वेष्ट इण्डिजसामू पाकिस्थानको १५१ रन को हार




वेष्ट इण्डिजले प्रस्तुत गरेको ३११ रनको लक्ष्य पछ्याएको पाकिस्तानले निकै खराव सुरुवात गर्‍यो । पहिलो ओभरमा दुई विकेट गुमाएको पाकिस्तानले तेस्रो र चौथो ओभरमा पनि विकेट गुमायो । जतिबेला उनको स्कोर १ रन मात्र थियो । २५ रन जोड्दा ५ विकेट गुमाएको उसको पारी कप्तान सोहिब मक्सुद र उमर अकमलले सम्हाल्ने प्रयास गरे । सोहिब र उमरले छैटौं विकेटका लागि ८० रनको साझेदारी गरे । छैटौं विकेटका रुपमा सोहिब ५० रनमा आउट भए । साहिद अफ्रिदीसँग ३४ रनको साझेदारी गरेका उमर सातौं विकेटका रुपमा ५९ रनमा पभेलियन फर्किएपछि पाकिस्तानले फेरि तिब्र गतिमा विकेट गुमायो । उसले थप २१ रन जोड्दा ३८.६ ओभरमा अल आउट भयो । अफ्रिदी २८ रन बनाए ।
यसअघि  क्राइस्ट चर्चमा पहिले ब्याटिङ गरेको वेष्टइण्डिजले दिनेश रामदीन र लिन्डल सिमोन्सको अर्धशतकको मदतमा ५० ओभरमा ६ विकेट गुमाएर ३१० रन बनाएको थियो ।
वेष्टइण्डिजले अन्तिम १० ओभरमा मात्र ११५ रन जोडेको थियो । आन्द्रे रुसेलले मात्र १२ बलमा तीन चौका र चार छक्काको मदतमा ४० रन बनाएका थिए  । वेष्टइण्डिजका रामदीनले ५१ रन बनाए । ४३ बलको सामना गरेका उनले ७ चौका हानेका थिए । सिमोन्सले ४६ बलमा चार चौका र दुई छक्कको मदतमा ५० रन बनाए ।
डरेन ब्राभो ४९ रनमा रिटायर्ड हट भए भने मार्लोन श्यामुअलले ३८ रन जोडे । पाकिस्तानले पाँच क्याच छाडेको थियो, जसको वेष्टइण्डिजका ब्याट्सम्यानहरुले भरपुर फाइदा उठाए ।
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.