नेपालले आज दक्षिण अफ्रिकासँग खेल्ने

माघ २० । दृष्टिविहीन विश्वकप ट्वेन्टी–ट्वेन्टी क्रिकेटको तेस्रो खेलमा आज नेपालले दक्षिण अफ्रिकाको सामना गर्दैछ ।


प्रतियोगितामा लगातार दुई खेल हारेको नेपाल आज पहिलो जीतको खोजीमा हुनेछ । १० टोली सहभागि दृष्टिविहीन विश्वकपमा नेपाल मात्रै टेष्ट नखेल्ने राष्ट्र हो ।
प्रतियोगिताको पहिलो खेलमा अष्ट्रेलियासँग १० विकेटले हारेको नेपाल हिजो भएको दोस्रो खेलमा बंगलादेशसँग ५९ रनले पराजित भयो ।
बंगलादेशले दिएको २ सय ४ रनको लक्ष्य पछ्याएको नेपाल २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ४४ रनमै समेटियो ।
नेपालका लागि कीर्तन श्रेष्ठ दुवालले ५५ रनको योगदान दिए । त्यसैगरी रमेशबहादुर बानियाँले १८ र सुनिल सुवेदी क्षेत्रीले १६ रन बनाउँदा अन्य कुनै पनि खेलाडीले दोहोरो रनको स्कोर बनाउन सकेनन् ।

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.