Responsive Ad Slot

ताजा समाचार

latest

विश्वकप जित्न अष्ट्रेलिया लाई १८४ रनको खाचो

Apr 21, 2015

/ by kpcat


चैत १५। जारी विश्वकप २०१५ क्रिकेटको उपाधिका लागि न्यूजिल्याण्डले अष्ट्रेलियालाई १८४ रनको लक्ष्य प्रस्तुत गरेको छ । अष्ट्रेलिया ब्याटिंग गर्दै जारी ८ ओभरको खेलमा ऑस्ट्रेलिया १ विकेट गुमाउदै ४९  रन जोड्दै। 
हाफ अगाडिको खेलमा मेलबर्न क्रिकेट ग्राउण्डमा टस जितेर पहिले ब्याटिङ रोजेको न्यूजिल्याण्डले ४५ ओभरमा दशै विकेट गुमाएर १८३ मात्र रन बनाउन  सक्यो । उसका लागि खेल खासै उपलब्धि पूर्ण बन्न सकेन । कप्तान ब्रेन्डन म्याकुलम पहिलो ओभरको पााचौं बलमा शुन्यमै बोल्ड आउट भएका छन्, जतिबेला न्यूजिल्याण्डको स्कोर एक रन मात्र थियो ।उसका भरपर्दा ब्याट्सम्यान मार्टिन गुप्टिल ग्लेन म्याक्सवेलको बलमा १५ रनमै बोल्ड आउट भए । थप ६ रन जोड्दा केन विलियम्सन १८ रनमा आउट भएपछि न्यूजिल्याण्ड दबावमा आयो । तर, ग्राण्ट इलियट र रोस टेलरले शतकीय साझेदारी गर्दै न्यूजिल्याण्डको पारी सम्होलेका छन् । इलियटसाग १११ रनको साझेदारी गरेका टेलर चौथो विकेटका रुपमा व्यक्तिगत ४० रनमा आउट भए ।चौथो विकेट गुमाउादा न्युजिल्याण्डको स्कोर १५० रन थियो । त्यसपछि विकेट झर्ने क्रम तीव्र भयो । कोरी एण्डरसन शुन्यमै बोल्ड भए भने र लुक रोन्चीले पनि खाता खोल्न सकेनन् । ड्यानअल भिट्टारीले ९ रन मात्र जोडे । न्यूजिल्याण्डको स्कोर १७१ रन हुादा आठौं विकेटका रुपमा इलियट ८३ रनमा आउट भए । माट हेनरी शुन्य र टीम साउदी ११ रनमा नै पभेलियन फर्किए । अष्ट्रेलियाका फल्कनर र मिचेल जोनसनले ३/३ विकेट लिए भने मिचेल स्टार्कले २ र म्याक्सवेलले एक विकेट लिए ।

No comments

Post a Comment

Thanks.

Don't Miss

Translate

Shreeji Media © All Rights Reserved 2025
Design By KpCat