वीरगञ्ज सेमिफाइनलमा


२ चैत्र ,  । राष्ट्रिय एकदिवसीय क्रिकेटमा क्षेत्र नम्बर २ वीरगञ्जलाई १४५ रनले पराजित गर्दै त्रिभुवन आर्मी समूह एको विजेता बनेको छ ।
हारका बाबजुत वीरगञ्ज समूह उपविजेताका रुपमा सेमिफाइनल पुगेको छ । वीरगञ्ज र क्षेत्र नम्बर ५ नेपालगञ्जको समान ६ अंक भए पनि रन रेटका आधारमा वीरगञ्ज उपविजेता बनेको हो ।
पुल्चोकमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको आर्मीले ५० ओभरमा अनिल मण्डलको शतकको मदतमा ९ विकेट गुमाएर २६२ रन बनाए । मण्डलले ११३ रन बनाए ।
विक्रम सोभ ५३ रनमा अविजित रहे । विक्रमले मात्र ४३ बलमा अर्धशतक पुरा गरेका हुन् ।
वीरगञ्जका रामनरेश गिरी, याशिन हवाई र इर्शाद अहमदले २-२ विकेट लिए ।
जवाफमा मैदान उत्रिएको वीरगञ्ज २६.२ ओभरमा ११७ रन बनाउँदा अलआउट भयो उसका लागि हसिम अनिल साहले ४३ र अमित श्रेष्ठले ३६ रन बनाए पनि अन्य ब्याट्सम्यान चल्न सकेनन् ।
आर्मीका विक्रम सोभ र राहुल विकले ४/४ विकेट लिए भने चन्द्र साउदले २ विकेट लिए । अनिल मण्डल र विक्रम सोभ संयुक्त रुपमा म्यान अफ दि म्याच बने ।
बैतडीको विजयी सुरुवात
कीर्तिपुरमा भएको खेलमा क्षेत्र नम्बर ९ धनगढीलाई पराजित गर्दै क्षेत्र नम्बर ६ बैतडीले विजयी सुरुवात गरेको छ ।
पहिले ब्याटिङ गरेको धनगढी ३७.२ ओभरमा ८९ रन जोड्दा अलआउट भयो । राजु रिजालले ३९ रन बनाए पनि अन्य ब्याट्सम्यान चल्न सकेनन् । बैतडीका योगेन्द्र कार्कीले १० ओभरमा ३ मेडन राख्दै १५ रन खर्चिएर ५ विकेट लिए । कमल ऐरीले २ विकेट हात पारे ।
९० रनको सामान्य लक्ष्य बैतडीले २० ओभरमा मात्र ३ विकेट गुमाएर लक्ष्य भेट्टायो । प्रेम तामाङले अविजित ३१ रन बनाए भने रोशन नेपालीले २२ रन जोडे ।
बिनोद लामाले तीन विकेट लिए । योगेन्द्र कार्की म्यान अफ दि म्याच बने ।
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.