आजै अष्ट्रेलिया र अफ्गानिस्तान भिड्ने, पाकिस्तान र युएईको खेल जारी


एक दिवसिय विश्वकप क्रिकेटमा आज दुई खेल हुँदैछन् । न्युजिल्याण्डको नेपियरमा अहिले भईरहेको खेलमा पाकिस्तान र युएई भिडिरहेका छन् ।
खेलमा टस जितेको युएईले फिल्डीङ गर्ने निर्णय गरेपछि पाकिस्तानले पहिले व्याटिङ गरीरहेको छ ।
समुह बी बाट क्वाटरफाईनल पुग्ने संभावना जिवित राख्न पाकिस्तानलाई यो खेल जित्नैपर्ने दबाब छ ।
सुरुवाती दुई खेलमा भारत र वेष्ट इण्डिजसँग पराजित पाकिस्तानले तेस्रो खेलमा भने जिम्बाबेलाई हराएको थियो ।
उता यएईले प्रतियोगितामा अहिलेसम्म एउटा पनि खेल जित्न सकेको छैन ।
समुहमा लगातार तीन खेल जितेको भारत ६ अंकसहित शिर्ष स्थानमा रहँदा ४ मध्ये तीन खेल जितेको दक्षिण अफ्रिका दोस्रो स्थानमा रहेको छ ।
दुई दुई खेल जितेका वेष्ट इण्डिज र आयरल्याण्ड तथा एक खेल मात्रै जितेको जिम्बाबे पनि पाकिस्तानभन्दा अघि छ ।
आजै अष्ट्रेलियाको पर्थमा हुने खेलपुर्व घरेलु टोली अष्ट्रेलिया पनि दबाबमा छ । पहिलो खेल जितेको अष्ट्रेलियाले बंगलादेशसँगको दोस्रो खेल अवरुद्ध भएपछि अंक बाँड्न बाध्य भयो ।
तेस्रो खेलमा न्युजिल्याण्डसँग पराजित भएपछि त अष्ट्रेलिया झनै दबाबमा रहेको छ । उता अफ्गानिस्तान जारी विश्वकपमा दोस्रो जीतको खोजीमा छ ।
सुरुवाती दुई खेल हारेको आफ्गानिस्तनले तेस्रो खेलमा भने अर्को एशोशीएट टोली स्कटल्याण्डलाई हराएको हो ।
समुह ए मा हालसम्म ४ खेलबाट ८ अंक जोडेको न्युजिल्याण्ड शिर्ष स्थान ओगट्दै क्वाटरफाईनलमा प्रवेश गरीसकेको छ ।
४ खेलबाट ६ अंक जोडेको श्रीलंका दोस्रो स्थानमा छ भने ३-३ अंक जोडेका बंगलादेश र अष्ट्रेलिया क्रमशः तेस्रो र चौथो स्थानमा रहेका छन् ।
२ अंक जोडेको अफ्गानिस्तान भने पाँचौं स्थानमा छ । यो समुहमा २ अंक जोडेको इग्लण्ड छैटौं स्थानमा छ भने सातौं स्थानको स्कटल्याण्डले हालसम्म अंक जोड्न सकेको छैन ।
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.