीले खेलाडीहरुको तर्फबाट अपील गरेका थियौं । अब खेल्न पाउने भएका छौं ।’
यूएईको सट्टा मलेसियाले खेल्नेछ । मलेसिया क्रिकेट संघका अध्यक्ष महिन्दा भालिपुरमले आफ्नो देशले इमर्जिङ कप खेल्ने पक्का भएको बताएका छन् ।

नेपालले आज दक्षिण अफ्रिकासँग खेल्ने

No comments

Feb 2, 2017

माघ २० । दृष्टिविहीन विश्वकप ट्वेन्टी–ट्वेन्टी क्रिकेटको तेस्रो खेलमा आज नेपालले दक्षिण अफ्रिकाको सामना गर्दैछ ।


प्रतियोगितामा लगातार दुई खेल हारेको नेपाल आज पहिलो जीतको खोजीमा हुनेछ । १० टोली सहभागि दृष्टिविहीन विश्वकपमा नेपाल मात्रै टेष्ट नखेल्ने राष्ट्र हो ।
प्रतियोगिताको पहिलो खेलमा अष्ट्रेलियासँग १० विकेटले हारेको नेपाल हिजो भएको दोस्रो खेलमा बंगलादेशसँग ५९ रनले पराजित भयो ।
बंगलादेशले दिएको २ सय ४ रनको लक्ष्य पछ्याएको नेपाल २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ४४ रनमै समेटियो ।
नेपालका लागि कीर्तन श्रेष्ठ दुवालले ५५ रनको योगदान दिए । त्यसैगरी रमेशबहादुर बानियाँले १८ र सुनिल सुवेदी क्षेत्रीले १६ रन बनाउँदा अन्य कुनै पनि खेलाडीले दोहोरो रनको स्कोर बनाउन सकेनन् ।
Don't Miss

Translate

Shreeji Media © All Rights Reserved 2025
Design By KpCat